Khadya Bibhag

गौर आन्दोलनलाई उधोग वाणिज्य संघको धोका

रौतहट, २६ चैत । सेवा केन्द्र सार्ने नाममा गौरमा भएको आन्दोलन उधोग वाणिज्य संघ रौतहटले आन्दोलनकारीलाई धोका दिएको छ । सरकारले शाखा कार्यालयको निर्णय फिर्ता लिएपनि उद्योग वाणिज्य संघको नेतृत्वमा सात सुत्रिय माग अघि सार्दै आन्दोलनलाई घिसार्ने कार्य भइरहेका हुन् । सदरमुकाम गौर भन्दा बाहिर रहेका जिल्ला कार्यालयहरुको स्थापना, सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका रामाअसिष ठाकुरलाई शहिद घोषणा तथा आन्दोलनको क्रममा घाईते भएकाहरुको क्षतीपुर्तिको व्यवस्था लगाएत ६ बुन्दे मांग राख्दै प्रदर्शनकारीहरुले रौतहटमा प्रदर्शन जारी राखेका छन् । बन्दका कारण गौर, गरुडा, गंगापिपरा, शुकदेवचोक, शिवनगर, कटहरिया लगायत बजारहरुको कुनै पनि पसल खुलेका छैनन भने  विद्यालयमा पठन पाठनसमेत ठप्प रहेको छ ।
मृतक ठाकुरको श्रीमती भगवतिया देवी र बुहारी चिन्ता देवीको अवस्था दैनिय हुदै गएपछि अस्पताल प्रशासनले सलाइनपानीको माध्यमबाट शरिरमा खाद्यान्न सामग्री पठाउने कार्य जारी राखेको अस्पताल प्रशासनले जनाएको छ । संघका पदाधिकारी आफुहरु जुन मागकोलागी आन्दोलन गरेको थियाये त्यो माग पुरा भएपछि अव थप आन्दोलन गर्नु औचित्य नरहेको भन्दै आन्दोलन फिर्ता लिएका छन् ।
यद्यपी विभिन्न दलको नेताहरुले मृतक परिवारलाई क्षतीपुर्ति तथा मृतकलाई सहिद घोषण र आन्दोलनकारी माथी दमन गरेको प्रहरीलाई कारवाही नगरेसम्म सदभावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसैयदले वताए । संघको क्रियाकलापलाई शेखले धोकाको संज्ञा दिएको छन् । र ३० दलीय गठबन्धनवाट आज गौरमा आमसभा आयोजना गरिने भएको छ ।

तपाईको प्रतिक्रिया