एसपी, सिरहा, २६ चैत । सिरहामा बिहीबार अपरान्ह आगलागीहुँदा ३० लाख भन्दा बढिको धनमाल जलेर नष्ट भएको छ । सिरहाको अर्नामाप्रपि–४ का रामगणेश यादवको परालको टाल (कुनिउ) बाट बिहीबार अपरान्ह सुरुभएको आगलागीले पाँचघरमा क्षेती भएको इलाका प्रहरी कार्यालय विष्णुपुरले जानाएको छ । प्रहरीका अनुसार स्थानीय रामगणेश यादव, कपलेश्वर यादव, पुष्पराज श्रेष्ठ, बुधराम यादव सहित पाँच जनाको घरमा आगलागी भएको हो ।
आगलागीबाट तीन लाख नगद सहित अन्नपात, काठ, लत्ताकपडा सहित ३० लाखको धनमाल जलेको प्रहरीको भनाई छ । सोलारको व्यवसाय गर्दै आएका रामगणेश यादवले बैंकबाट सो बुधबार तीनलाख नगद घरमा ल्याएका थिए । करिब तीनघण्टा पछि स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको जनाईएको छ । खवर गरेको भएपनि प्रहरी अवेरमात्र पुगेको स्थानीयको आरोप छ ।
खाना पकाएर फ्याँकेको खरानीबाट आगोलागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । भने आगोलाग्नुको कारण खुली सकेको छैन । भने क्षेतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको छ ।



तपाईको प्रतिक्रिया