Khadya Bibhag

लुम्बनी प्रर्बद्धनमा जुटे पत्रकारहरु

कपिलवस्तु , चैत्र २८ गते । एकीकृत लम्बिनी पर्यटन प्रर्बद्धनका लागि ६ जिल्लाका पत्रकारले संयुक्त अभियान संचालन गर्ने भएका छन् । लुम्बिनीका ६ जिल्लाका ५० भन्दा बढी अगुवा पत्रकारको दुई दिने भेलाले ६ बुँदे कपिलवस्तु घोषण पत्र जारी गर्दै लुम्बिीनी अञ्चलका एकीकृत पर्यटन प्रर्बद्धनमा एक हुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाद्धारा बुद्धनगरी तौलिहवामा शुक्रबार र शनिबार आयोजित “लुम्बिनी अंचलमा एकीकृत पर्यटन प्रबद्र्धन” बिषयमा पत्रकारहरुले साझा घोषणा पत्र जारी गरेका हुन । कपिलवस्तु जिल्ला लगायत रुपन्देही, नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँचीमा रहेका पर्यटकीय क्षेत्रको एकीकृत प्रर्बद्धनका लागि सबै एक भई प्रचार प्रसार तथा विकासमा पहल गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
पर्यटकीय विकासका लागि ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थलको संरक्षण गरी एकीकृत पर्यटन विकास गर्नु पर्ने, पर्यटन सुचना केन्द्र निमाण गर्नु पर्ने, ६ जिल्लाका स्थानीय निकायको प्रतिनिधित्व हुने गरी भेला डाकेर ब्यवसायिक एर्ककीकृत योजना निमाृण गर्नु पर्ने घोषणा पत्रमा उल्लेखित छ ।
यस्तै नेपाल र भातरसंगका बुद्ध स्थललाई योजनाबद्ध ढंगले एक आपसमा जोडनु पर्ने, पहाडी जिल्लाहरुमा सर्वसुलभ सडक यातायात संचालन गर्नु पर्ने, अंचल स्तरीय पर्यटक पत्रकार मंच गठन गर्नु पर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वय गर्न निरन्तर पहल गर्ने गरी घोषणा पत्र बनाईएको छ ।
पत्रकार महासंघका केन्द्रिय महासचिव उजीर मगरको प्रमुख आथित्यतामा जारी कार्यक्रममा कपिलवस्तुका दर्जन बढी पर्यटकीय स्थलहरुको अवलोकन गराइएको थियो । ६ वटै जिल्लाका पत्रकारहरुले एक अर्को जिल्लाका पर्यटकीय क्षेत्रको एकीकृत र योजनाबद्ध ढंगले प्रचार–प्रसार गर्ने अभियान चलाएमा पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु पर्नेमो जोड दिईएको थियो ।
शाक्यमुनी राज्य कपिलवस्तु, बुद्धको जन्मस्थल लुम्बिनी , रामग्राम लगायतका बुद्ध स्थललाई एकआपनसमा जोडनका लागि बुद्ध परिपथ निर्माण गर्नु पर्नेमा पत्रकारहरुले माग गरेका थिए । यस्तै लुम्बिनी अंचालका पर्यटकीय स्थललाई आकर्षको केन्द्र बनाउनकालागि सुमुचित प्रबर्धन र प्रचारप्रसा गर्नु पर्ने औल्याईएको थियो । त्यसकालागि सही योजना, लगानी गरी ठोसरुपमा कार्यान्वयन गर्नु पर्ने जनाइएको थियो ।

तपाईको प्रतिक्रिया