Khadya Bibhag

एभरेस्ट होसपिटलमा रातभरीके गरे डा. सिंह

निर्माणको सुरुवाततिरै विवादमा परेको नायिका शुभेच्छा थापाको चलचित्र ‘मखमली’को शुटिंग एभरेस्ट होसपिटल नया बानेश्वर मा हिजो रातभरी गरियो । फिल्म को रोल मा रिअल लाइफ  को डाक्टर नायक डा। सी ।के सिंह चाही रिल लाइफमा देखिए १ चरिमाया तामाङ र उनी जस्तै अन्य नेपालीको कथालाई केन्द्रमा राखेर तयार पारिएको चलचित्र ‘मखमली’ युनिटले चरिमाया तथा बेचविखनमा तथा उत्पिडनमा परेका महिलाको संरक्षमा संलग्न सस्था रक्षा नेपालसँग कुरा नगरि चलचित्र निर्माण गर्न लागेको भनि पत्रकार राजन घिमिरेले लेखेपछि यो चलचित्र विवादमा तानिएको थियो । तथापी त्यो विवाद धेरै दिन टिकेन । राजु गिरीले निर्देशन गरेको चलचित्र ‘मखमली’ आउँदो तिजमा अलनेपाल रिलिज हुने भएको छ । मुकेश हुमागाईंको छायाँकन रहेको चलचित्र मखमली शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्र ‘मखमली’मा नायिका शुभेच्छा थापाका साथमा नायक डा। सी ।के सिंह, अशोक फ्याँल, दुर्गेश थापा, सुधन धिताल, उत्तम केसी, बालकलाकार जेनिशा रिजाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया