काठमाडौं , चैत २६ गते । शिक्षक सेवा आयोगबाट शिक्षकहरुको स्थायी पदपूर्तिका लागि गारिएको
विज्ञापनमा अस्थायी शिक्षक, राहत शिक्षक तथा सट्टा शिक्षकका समस्या र मागलाई सम्बोधन नगरिएको, प्रत्येक जिल्लामा दरखास्त दिने व्यवस्था नभएको लगायतका माग राखि मधेसी शिक्षक फोरम ,नेपालले सो विज्ञापनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
चैत २४ गते मिावि तथा निमावि तहका शिक्षकहरुको पदपूर्तिका लागि शिक्षक सेवा आयोगद्धारा विज्ञापन गरिएको थियो । मधेसी शिक्षक फोरम, नेपालले आज विज्ञप्ति जारी गरी शिक्षा विधेयक बिचाराधिन रहेको अवस्थामा आयोगले निकालेको विज्ञापनले झन समास्या सृजना गरेको जनाएको छ ।



तपाईको प्रतिक्रिया