Khadya Bibhag

विहे अघि सेक्स गरौ या नगरौं मेरो खुशी

हाम्रो समाज जति नै आधुनिक भएपनि महिलाको हकमा त्यसलाई पचाउन गाह्रो छ । महिला जतिसुकै स्वतन्त्र र मोडर्न भएपनि यो समाजभन्दा अगाडि जान सक्दैनन् तर यहाँ महिला सशक्तिकरणलाई अगाडि बढाउनमा भूमिका खेल्ने भारतको चर्चित एक म्यागेजिनले नयाँ भिडियो सार्वजनिक गरेको छ ।जसमा महिलाको स्वतन्त्र अभिव्यक्तिलाई सम्मान गरेको छ ।
दुई मिनट ३४ सकेण्डको यो भिडियोमा अभिनेत्री दीपिका पादकोण ९८ जना महिलाहरुसँगै जीवनका सबै प्रश्नको जवाफ उनले निफिकिर रुपमा दिएकी छिन् । एउटा महिला भएर यसरी जवाफ दिनु सबै महिलाका लागि चुनौति बनेको छ ।
उनले ‘म आफ्नो इच्छा र तरिकारले जीवन विताउन चाहन्छु । जस्तो चाहन्छु, उस्तै कपडा लगाउँछु । भिडियोमा दीपिकाले भनेकी छिन्, ‘पुरुषसँग माया गरुँ या महिलासँग ।विहेअघि सेक्स गरौं या नगरौं यो ममा नै निर्भर गर्छ  । यो मेरो खुशी हो ।’ २ मिनेट ३४ सेकेन्डको यो भिडियोको निर्देशन होमी अदजानियाले गरेका छन् । दिनेश विजान यसका निर्माता हुन् । यसलाई ब्ल्याक एन्ड व्हाइट फर्म्याटमा बनाइएको छ ।

यसमा दीपिका पादुकोण, जोया अख्तर, अधुना अख्तर, अनाइता अदजानिया, निमरत कौर, अनुपमा चोपडासहित ९९ जना महिलाले अभिनय गरेका छन् । दीपिकाको यो भिडियो इन्टरनेटमा भाइरल भइसकेको छ । २८ मार्चमा रिलिज भएको यो भिडियोलाई अहिलेसम्म १८ लाखले हेरिसकेका छन् ।

तपाईको प्रतिक्रिया