Khadya Bibhag

काठमाडौ आउने वित्तिकै महेन्द्रराय पुगे प्रचण्ड निवास

काठमाडौ चैत २७ गते । केही दिनदेखि आफ्नो गृह जिल्लामा रहेका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव काठमाडौ आउने वित्तिकै प्रचण्ड निवास पुगेका छन् ।
३० दलीय गठबन्धनमा देखिएको विवादका कारण मधेशवादी दल र एमाओवादीबीच तिक्तता बढिरहेको अवस्थामा अध्यक्ष महेन्द्र राय यादव प्रचण्ड निवास पुगेका हुन् ।
अध्यक्ष प्रचण्डले आज सिहदरवारमा सात दलीय मोर्चा र गठबन्धनको बैठक बोलाएका थिए तर प्रचण्ड सिहदरवार पुगेपनि मधेशवादी दल पुगेका थिएन । त्यसपछि अध्यक्ष प्रचण्डले अनिश्चितकालका लागि बैठक स्थगित गरेको हो ।

तपाईको प्रतिक्रिया