सप्तरी, चैत्र २६ गते । सप्तरीमा पुनः आगलागि भएको छ । सप्तरीको रमपुरा मल्हनियाँमा आज दिउँसो आगलागी हुँदा एक सय भन्दा बढी घर जलेर नष्ट भएको छ । रम्पुरा मल्हनियाँ–५ का दशरथ यादवको घरबाट सल्केको आगोले बस्ती नै सखाप भएको छ ।
आगलागिमा परी सुखाई यादव, अनिरुद्ध यादव, छेदी यादव, सत्य नारायण यादव, दिनेश यादव, उमेश यादव, हिरा लाल यादव, मनोज यादव, हरि यादव, रामदेव यादव, भिखो यादव, विनित यादव लगायतको घर जलेर नष्ट भएको छ भने त्यसमा दुई जना घाइते भएको छ ।
आगो निभाउन राजविराज नगरपालिकाबाट गएको बारुयन्त्र बाटो राम्रो नभएका कारण ढिलो पुगेकाले बढी क्षति हुन पुगेको हो । आगोलाई बारुणयन्त्र, नेपाल प्रहरी, सेना तथा स्थानीयहरुले दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।



तपाईको प्रतिक्रिया