Khadya Bibhag

‘इन्ट्री’ बैठकमा नै सबै कुरा उठाई दियो भने शंका उपशंका हुनसक्छ

—अनिल झा
अध्यक्ष, नेपाल सद्भावना पार्टी

मधेशी मोर्चा र ३० दलीय गठबन्धनमा त्यति सक्रिय देखिदैँन तपाईलाई कुनै कुरा प्रति असन्तुष्टि छ, कि कसो ?
– ३० दलीय गठबन्धन मलाई लाग्छ,सानो अकार भएको दलहरुको नाम गन्नको लागि मात्रै राखिएको जस्तो मलाई लागेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा धेरै पछाडी मात्र हामीलाई इन्ट्री दियो । र इन्ट्री दिइ सकेपछि पनि जम्मा जम्मी हामीलाई एक पटक मात्रै बोलाइएको छ । त्यसैले ३० दलीय गठबन्धन तथा मधेशी मोर्चाभित्रको कतिपय कुरा मलाई थाह पनि छैन । धेरै कुरा थाह नपाएको कारण त्यति सक्रिय नभएको हो । यो अस्वाभिवक पनि होइन कि जनताले संविधानसभामा कम मत दिइसकेका दल सक्रिय होस् फ्रन्ट देखियोस् । यो कम मत भएको दलहरुलाई सबै ठाँउमा अपमानित हुने गरेको छ, र यो स्वाभाविक पनि हो, किनभने म यसलाई अतिरञ्जित तरिकाले हेर्ने गरेको छैन र यसको आवश्यता पनि छैन । ३० दलीय गठबन्धन र संयुक्त लोकताीनत्रक मधेशी मोर्चा छ र त्यो अहिलेसम्म ठिकै कामहरु ग्रिरहेको छ ।

तपाईले मागेर नै मधेशी मोर्चामा सहभागि हुनु भएको छ भने यस्तो भन्न मिल्छ त ?
– ठिकै छ, मैले भनेनि, कि म एक पटक मात्रै बैठकमा मात्रै सहभागि भए । त्यो हाम्रो इन्ट्री बैठक थियो । हामीलाई इन्ट्री दिएकोमा उहाँहरुलाई धन्यावाद दिन चाहन्छौँ । र त्यो बाहेक केही भन्ने गर्ने ठाँउ नै थिएन र अर्को एउटा बैठक थियो त्यसमा बसेको थियौ । अब त्यति धेरै चासो राख्दा हामीमाथि शंका उपशंका हुनसक्छ त्यसैले त्यतिखोज खबर पनि गरेको छैन । खोजखबर गरियो भने भर्खर इन्ट्री गरेका दलहरुले किन यति चासो लिइरहेको छ भनि कुरा काट्न सक्छ कतिपयको चित्त पनि दुख्न सक्छ त्यसैले उनीहरुकै भरोसमा म बसिरहेकको छु । बैठकमा बोलाए भने जाउँला नत्र बाहिर बसेर हेर्ने मात्र हो ।

भनिन्छ, मधेशी मोर्चाको आफ्नो कुनै उद्देश्य र योजना नै छैन्, मधेशी मोर्चा माआवादीको योजना अनुसार चलिरहेको छ, यसमा तपाई के भन्नु हुन्छ ?
-होइन, ३० दलीय गठबन्धनमा त मधेशी मोर्चा नै छैन । हामीले एउटा घटनाक्रमलाई नियाल्ने हो भने फागुन १६ गतेको जुन आमसभा भयो,  त्यो सभामा को को मान्छे बोल्ने र कसरी बोल्ने भने कुराको बारेमा मैले सोध खोज गर्दा मैले के पाए भने ७ दलीय मोर्चा एउटा एमाओवादी र पाँच ओटा मधेशवादी दल र एउटा संघिय समाजवादी पार्टी गरी दलबाट मात्र एक एकजना वक्ता हुने कुरा भयो । अरु बाँकी मोर्चाबाट दुई दुई जना गरी बोल्ने रहेको छ । अनि मैले सोधे मधेशी मोर्चाको तर्फबाट के हुन्छ, जवाफ आयो मधेशी मोर्चाको कुरा यहाँ छैन । यो देशमा एउटा मात्रै पार्टीगत मोर्चा छ । जुन मोर्चा २०६४ सालको संविधानसभा भन्दा पहिलेको नै हो, त्यो हो संयुक्त लोकतान्त्रिक मधेशी मार्चा । राज्यले पनि मान्यता दिएको छ । सो मार्चासँग पटक पटक वार्ता पनि भएको छ । त्यस मोर्चाको कारण देशमा परिवर्तन आएको छ । प्रधानमन्त्रीले हस्ताक्षर गरेको छ तर १६ गतेको सभामा त्यो मार्चा विलिन भयो । किनभने औपचारिक बैठकमा मधेशी मोर्चासँग सम्बद्ध पार्टीका नेताहरुलाई दिएको जवाफ हो यो तर त्यहाँ यस्तो जवाफ आउँदा कुनै नेताले बोलेनन । किनभने जुन नेता बैठकमा जवाफ दिनुपर्ने ती नेताले त जनसभामा बोल्ने अवसर पाइरहेका थिए अनि किन अर्काका लागि बोल्ने भनेर सायद चुप बसेका होला नत्र ३० दलका मुख्य घटक मधेशी मोर्चा हो तर त्यहाँ त्यसको उपस्थिति छैन ।
त्यसो भए अब तपाईको भूमिका के हुन्छ त ?
– म एउटा राजनीतिक कार्यकर्ता, राजनीतिक गर्ने मेरो कर्तव्य हो । म राजनीतिक गरिरहेको छु । जे मेरो ड्युटी छ त्यही गरिरहेको छु । मोर्चाले बोलाएमा जाने हो नत्र आफ्नो तरिकाले काम गरिराख्ने हो । छोटी मुह बडी बात गर्न म त्यहाँ जान्न ।

तपाई मधेशको पुरानो कार्यकर्ता र नेता हुनुहन्छ, मोर्चामा तपाई गएपछि कुनै एजेण्डा प्रस्तुत गर्नु भयो ?
– २०४६ सालको जनआन्दोलनमा म सद्भावना परिषद्को कार्यकर्ता रुपमा थुनिएको हो ।मधेशवादी राजनीतिमा लागेको कुनै पनि व्यक्ति वा पार्टी मान्नुस । नेपाल सद्भावना पार्टी भन्दा कुनै पार्टी पुरानो छैन । जसले मधेशको लागि काम गरेको होस् । २०४६को जनआन्दोलनमा थुनिएका एक जना नेता छैन । नेपाल सद्भावना परिषद्को जो मान्छे हो जो अहिले मधेशको राजनीतिकमा राज्यले चिनेको छ त्यो हो अनिल झा । त्यसैले मैले अघि नै भने नि कि हाम्रो इन्ट्री भएपछि एउटा बैठक बस्यो । मैले कुनै एजेण्डा नै राखिन । राखियो भने शंका गर्न सक्थ्यो त्यसैले चुपचाप बसे । त्यसपछि बैठक नै बसेका छ्रैन ।
एजेण्डा प्रस्तुत नगर्नुको कुनै कारण छ ?
– कारण छ, अव सब भन्दा पछाडी र सब भन्दा सानो अकारको पार्टी त्यसमा धेरै फुर्ती गर्यो भने त्यसमा रहेको म भन्दा बुजुर्ग व्यक्तिहरुलाई नराम्रो लाग्न सक्छ ।

पहिला तपाई सत्ताधारी पक्ष हुनुहुन्थ्यो पछि तपाई विपक्षी गठबन्धनमा आउनु भयो किन ?
– हैन, हामी कहिल्यै पनि सत्ताधारी गठबन्धनमा थिएनौ । प्रधानमन्त्रीको निर्वाचनमा एउटा मात्र उम्मेदवार सुशील कोइराला हुनुहुन्थ्यो, र उहाँलाई मात्र हामी बोट दियौँ त्यति मात्र हो । अब त्यसलाई सत्तागठबन्धन भनिन्छ भने अर्कै कुरा हो । हामी त्यो चुनावमा एउटा मात्र उम्मेदवार थियो । त्यो उम्मेदवारको पक्षमा या विपक्षमा भोट हाल्नु थियो र हामीसँग एउटा मात्र मत थियो र हामीले त्यो उम्मेदवारको पक्षमा भोट हाल्यौँ । त्यो बाहेक हामीहरुको सत्ता गठबन्धनबाट कुनै लेनदेन अथवा कुनै पनि प्रस्तावहरु थिएन । त्यसैले यसलाई जे बुझ्दा पनि हुन्छ । तर कुरा यति मात्र हो ।

भनिन्छ, तपाई यो सत्ताधारी पक्षबाट आफ्नो सर्मथन फिर्ता लिनु भयो यो किन ?
– त्यति मात्रै हो । हामीले प्रधानमन्त्री शुशिल कोइरालालाई सर्मथन गरेको थिए । र त्यस पछाडी हामी सत्ता गठबन्धनमा थिएनौँ । त्यस पछि एउटा गठबन्धनमा सर्मथन गर्नु परेकाले स्वाभाविक रुपमा प्रधानमन्त्रीलाई दिएको सर्मथन फिर्ता लिएको हो ।

तपाईले चाहीँ श्रीमतिलाई सभासद बनाउनु भयो । तपाईका पार्टीका सभासद् संविधानसभामा कस्तो कामहरु ग्रिरहेको छ ?
– जति पनि श्रीमति सभासदहरु बनेको छ । तीमध्ये राम्रो काम गरिरहेको छ भने हामी सुन्छौ । र तीमध्ये संविधानसभामा सहभागी हुने समितिहरुमा सक्रिय हुने र विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुने सभासदमा मलाई लाग्छ डिम्पल झा ज्यु हुनुहुन्छ । उहाँको शिक्षा पनि उच्च रहेको छ । उहाँ चाँही डाक्टर हुनुहुन्छ । त्यो त जीवन भर रहने विद्या हो त्यो त कसै लिन सक्दैन । मैले श्रीमतिलाई सभासद बनाएको र जुन किसिमको क्रिटीसाइज भयो त्यसले गर्दा मलाई पनि कहिलेकाही अड फिल हुन्थ्यो तर उहाँले गरेको काम कारवाहीले गर्दा आफूलाई अब त्यस्तो महसुश गर्नु आवश्यता छैन । यद्यपी यसको मुल्याङकन मैले गर्दा हुने होइन , मुल्याङकन त तपाईहरु मिडीयाले देशले र संविधानसभामा रहेकाहरुले गर्ने हो ।

संविधानसभा निर्माण हुन्छ होला ? अहिलेको परिस्थिती हेरेर तपाईलाई कस्तो लाग्छ ?
– सविधान त निर्माण हुन्छ, त्यसैले त दोस्रो संविधानसभाको निर्वाचन भयो । तर संविधान बन्नु समस्याको समाधान होइन । मैले पटक पटक भन्ने गरेको छु , हाम्रो संविधान राम्रो संविधान, हाम्रो संविधान नेपालको संविधान र सम्पुर्ण जनताको संविधान हुनु पर्छ । तर त्यसैमा समस्या देखिएको छ । काँग्रेस र एमालले जनताले चाहेको जस्तो सविधान बनाउन चाहेका छैन । आफ्नो अनुकुल सविधान बनाउन चाहेका कारण अहिले समस्या देखिएको छ ।

यो संविधान निर्माणमा कहाँ कठिनाइ रहेको छ ?
– संविधान निर्माणको कठिनाई संघियता मात्रै हो । र त्यो मधेशीहरुबाट छ । किनभने, मधेशीहरु संघियता माग गर्यो । मधेशीहरुले अधिकार माग गर्यो । उनीहरुवाट नै यो समस्या छ । उनहिरुले अधिकार मागेकोले, उनीहरुले प्रदेश मागेकाले नै यो संविधान निर्माण नबनेको हो । अर्थात मुख्य समस्या भनेको संघीयता नै हो । पहिलो सविधानसभा पनि संघीयताका कारण सविधानसभा विघटन भयो र अहिलेको सविधानसभामा पनि संघीयता नै प्रमुख कारण बन्दै गएको छ । त्यसमा पनि मधेश मुख्य कारण हो । सघीयताका लागि मधेशीले अडान लिएपछि यस्तो भएको हो ।

तपाई दुईटा पार्टीसँग एकीकरण गर्नुभयो यो अभियानको बारेमा भन्दिनुस् न ।
– यो नेपाल सद्भावना पार्टी र संघिय सद्भावना पार्टी बीच हामीले गएको फागुन महिनाको १७ गते एकीकरण ग¥यौ र १८ गते निर्वाचन आयोगले हामीलाई जानकारी दियो । मधेशमा धेरै पार्टीहरु छन् । धेरै पार्टीहरु बन्दैछन् । तर हामीले के महशुस ग¥यौ भने अब यहाँ नेपाल सद्भावना पार्टीलाई रोल मोडेल मानेको र मधेशको सबभन्दा अग्रनी राजनीतिक गर्ने नेता स्व. गजेन्द्रनरायण सिंह, राम जनम तिवारी, श्यामलाल मिश्र, राम चन्द्र मिश्रलगायतका साथीहरु नेताहरु र हाम्रो अग्रजहरुले बनाईदिएको पार्टी हो नेपाल सद्भावना पार्टी र म मजस्तै साथीहरु मिलेर बनाएको पार्टी हो संघिय सदभावना पार्टी । मैलै आफुले बनाएको पार्टी, समयकालिन साथीहरुसित मिलेर बनाएको पार्टी लाई अगाडी बढाउने कि मेरै रोलमोडेल नेताहरु स्व. गजेन्द्रनरायण सिंह बाबा राजनम तिवारी जस्ता व्यक्तित्वहरुले बनाइदिएको पार्टीलाई अगाडी बढाउने भन्ने कुरा मेरो सामु आयो । मैले आफूले बनाएको पार्टी र आफ्नो समयकालिन मित्रहरुको सहयोगमा बनाएको पार्टी भन्दा हाम्रो अग्रजहरुले बनाएको पार्टीलाई नै अगाडी लिएर जाने भन्ने कुरा जायज ठानेकोले नेपाल सद्भावना पार्टीको नाममा नै हामी एकीकरण गरि अगाडी बढ्ने  निर्णय गरेको हो । अब त्यो नेपाल सद्भावना पार्टी एउटा एतिहासिक र मधेशकै सबभन्दा पुरानो पार्टीहरु मध्ये एउटा भएकोले त्यो पार्टीलाई हामीले निरन्तरता दिने निर्णय ग¥यौ । अहिले पनि तपाई नेपाली दलहरुको इतिहास हेर्नुहुन्छ भने, नेपाली काँग्रेस भन्दा पछाडी सबभन्दा पुरानो पार्टी नेपाल सद्भावना पार्टी हो । विभिन्न कारणले पार्टी विभाजित भयो । नेताहरुको बीचमा मतमतान्तर भयो । पार्टीभित्र राजावादी र लोकतन्त्रवादी भयो । सत्ताको र सत्ता लिप्साको कारणले पार्टीहरु धेरै पटक विभाजित पनि भयो । यी सबै कुरा लजास्पद कुरा थियो तर यो सबै कुराहरुको लागि म नेपाल सद्भावना पार्टी र संघिय सद्भावना पार्टीको तर्फबाट समाजसँग माफी माग्छु । र एकपटक नेपाल सद्भावना पार्टीलाई सहयोग गर्न आग्रह पनि गर्छु ।

राजेन्द्र महतोसँग पार्टी एकिकरण गर्ने कुरा भएको थियो तर त्यो एकीकरण किन भएन ?
– छैन, त्यस्तो कुनै कुरा कहिल्यै पनि भएको छैन । मेरो विचारमा त जे जति सद्भावना पार्टीहरु छन् सबै एक ठाउँमा आउन । त्यस विषयमा समान्य कुरा भएको हो तर राजेन्द्र महतोजीको पार्टीसँग एकीकरण नै गर्नुपर्छ भन्ने खालका कुरा भएको छैन । राजेन्द्र महतोसँग अरु अरु विषयमा कुरा गर्दा पनि उहाँले अनिल झा एककिरण गर्नका लागि आउने गरेको हल्ला चलाउनु हुन्छ तर त्यस विषयमा खासै कुरा भएको छैन । मधेशको राजनीतिमा पार्टीहरु फुट्ने र बन्ने गरेको छ । मेरो नेतृत्वमा जब संघिय सद्भावना पार्टी बन्यो र अरु नेताहरुले पहिले पनि पार्टी फुटाएर मधेशवादी दलहरुले अर्को पार्टी बनाउनु भयो । तर म मात्रै एउटा अध्यक्ष छु, जसलाई आफ्नो मातृ पार्टीले पार्टीबाट कारवाही गरेर निस्कृय गरि दिएपछि संसदबाट सदस्यता समाप्त गरिदेउ भनि कुरा लेखे पछाडी अलग भएको हो । म सद्भावना पार्टीमा थिए र मलाई पार्टीबाट विधिवत रुपमा निकालियो ।त्यसपछि ६ महिनासम्म मलाई स्पष्टिकरण सोध्यो । सबैको जवाफ दिए र त्यसबाट पार्टी सन्तुष्ट नभएर पार्टीबाट निष्काशन गर्यो । संसदबाट पनि निकाल्ने चिठी पनि पार्टीले तयार गर्यो । सविधानसभालाई पठायो पनि । मलाई राजेन्द्रजीले आर्यघाटमा जिउँदै पोल्न लगाएपछि त्यहाँबाट फुत्केर भागेको मात्र हो । अरु पार्टीहरुमा त कोही महासचिव नपाएर, वा उपाध्यक्ष नपाएर, वा मन्त्री बन्न नपाएर पार्टी विभाजन भएको हो तर ती कुराहरु अनिल झा र संघिय सद्भावना पार्टीको केशमा भएको छैन । यद्यपी मधेशको साथीहरुले मलाई के भन्छ भने ए तिमी पनि पार्टी फुटालियौँ, हो एक प्रकारले फुटालेकै जस्तै देखिन्छ । तर कुनै व्यक्तिलाई पार्टीले वा कुनै परिवारले कान समातेर घरबाट निकालि दियो भने उसले के गर्छन् । या त आत्म हत्या गर्छन् वा उसले अर्को घर बनाउँछन् । र त्यहाँ मसँग पनि दुईटा अपसन थियो या त म काँग्रेस एमाले, वा एमाओवादी र राजावादी पार्टीमा गएर विलिन भइ दिऔं वा एउटा मधेशवादी पार्टी बनाउ । र अन्त्यमा एउटा मधेशवादी पार्टी नै चलाउने निष्कर्षमा पुगे र त्यसमा केही सभासदहरु पनि सहभागी भएर आए । र, त्यो एउटा पार्टीको रुप लियो । त्यसैले हाम्रो केस र अरु पार्टीको केस फरक–फरक छन् ।

नेपाल सद्भावना पार्टी र संघिय सद्भावना पार्टीको एकिकरण भयो अव यसमा अरु कुनै पार्टी पनि आउछ कि कसो ?
– हामीे त मधेशमा एक पार्टी फर्मुलामा जानु पर्छ भनेर धेरै पहिलादेखी भनिरहेका छौ । दोस्रो संविधानसभाको निर्वाचन भन्दा पहिले विभिन्न पत्रिकाहरुमा लेख प्रकाशित गरेर कि मधेशमा एउटै पार्टी बनोस् नभए एउटै मोर्चा बनोस् भनेर र त्यही मोर्चा नै चुनावमा जाओस्वसम्म भनको हौं । तर त्यो हुन सकेन । अहिले पनि यदि मधेशमा एक मात्र पार्टी भयो भने म एउटा साधारण सदस्य भएर बस्न सक्छु । मलाई कुनै पदको लोभ लालच छैन । यदि सबै मधेशवादी दलहरु एकीकरण हुन्छ । त्यसमा मलाई सोधखोज गर्दैनन् । सातवटै पार्टी एकीकृत भयो भने म आफ्नो पार्टीको सबै समानहरु लिएर त्यो एकीकृत कार्यालयमा राख दिन्छु र कुनै पदमा नबसी साधारण सदस्यको रुपमा मधेशमा समर्पित हुन्छु । अब मलाई कुनै मधेशवादी दलसँग मधेशी नेताको रुपमा प्रमाणपत्र लिने आवश्यकता छैन । लोकतन्त्र र मधेशवाद प्रति उतिकै समान जिम्मेवारी भएको व्यक्ति आफूलाई ठानेकाले लोकतन्त्र संस्थागत भयो, गणतन्त्र संस्थागत भयो, अब मधेशवाद संस्थागत गर्नका लागि मलाई जे जे गर्नुपर्छ सबै गर्न तयार छु । यदि मलाई मधेशी जनताले मलाई तिमी मधेश छाडेर गयौ भने मधेश समृद्ध हुन्छ । तिम्रो कारण मधेशमा धेरै पार्टी भयो । तिमी मधेश छाडेर जाउ भन्यो भने म मधेश छाडेर अन्यत्रै जीवन बिताउन जानसक्छु ।
अन्त्यमा, यो साहारा टाइम्स पत्रिकाको मार्फत के भन्न चाहनु हुन्छ ?
– अहिले जुन प्रकारले देशको राजनीतिक अगाडी बढिरहेको छ, राजनीतिमा जुन प्रकारले अरुको लगानीको औचित्य नदेख्ने, मूल्य नगर्ने, अरुलाई खराब र कमजोर भएको मात्रै देखिने प्रवृति जुन छ, त्यो राजनीतिबाट हट्नु पर्छ । यदि कोही मान्छे ६ महिनादेखि देशका लागि, मधेशकालागि काम गरिहेको छ भने त्यसको मूल्याकन पक्कै हुनु पर्छ । देशमा संविधान बनोस्।

तपाईको प्रतिक्रिया