Khadya Bibhag

सदरुल हत्यामा अन्तरराष्ट्रिय कनेक्सन

सदरुल मियाँको धेरैसँग दुस्मनी थियो । ती मध्ये बंगलादेशी नागरिक सुब्रेतो बिनसँगका आर्थिक लेनदेन र आफ्नै सालो असलमसँगको व्यापारिक कारोवारमा भएको हेराफेरी सबै भन्दो ठुलो थियो । यसबाहेक श्रीमति नुरजहाँ र विसनपुर मस्जिदका मौलाना नुजमान बीचको सम्बन्धका कारण उठेका पारिवारिक विवाद पनि ठूलै मामला बनेको थियो ।
        बंगलादेशी नागरिक विनले सुनसरीबाट अली अफरको नाममा नक्कली नागरिकता लिएका थिए । सोही काण्डमा सुनसरीको झुमका जेलमा परेको बेला विनले आफ्नो श्रीमतिमार्फत सदरुलसँग सम्बन्ध बनाएका थिए । नेपाल प्रहरीले विनको नाम इन्टरपोलमा राख्न खोजेपछि त्यसलाई रोक्न विनले सभासद् सदरुललाई प्रयोग गरेका थिए । विनले श्रीमतिमार्फत सदरुललाई १८ लाख (भारु) दिएका थिए । तर सदरुलले काम गर्न नसकेपछि विनले पैसा फिर्ता मागे । सदरुलले पैसा दिन आनाकानी गरेपछि विवाद लम्बिदैँ गयो । र उनलाई बारम्वार मार्ने धम्की आउन थाल्यो ।

सदरुल, सुब्रतो र धीरेन्द्र यादव
    स्वतन्त्र भए पनि सदरुलले एकीकृत माओवादीलाई सर्मथन गरेका थिए र सम्बन्ध पनि राम्रो थियो । झुम्का जेल तोडेर विनसँगै फरार भएको अर्का अभियुक्त धीरेन्द्र यादवले स्थानीय सञ्चारकर्मीलाई बताएको थिए । इटहरीमा बसिरहेको विनको श्रीमतिले सदरुललाई पटक–पटक गरि १८ लाख भारु दिएकी थिईन । यी धीरेन्द्र पनि नेपाली नागरिकता लिएर नेपालमा बसिरहेका थिए । उनी भारतको मोस्ट वाण्टेड अपराधीको सूचीमा परेको थिए ।  यी यादवले २०६३ साल माघ ८ गते कृषि विकास बैँक राजविराज शाखाका प्रबन्धक विक्रम शाहको हत्या गरेको थिए ।  त्यसैले सजाय काट्न काठमाडौँको जेलमा थिए ।  २०६८ कार्तिक ३० गते यादवलाई सरुवा गरेर झुमका जेलमा ल्याइयो । यहाँ विन र यादवको संयुक्त अपराध मोर्चा बनेपछि झुमका जेल तोड्ने योजना बनेको थियो । धीरेन्द्र भन्छन्, झुमका जेल तोड्न तारतम्य मिलाउन मात्र तीन करोड जति खर्च भयो ।
     यसअघि सुब्रतो विन र धीरेन्द्र यादवले सदरुलमार्फत हाल ड्यास माओवादीमा रहेकी एक सभासद्सँग सम्पर्क गरे । धीरेन्द्र यादवले खुलासा गरे, ती सभासद्ले तिनीहरुलाई जेलबाट छुटाइदिन तत्कालिन गृहमन्त्री कृष्णबहादुर महरा कहाँ कुरो पु¥याइन । तर, महराले ठाडै अस्विकार गरेपछि सदरुल संकटमा परे ।  सदरुलले पैसा लिएर पनि काम गराउन सकेनन् । नेपाल प्रहरीले विनलाई इन्टरपोलको मोस्ट वाण्टेड सूचीमा राखिदिएपछि त मामिला झन विग्रन गयो ।  सुब्रतो विन, अन्डरवल्र्ड डन दाउद इब्राहिमको बंगलादेश हेर्ने प्रतिनिधीका रुपमा कार्यरत रहे । र उनले बंगलादेशमा ठूलो अपराध गरेको समाचार बंगलादेशमा प्रकाशित भइरहेका थिए । सुब्रतो विनको संकट गहिरिँदै थियो ।
    यसैबीच ०६९ कार्तिक २३ गते राति सुनसरीको झुम्का जेल तोडियो । त्यसै रात जेलबाट सुब्रतो विन र धीरेन्द्र यादव सहित आठ अपराधी भागे । धीरेन्द्र यादव सुनसरीको सिमा क्षेत्रबाट तुरुन्तै पक्राउ परे भने सुब्रतो विनलाई चाहीँ भारतीय प्रहरीले १९ दिनपछि कलकत्ताबाट पक्राउ ग¥यो । यसपछि भारत र बंगलादेशबीच अपराधी सटासाट गर्ने कुटनितीक पहल सुरु भयो । दुइ देशबीच गृहमन्त्री स्तरमा सुब्रतो विन र ‘उल्फा’ का महासचिव अनुप चैत्यको सटासाट गर्ने सहमति भयो तर दुबै देशको मन्त्रीपरिषद्ले कुनै निर्णय लिएको छैन ।
भारतले सुब्रतोलाई जाली भारुको कारोवार गरेको अभियोग लगाएर जेलमा राखेपछि सदरुललाई भारतीय सिमाबाट लगातार फोनमा मार्ने धम्की आउन थाल्यो । नेपालमा नक्कली भारु कारोवार गरेको आरोपमा तीन वर्ष सिरहा जेलमा बसिसकेका सिरहा चतरीका ऐनुल सेख पनि सदरुल हत्यामा संलग्न रहेको देखेपछि मामिलाले गम्भिर मेड लियो । यी ऐनुल सेखको सम्बन्ध धीरेन्द्र यादव र सुब्रतो विनसँग पनि थियो ।

सदरुलको हत्यारा
सदरुलको हत्या राति सुतेकै अवस्थामा ओछयान्मा धारिलो हतियार प्रयोग गरेर घाटी रेटेर (हलाल गरेर) भएको थियो ।
यसको हत्याको आरोपमा राजविराज जेलमा रहेका चाँदवावु भन्ने अब्दुलउफले भने, म साउदीबाट ०७० सालको बैसाखमा घर फर्के । मेरो ऐनुल र जमिरुल सेखको घर एउटै गाँउमा छ । घटनाको दिन हामी तीनजना एउटै मोटरसाइकलमा चढेर विषनपुरा गयौँ । घटना पछि राति १ वजेतिर, जमिरुल र ऐनुल सेख मोटरसाइकलबाटै लहान गए । म चाँही रात्री बस चढेर लहानको घर आएँ । खुट्टीखोलामा जमिरुल र ऐनुलसँग भेट गरेँ । ऐनुलले केही पैसा र एउटा फुटेको मोवाइल दिएर मलाई विराटनगर पठाए । त्यहाँको चाँदनी होटलमा सात दिन लुकेर बसेँ । पछि लहान जादाँ पक्राउ परे ।
घटना भएको २३ दिन पछि अब्दुल रउफ प्रहरीको कब्जामा परे रउफलाई उनकी प्रेमिका बसन्तीले लहान चोकमा बोलाएकी थिइन् । प्रहरीले रउफको परिवारलाई भने जाली भारुको कारोवार गरेको आरोपमा पक्राउ गरेको बताएको थियो । जाली भारु खोज्ने शिलशिलामा रउफको घरमा छापा मार्दा प्रहरीले सदरुलले प्रयोग गर्ने मोवाइल सेट फेला पारे । त्यसपछि रउफलाई सदरुल हत्याको आरोपमा पक्राउ गरि राजविराज जेलमा राखियो । रउफको श्रीमति रुखसाना भन्छिन,–भारतीय जाली नोटको काम गर्ने ऐनुलले मेरो श्रीमान्लाई फसाइदियो । ऐनुलले घटना हुनु भन्दा १०÷१२ दिनअघि देखि नै लगातार घरमा आएर रउफलाई कता–कता लैजाने गथ्र्यो ।
रउफको प्रमिका भन्छिन,—विसनपुराको ठूलो मानिसले रउफको साथीको धेरै पैसा ठगेको थियो रे । रउफले त्यसलाई छोड्नु हुदैँन भन्थ्यो । ऐनुल र जमिरुल त सँगै उठवस गर्थे ।
बसन्तीले थपिन्, सदरुल घटनाको भोलीपल्टै मलाई रउफलाई बोलाएर विराटनगरको चाँदनी लँजमा एकहप्ता श्रीमति बनाएर राखेको थियो । उसको चारवटा मोवाइल थियो । नबुझिने भाषामा को–कोसँग कुरा गरिरन्थ्यो । ठूलै मान्छेको ठूलै दुस्मन हुन्छ, सदरुलको हत्या पनि ठूलै मान्छेले गराएको हो भन्थ्यो ।’ बसन्तीका अनुसार, सदरुलको हत्या भएपछि रउफले चिन्ता प्रकट गर्दै भनेको थियो, ‘सब बेकार भयो पैसा फिर्ता आएन ।’

ऐनुलको रेटाइ
ऐनुल सेख, बाबा भन्ने जमिरुल सेखको र अब्दुल रउफ एकै गाँउको थिए । यी तिनै जना घटनाको दिन एउटै मोटरसाइकलमा चढेर विसनपुरा गएका थिए । प्रहरीले जेठ २३ गते पक्राउ गरेको अब्दुल रउफका अनुसार, सदरुल मियाँको घाँटी रेट्ने काम ऐनुलले गरेको थियो ।
इस्लामिक संघ नेपालका अध्यक्ष नजरुल हुसैनका अनुसार सदरुलले ६ महिना अघि देखि नै आफ्नो ज्यानको खतरा रहेको बताएका थिए । यो हत्या बाहिरको मानिसको योजनाबाट भएको हो । अपराधी प्रबृतिका जमिरुललाई सदरुलको घरमा भित्रयाउने काम तीनै योजनाकारले बनाएको हुन् । जमिरुलले छोरीलाई प्रेमजालमा फसायो । अनि घटनाको दिन जमिरुलले सदरुलको छोरी रुवेदा खातुनसँग पटक–पटक सम्पर्क गरेर बुवा कहाँ हुनुहुन्छ भनेर सोधेको थियो ।
जमिरुलको प्रेमिका रुवेदा भनिन्, ‘घटनाको दिन राति १० वजेतिर, बुवा पेट्रोलपम्पमा एक्लै सुत्न गएको कुरा मैले बाबालाई बताइ दिएकी थिए । जमिरुलले दिउँसो, साँझ र राति तिर पनि लगातार सोधखोज गरिरहेको थियो ।’
जमिरुललाई सदरुलको घरमा भित्रयाइदिने मौलाना नुरजमानले जेठी छोरीको झारफुक गराउन जमिरुललाई हाम्रो घर ल्याएका थिए । छोरीको झारफुक गरेकोले जमिरुललाई रु. ४० हजार दिएकी थिएँ । उसले हाम्रो परिवारसँग राम्रो सम्बन्ध बनाएको थियो ।’
जमिरुललाई सदरुलको घरमा भित्रयाइदिने मौलाना नुरजमानलाई धेरै वर्षअघि सदरुलले बेइज्जती गरेर नराम्रोसँग कुटपिट गरेका थिए । स्थानिय बासिन्दाहरु भन्छन्, आफ्नी श्रीमति र नुरजमानबीचको सम्बन्ध शंकास्पद लागेपछि सदरुलले दुबैजनालाई नराम्रोसँग कुटपिट गरेका थिए । त्यसपछि नुरजमान सप्तरी जिल्ला छोडेर गए ।
सदरुलको छोरा हेमायु भन्छन्, ‘जमिरुललाई झारफुक गर्न मेरो घरमा ल्याउने नुरजमानसँग बुवाको झगडा परेको थियो  । आमाले र बहिनीले कुरा बुझेनन् उसको बचाउ गरिरहे ।’

जमिरुलको धावा
    लहान–५ मा स्थायी घर भएको पाँच छोराछोरीको बुवा ४० वर्षिय मोहम्मद जमिरुल सेख झारफुक गर्दै हिड्ने हुनाले स्थानियले बाबा भनेर चिन्द्थे । उनी लहानको मस्जिदको नाममा चन्दा उठाउदैँ हिड्थेँ । घटना हुनुभन्दा २ वर्षअघि विसनपुरा मस्जिदको मौलाना नुरजमानको साथ लागेर यी बाबा सदरुलका घर पुगेका थिए । बाबा भनिने जमिरुल रुऐनुल दुबै जना जाली भारुको कारोवार पनि गर्दथे । सिरहा प्रहरीको रेकर्डमा पनि जमिरुललाई शंकास्पद क्रियाकलापमा संलग्न रहेको भनि जनाइएको थियो ।
जनकपुरमा विवाह भएकी सदरुलकी जेठी छोरीको सन्तान नभएकोले उसलाई छोराछोरी हुन बनाइदिने भनेर विसनपुराका मौलबी नुरजमानले जमिरुललाई सदरुलको घरमा भित्रयाइदिएका थिए । जमिरुल स्थानियस्तरमा मौलवी (इस्लामिक धर्मगुरु) भनेर पनि चिनिन्थ्यो । मस्जिदको लागि उठाएको चन्दाबाट आधा लिन्थ्यो ।
    बसन्ती भन्छिन्, ‘रउफलाई विदेशवाट झिकाउने र घटनामा प्रयोग गर्ने काम त्यही बाबाले गरेको थियो ।’
स्थानिय बासिन्दा भन्छन् ‘हत्या हुनु एकसता अघि साँझ सातवजेतिर दुई अपरिचित सदरुलको विसनपुराको इटाभट्टामा आएर उनैलाई सदरुल कता छन् भनेर सोधेछन् । सदरुल आफैले उनीहरुलाई उ त यहाँ छैन, बाहिर गएको छ भनेर फर्काएका रहेछन् । यसरी  खोजी गर्ने मानिस एउटा कालो र अर्को गोरो अग्लो व्यक्ति थिए । उनीहरु आफ्नो घर सिरहा रहेको बताएकाले शंका लागि सदरुलले प्रहरीलाई खबर गरेका थिए । तर कोही पक्राउ परेनन् । धेरै ती मध्ये एक सिरहा चतरीका ऐनुल हुन सक्ने शंका गरेका थिए । ऐनुल सेख फरार छन् । उनी सुब्रतो विनको जाली नोट कारोवारको सहयोगी थिए ।
फरार जमिरुलले आफ्नो परिवारलाई दिएको जानकारी अनुसार उनीहरु भारतको मधुवनी जिल्लाको ग्रामिणभेगमा बसिरहेका छन् । मधुवनीमा सदरुलका साला असलमको घर पनि छ । नुरजमान भनेको नेपालकै सुनसरीको दक्षिणी भेगमा बसिरहेको छ ।

भित्री दुस्मनी
पहिले सदरुलको परिवार गरिव थियो । मामा रहिमुद्यिनले उनलाई सानै उमेरमा दिल्ली लगेर लेदर सिलाई काम सिकाएर सात वर्षमा मास्टर बनाइदिएका थिए । त्यसपछि सदरुलले कानपुर र मुम्बईमा काम गरे । मजदुरी गर्न कोरिया पनि गए । कोरियामा दुई तीन वर्ष बसेर फर्केपछि कल्यानपुर गा.वि.सं. ३ मा हेमायु काष्ट मिल खोले । रहिमुद्यिनको आर्थिक साझेदारीमा कल्याणपुर गा.वि.स –२ मा इटा उधोग पनि खोले । पछि सदरुलले भटट नै एकलौटी बनाए ।
यसपछि सदरुलको साला असलमलाई मिलाएर विहार कशमाहीमा पनि इटा भट्टा खोले । त्यहाँ पनि पछि सालालाई हटाइदिए । आफूलाई उधार गरिदिने मामा रहिमुद्दिन र साला असलमसँग कटाक्ष परेपछि उनले सुनसरीमा पनि इटाभटट खोले । तर, यसमा घटा लाग्यो । भट्टा नै बन्द भयो । त्यसपछि कृषि विकास बैँक कल्याणपुर र सनराइज बैँक राजविराजबाट ऋण लिएर पेट्रोल पम्प खोलेर चलाइरहेका थिए । त्यही पेट्रोल पम्पको घरमा उनी मारिए ।
मामा रहिमुदिन र साला असलमले हिसाब माग्दा सदरुलले क्रुर व्यवहार गरेको थिए । यसै घटनाले सदरुल र उनकी श्रीमति नुरजहाँबीच वैमनस्य बढेको थियो । नुरजमानको मामलामा नुरजहाँको बेइज्जती गरेपछि र भाइको पैसा पचाएपछि श्रीमतिले पनि विद्रोह गरिरहेकी थिइन । यसैबीच सदरुलको साला असलम अबैद्य हातहतियारसहित भारतमा पक्राउ परि जेल परे । उनी भारतीय जेलमा छदैँ सदरुल माथी विभिन्न आपत आइपरे ।
आजाद काष्ट उधोगका मालिक विसनपुराका मोहम्मद इजराइल भन्छन्,–हत्या हुनु चार महिना घरकै खाना खादाँ सदरुलले उल्टी भयो । लहानको अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरको नोवेल अस्पताल लगियो । त्यहँँको डाक्टरले ‘फुड प्वाइजिङग केस’ हो भने । बेहोस भएको भेन्टिलेटरमा राखेर उपचार गरिदैँ थियो । त्यसै वेला तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सदरुललाई हेर्न विराटनगर आए । त्यसै दिन राति काठमाडौँ लान खोजे, तर मौसम खराब हुनाले प्लेन आएन । भोलीपल्ट विहान नेपाली सेनाको हवाइजहाज मगाएर काठमाडौँ लगियो । सदरुललाई हेर्न तत्कालिन गृहमन्त्री विजयकुमार गच्छेदार, परराष्ट्र मन्त्री नरायणकाजी श्रेष्ठ र प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि आए । नर्भिकमा तीनदिन भेन्टिलेटरमा राखेर डा. रावल र जेपी जयसवालले उपचार गरेपछि उनी स्वस्थ भए ।
सप्तरीको अधिवक्ता अवधेशकुमार सिंहकी श्रीमति र सदरुललाई नर्भिकमा एउटै कोठामा राखिएको थियो । श्रीमतिको हेरचाह गर्न बसेको सिंहले जिल्लावासी भएकोले सदरुलसँग कुराकानी गरिहन्थे । अबधेश भन्छन्, —‘एकदिन म हुदाँ नै सदरुलको मोवाइलमा फोन आयो’ । उनी तनावमा थिए ,‘तुम क्या देखोगे, हम काट देगें तुमको, आयो एकवार देखे कौन क्या करता है ?’
अबधेशको अनुमानमा त्यो वेला सदरुललाई कतैवाट मार्ने धम्की आएको थियो । त्यसैले उनी म पनि कम छैन् भनेर धम्की दिनलाई तर्साइएका थिए । अबधेश सम्झन्छन, यहि फोन संवाद पछि सदरुल मानसिक रुपमा अस्वस्थ र चिन्तित हुन थाले ।’
कल्याणपुरका ३५ वर्षिय अयुफ राइन भन्छन्,—मारिनु भन्दा ६ महिनाअघि देखि नै सदरुलले ‘म मारिन्छु होला’ भनिरहेका थिए । उनी राजनीति गर्ने मान्छे । त्यसवेला नेपालमा मुसलमानहरुको लगातार हत्या भइरहेको थियो । केही अघि मात्र इस्लामिक संघ नेपालका केन्द्रिय सचिव फैजान अहमदलाई काठमाडौँ घण्टाघर नजिकैै दिउँसै मारिएका थिए ।
संविधानसभा विघटन अुनुभन्दा तीन महिनाअघि सदरुल मुस्लिम इत्तेहाद संघर्ष समितीको संयोजक बनेका थिए । यो संस्था मुसलमानको पहिचानको लागि संघर्षरत थियो । अयुफ राइन भन्छन्, ‘यो हत्या राजनीतिक पनि हुन सक्छ’

खोरमा श्रीमति र छोरी
बुबाको हत्यारालाई सघाएको आरोपमा रुवेदाले भनिन्—‘बाबा भनिने जमिरुलले मलाई ठग्यो । मैले त दिलै देखि प्रेम गरेकी थिएँ । पापाको हात्या भएको राति उसलाई मैले घरबाट लुकाएर खाना खुवाएकी थिएँ ।’ यसै गरि हत्यामा सहयोगी रहेको आरोपमा राजविराज जेलमा रहेकी हककी श्रीमति ५० वर्षिया नुरजहाँ भन्छिन्, ‘मलाई केही मालुम छैन ।’
तर नुरजहँँ खातुनको पक्षबाट मुद्दा हेरीरहेका अधिबक्ता नबिन सिह भन्छन्—‘प्रहरीले घटनाको कारण छोरीको प्रेमलाई मानेको छ । प्रेममा तत्काल आक्रोशमा घटना हुन सक्छ, तर योजनावद्ध ढंगले पटक–पटक धाएर मार्न खोजिदैन ।’
छोरा हेमायुको् जाहेरीमा पनि घटनाको दिन राति ९ः२० मा बुबा घरबाट पेट्रोलपम्पमा सुत्नका लागि गएको भन्ने उलेख्ख छ । तर हत्याको आरोप लागेको मानिसहरुको मोबाइलको कल डिटेल्स हेर्दा उनीहरुको लहानबाट ७ः१५ वजे नै हिडेका र ७ः३०  वजेतिर विसनपुरा चोकमा उनीहरुको मुभमेन्ट देखिन्छ । अधिकत्ता सिंह भन्छन् ‘घरका मानिसले भन्दा धेरै अघि देखि रेकी गर्न आउनेले नै पुरानो रिसइबीफेरेको देखिन्छ ।’

सदरुलको व्यवहार
सप्तरी, रायपुरका ७० वर्षीया ध्रुवलाल यादव सदरुललाई सानै देखि चिन्थे । उनका अनुसार, सदरु लडाकू स्वाभावका थिए । पन्चेतीमा कुटपिट गर्थे । उनको एक धुर जग्गा पनि थिएन । भगवानले उसलाई पैसा वर्साइ दियो । चुनावमा ५० लाख भन्दा बढि खर्च ग¥यो होला । एकाएक तेत्रो पैसा कहाँबाट आयो, कसैलाई थाहा छैन् । उसको अनुयायी कोही पनि थिएन तर पनि चुनाव जित्यो । सप्तरी जस्तो सचेत जिल्लामा पहिलो झमटमै स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जितेर आएपछि यिनको राजनीति र आर्थिक अधारबारे निकै चर्चा चलेको थियो । यसअघि मधेशको राजनीतिमा पनि उति परिचित थिएनन् । पैसाको बलमा चुनाव जितेको कुराचाँही ब्यापक चर्चामा थियो । संविधानसभामा पनि यिनले खासै भुमिका थिएन । त्यसैले भनिन्थ्यो सदरुल संविधानसभाको उपयोग गरिरहेको छन् । घटना हुनु भन्दा एक सता अघि नै आफ्नो हत्या हुने शंका लागेपछि सदरुलले मकालु सेक्यूरिटी इटहरीवाट दुईवटा सुरक्षा गार्ड मगाएका थिए । सेक्युरिटी एजेन्सीले घटनाको दिन साँझ पाँच वजे आएर सदरुललाई भेटे  । तर, सदरुलले उनीहरुलाई भोली देखि पेट्रोलपम्पमा बस्ने व्यवस्था मिलाउछु, आज इटाभट्टामा बस्नु भनेर उतै राखिदिए । सदरुलले सुरक्षाको प्रतिबन्ध गरिसकेको थाहा पाएपछि हात्याराहरुले त्यसै दिन आक्रमण गरे ।

प्रहरीको कमजोरी
हत्यामा संलग्न रउफ ज्यादैँ बलियो मानिस थियो । ऐनुल सेख चोरी डकैती गर्ने चतु र क्रुर मानिस थियो । ऐनुलले त जाली नोटको कारोवार र तस्करी ग¥थ्यो । जमिरुल नक्कली मौलबी हो, सशस्त्र समुहमा हिँडथ्यो । स्थानिय अयुफ राइन भन्छन्, हत्या हुनु भन्दा १०–१२ दिनअघि जमिरुलले विसनपुराका मानिसहरुसँग सम्पर्क बढाइरहेको थियो । ऐनुल र जमिरुल पक्राउ नपरेसम्म सदरुल हत्याकाण्डको रहस्य खुल्न सक्तैन । पहरीले चाहेमा उनीहरुलाई प्रक्राउ गर्न सक्छ ।’
(प्रस्तुतीः विजय मिश्र, नयाँ पत्रिकाबाट)

तपाईको प्रतिक्रिया