Khadya Bibhag

गीत र रामायणले अलि अहम्मदको जीवनमा परिवर्तन

लामो लामो कपाल र दाह्री पालेर । गाँजा र हफिमको नाशामा मस्त । लहानबजारमा दादागिरी गर्दै हिडेको । बाटोमा जो सुकैले उनलाई हेर्दा त्रसिने आज सबैका लागि उनी प्रेरणाका स्रोत बनेका छन् । अच्चम त के भने उनी मुस्लिम समुदायका हुन् तर हिन्दु धर्मका महान धार्मीक ग्रन्थ गीता र रामायण कन्ठस्थ पारेर सबैलाई अच्चमित बनाएको छ । दस वर्षअघि लहानका अलि अहम्मदको आनीवानीको कथा अहिले स्मरण गर्दा जोसकुै पनि छक्क पर्छन् ।
कक्षा ७ मै अध्ययन गर्दा लागु पदार्थ दुर्वस्यनीमा लागेका अलिलाई हेर्दा डरलाग्ने, लामो लामो कपाल पालेर सडकमा हिड्दा डराउनेहरु आज उनकै प्रशंसा गरिरहेका छन् । हिन्दु धर्मको गीता र मुस्लिम धर्मको कुरान पढेर मानव जाती र मानवताको प्रचारमा लागेका छन् । उनलाई यसरी जीवनमा एक एक परिवर्तन ल्याउनमा शिक्षाका कमाल हो । वैदेशिक रोजगारीका लागि कतार र मलेसिया पनि गएका थिए अहम्मद । तर त्यहाँ पनि टिक्न सकेका थिएन । मलेसियाबाट पाँच महिना र कतारबाट तीन महिनामा नै फर्केर आएका उनी लहान बजारमा नेपाल जेनरल स्टोर पसल खेलेर बसेका छन् । पसलमा हुँदा पनि उनी धार्मिक ग्रन्थहरु पढी रहन्छन् । उनी भन्छन्, कुनै पनि धर्मप्रति कट्टर हुनु हुँदैन । सबै धर्म बराबर हो । सबै धर्ममा मानव कल्याणको नै कुरा गरेका छन् भने फरक कसरी भयो । यो दुई जाति, दुई धर्म, दुई समुदायको बीचमा झगडा लगाउने मेसो मात्रै हो । म कुनै पनि धर्मको नीति, सिद्धान्त र विचार अरु धर्मभन्दा फरक देखिनन् । धर्म मान्ने सबैको आआफ्नो स्वतन्त्रता हो तर कट्टरता हुनुहुँदैन ।’ ्
उनी मुस्लिम धर्मका मौलाना र हिन्दु धर्मका पण्डितलाई उत्तिकै सम्मान गर्न रुचाउछन् । उमेरले २४ वर्ष भएको अलि अंग्रेजी विषय लिएर विएड गरिसकेको छ । तीन लाख लगानी गरेर नेपाल जेनरल स्टोर खोलेर व्यापारमा लागेको अलि साँझ विहान वा पसलमा फूर्सद भएको वेला कुरान र गीता अध्ययनमा लागेको देखिन्छ । उनी मुस्लिम सुमदायमा पुरुषभन्दा महिलामाथि बढी भेदभाव हुने गरेको छ । महिलामाथि अलि बढी नै कट्रता र परमपार लादिएको हुन्छ । मुस्लिम समुदायका महिलाले शिक्षा प्राप्त नगरेसमम सो समुदायको विकास नहुने धारणा राख्दै मुश्लिम समुदायमा छोरी जातिलाई औपचारिक शिक्षाबाट समेत बञ्चित भईरहेकोगुनासो गरे । मुस्लिम समुदायमा एसएलसी गरेको जीवनसाथी पाउन नसकेको समस्या आफूले भोगिरहेको भन्दै अलि मुस्लिम समुदायले छोरीको शिक्षाको लागि खुल्ला हुनुपर्ने धारणा आफनो जातीय अगुवाहरु समक्ष राख्दै आईरहेको भए पनि सुनवाई नहुँदा चिन्तित रहेको बताउँछन् ।
उनले लागु औषध दुर्वस्यनीमा लागेका युवाहरुले आफ्नो जीवन आफै वर्वाद गरिरहेको छ भन्दै यसको लतमा लाग्नै नहुनेबताउँछन् अहम्मद । वरिपरिको वातावरणले निकै असर पार्ने भएकोले संगतमा परेर आफू विद्यालय उमेरमा गलत वाटोमा लागेका थिए । पछि असल संगत हुदै जाँदा शिक्षाको भोक लाग्यो । यतिवेला आत्मनिर्भर भएर केहि गर्न सकिन्छ भन्ने चेतना आफूमा आएको उनी बताउँछन् । हिन्दु धर्मको गीता र मुस्लिम धर्मको कुरान पढेर मात्रै जीवन बुझेको भन्दै अहम्मदले युवाहरुलाई जीवन चरित्र सुधार्ने र कर्ममा विश्वास गर्ने शिक्षा आफूले गीता अध्ययन गरेपछि थाहा मात्र थाह भएको बताए ।

तपाईको प्रतिक्रिया