गौर घटना बारे फोरम नेपालको विज्ञप्ति


प्रेस विज्ञप्ति                                              
रौतहटको सदरमुकाम गौरबाट सेवा कार्यालय सार्ने सरकारी निर्णयविरुद्व गौरमा जारी आन्दोलनमा प्रहरीले जनतामाथि गरेको बर्बर दमन र अत्याचारको मधेसी जनअधिकार फोरम, नेपाल घोर भत्र्सना एवं निन्दा गर्दछ । सरकारले षणयन्त्रपूर्ण ढंगले बल प्रयोग गरी मधेशमा भय र आतंक सिर्जना गर्ने, मधेशका जिल्लाहरुमा अशान्ति फैलाउने, जनताको घरघरमा प्रवेश गरी महिला तथा बालबालिकालाई कुटपिट गर्ने, सेवा विस्तारका नाममा मधेशी जनतालाई पाइरहेको सरकारी सेवा सुविधा र अधिकारबाट बञ्चित गर्ने कुत्सित मनसायले प्रहरी प्रशासनले चालेको यस्ता घृणित कदम तत्काल हुनुपर्छ । र प्रहरी प्रशासनको अमानविय रवैयाबाट बिचलित नहुन स्थानीय जनतालाई फोरम नेपाल आव्हान् गर्दछ ।
प्रहरीले शनिबार सा“झ गौर नपा–८ स्थित सर्बसाधारण्ँको घरमा प्रवेश गरी महिला तथा किशोरीलाई कुटपिट र दुव्र्यवहार गरेको छ । प्रहरीको गोलीले प्रमोद ठाकुर, प्रवीण्ँ राय यादव, एकरामुल हक, राजिव झा, उमर पाण्डे, पवन पटेल र रामनाथ बैठा गम्भीर घाइते छन् । प्रहरीले सदरमुकामका केही पसल घरमा लूटपाट गरेको छ । प्रहरी ज्यादतीले गौरको अवस्था अत्यन्तै नाजुक बनेको छ । स्थानीयको घरघरमा पसेर महिला बालबालिकालाई कुटपिट र लूटपाटमा संलग्न प्रहरीलाई तत्काल निलम्बर गरी कारवाहीको दायरामा ल्याउन फोरम नेपाल सरकारसंग जोडदार माग गर्दछ । 
चैत्र २० र २१ गते गौरमा प्रहरी दमनले सयौं स्थानीय जनता घाइते छन् । शुक्रवार मात्रै सशस्त्र प्रहरीको गाडीले किचेर गौर नगरपालिका १०, सवगाढाका रामआशिष ठाकुरको मृत्यु भएको थियो । दर्जनौंलाई प्रहरीको गोली लागेको छ । प्रहरीको गोलीले मुडलवा ६, गौरका विद्यानन्द यादव र हजमिनिया १ गौरका रणधीर सिंह गम्भीर घाइते छन् । यादवको टाउको र सिंहको पेट र तिघ्रामा गोली लागेको छ । जनप्रदर्शनका क्रममा समाचार संकलन गर्न पुगेका आधा दर्जन पत्रकारहरुलाई कोठामा बसिरहेको अवस्थामा प्रहरीले अश्रुग्या“स प्रहार गरी सख्त घाइते बनाइसकेको छ । 
गौरका स्थानीय जनतामाथिको ज्यादतीमा संलग्न प्रहरी र प्रहरी प्रमुखलाई तत्काल निलम्बन गरी कारवाही हुनुपर्छ । दोषी प्रहरीमाथि कडा कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति, पसल तथा सवारीका साधन तोडफोडको क्षतिपूर्ति र सबै घाइतेलाई सरकारको तर्फबाट औषधि उपचार एवं क्षतिपूर्ति तत्काल उपलब्ध गराउन मधेसी जनअधिकार फोरम, नेपाल सरकारसँग जोडदार माग गर्दछ । २०७१ चैत्र २२

उपेन्द्र यादव
अध्यक्ष–मधेसी जनअधिकार फोरम, नेपाल

तपाईको प्रतिक्रिया