रौतहट, २६ चैत । गौर आन्दोलनका क्रममा सशस्त्र प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका रामआशिस ठाकुरको शवको आज साँझ गौर नगरपालिका–१० स्थित लालबकैया नदीमा दाहसंस्कार गरियो ।
बिहान गौर नगरपालिकामा शवयात्रापश्चात् श्रद्धाञ्जलिसभाको आयोजना गरिएको थियो ।
श्रद्धाञ्जलिसभालाई नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, एकीकृत नेकपा (माओवादी)का हरिबोल गजुरेल, तराई–मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय उपाध्यक्ष गोविन्द चौधरीले सम्बोधन गर्नुभएको थियो ।
तीस दलीय मोर्चाले आजै बन्द फिर्ता लिएपछि केही सातादेखि अवरुद्ध गौर चन्द्रनिगाहपुर सकडखण्डको यातायात सेवा पनि सुचारु भएको छ । व्यापार व्यवसाय पनि बिहानैदेखि सञ्चालनमा आएको छ ।



तपाईको प्रतिक्रिया