Khadya Bibhag

सप्तरीका अग्नी पीडितलाई सास्ती, सभासद्ले भने, राज्यद्धारा विभेद भयो

सप्तरी, चैत्र २८ गते । सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा भएको भिषण आगलागीको तीन दिन वितिसक्दा पनि राज्यले त्यसको बारेमा केही सोचका छैन ।
    चैत्र १२ गते सप्तरीको कन्चनपुर नगरपालिकाको पडेमारा र चैत्र २६ गते सप्तरीकै सीमाक्षेत्रमा रहेको रम्पुरा मल्हनियाँमा भएको भिषण आगलागीका पिडितहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । रम्पुरा मल्हनियाँ गाविस वार्ड न. ५ मा भएको आगलागीमा स्थानीय ७४ परिवारको १ सय ७० घर जलेर नष्ट भएको थियो भने पडेमारामा भएको आगलागीबाट दलितबस्तीको ३३ परिवारको ७९ घर नष्ट भएको छ ।
सप्तरीका सभासद् उमेश यादवले अग्निपीडिहरुलाई आगलागी भएकै दिन एक÷एकवटा बाल्टीन, चिउरा, भुजा, नून, तेल वितरण गरेको र आज थप २ क्वीन्टल चामल, २ क्वीन्टल तरकारी, तेल समेत वितरण गरेको छ भने समाजसेवी थानसिंह भन्सालीको पहलमा चामल र आलु वितरण गरीएको छ । त्यस्तै राजविराजका ह्यापीलैन्ड सेकेन्ड्री स्कुलले समेत प्रति परिवार एक एक किलो भूजा, चिउरा, चाउ चाउ वितरण गरे बाहेक अरु कहि कतैबाट कबुनै राहत नआएको पिडितहरु बनाउँछन् ।  
       
सप्तरीका सभासद् उमेश यादवले आगलागी बारे जानकारी लिएर आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तापलेजङ्गमा भएको आगलागीमा गृहमन्त्री आफै गएर राहत दिएर आएका छन् तर सप्तरीमा यतिका क्षति हुँदा पनि राज्यले कुनै वास्ता नहुँदा राज्यद्धारा मधेशप्रतिको विभेदको पछिल्लो उदाहरण भएको बताए ।   
प्रष्ट तथ्यांक नआएको भन्दै वेवास्ता गर्दै आएको र तीन दिनसम्म लगाएर तथ्यांक संकलन गरीयो तर राज्यले कुनै राहत दिन नसकेको बताउँदै सभासद् यादवले जिल्ला विपद व्यवस्थापन समितिले शनिबारसम्म अग्निपीडितहरुलाई राहत दिन सकेको छैन, नत कुनै संघ संस्था नै राहत दिएको बताए । 
   

तपाईको प्रतिक्रिया