Khadya Bibhag

शोक सभा रौतहटको गौरमा

रौतहट, चैत २६  । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश विरोधी सरकारद्धार विरुद्ध गौरबासीले देखाएको साहसबाट मधेशका जनताहरु उत्साहित भएको बताएका छन् ।
सशस्त्र प्रहरीको भ्यानबाट मृत्यु भएको रामअशिष ठाकुरको सम्झनामा ३० दलिय मोर्चाद्धारा विहिवार गौरमा शोक सभा गरियो ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान बनाउने समयमा सरकारले मालपोत र नापी कार्यालयको शाखा कार्यालय रौतहटको चन्द्रनिगाहपुर स्थापना गर्ने विषयलाई लिएर भएको साता व्यापी आन्दोलनमा राज्यले दमन गरेको कार्य निन्दनिय भएकोमा कडा रुपमा आलोचना गरे ।
सहमतीको आधारमा संविधान निर्माण गर्ने कार्यलाई प्रथमिकताका साथ अघि बढाउने पर्ने अवस्थामा वर्तमान सरकारले मधेशवादी दललाई उक्त कार्यबाट विमुख बनाउन सेवा कार्यालय स्थापना गराउने चालमा फसाउने षड्यन्त्र रचेको आरोप अध्यक्ष महतोले लगाए ।
जायज मागहरु प्रति उचित सम्बोधन गर्नुपर्ने मागहरु राख्दै उद्योग वाणिज्य संघको अगुआई एवं ३० दलिय मोर्चाको सहभागितामा भएको शान्तिपूर्ण आन्दोलनलाई विथोल्न स्थानीय प्रहरी प्रशासनले सर्वसाधारण जनता माथि बर्बर दमन गरेको आरोप सदभावना अध्यक्ष महतोले लगाए ।
एमाओवादीका पोलिट ब्यूरो सदस्य एवं कोषाध्यक्ष हरीबोल गजुरेलले बर्षौ देखि राज्य सत्ता चलाउनेहरु मधेशी जनता माथि दमन शोषण गर्ने कार्य अझै पनि कायमै राखेको प्रति कडा आलोचना गर्दै संविधान निर्माणको प्रक्रिया सहज बनाउनुपर्ने समयमा झन् असहज परिस्थिति उत्पन्न गराएर एमाले र काँग्रेस संविधान बनाउने कार्यबाट पंछिरहेको  संकेत देखा परेको आरोप लगाए ।
शोक सभा चलिरहदा मृतक रामअशिष ठाकुरको शव राखिएको ट्रेक्टरलाई पुर्व सभासद सिंहले पचासौं कार्यकर्तालाई लिएर अन्तिम संस्कार गर्न हिडेको थियो । ३० दलिय केन्द्रीय मोर्चाको तर्फबाट मृतक ठाकुर आश्रित परिवारलाई पाँच लाख रुपैया दिने घोषणा समेत उक्त सभामा गरियो ।
फोटो क्याप्सन ३० दलिय मोर्चाद्धारा रौतहट सदरमुकाम गौरमा विहिवार मृतक रामअशिष ठाकुरको सम्झनामा गरेको शोक सभामा मोर्चाका नेताहरु । मृतक ठाकुरको विहिवार गौरमा शव जुलुश निस्कदै ।

तपाईको प्रतिक्रिया