मोरगं चैत्र २८ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादीका अध्यक्ष प्रचण्डले सत्ताको खेलमा लागेर मधेशी जनतालाई धोका दिएको बताएका छन् ।
सत्ताको खेलमा लागेर अध्यक्ष प्रचण्डले ३० दलिय मोर्चाको आन्लोदनलाई तुहाएर धोका दिएको आरोप लगाउँदै उनले विगतका सम्झौताकोे आधारमा दलहरुको सहमतिमा संविधान निर्माणको लागि तीस दलिय मोर्चाको आन्दोलनलाई बीचैमा तुहाएर प्रचण्डले भुल गरेको बताए ।
प्रचण्डको व्यवहार र बोलीमा फरक रहेको दावी गर्दै अध्यक्ष यादवले अब एमाओवादी प्रति विश्वास गर्ने अवस्था नरहेको प्रतिकृया दिए । आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रचण्डले आन्दोलन फिर्ता लिएपनि आन्दोलन नरोकिने पनि बताए । ‘प्रचण्डजी एकछिनमा प्रधानमन्त्री सुशिल कोईराला तथा एकछिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भटेर आन्दोलनलाई कमजोर गर्नु भएको हो, उनले भने, यो अरु केही होइन सत्ताको खेल हो ।’
आन्दोलनलाई गन्तव्यमा पु¥याउन र मधेशीसहित आदिवासीहरुको अधिकार संविधानमा स्थापित गर्न मधेशी, आदीवासी, जनजाती सहितको क्रान्तिकारी र्मोचाको गठन आवश्यकता रहेको बताउँदै उनले प्रचण्डको सत्ताकेन्द्रित व्यवहारको कारण अर्को मोर्चा जन्मन सक्ने बताए ।



तपाईको प्रतिक्रिया