Khadya Bibhag

भारतको कारण आन्दोलन फिर्ता भएको हो त ?

काठमाडौ चैत १६ गते । जारी रहेको ३० दलीय गठबन्धनको आन्दोलनमा हेरफेर भएको छ । आन्दोलनका कार्यक्रममा हेरफेर हुँदा आज पनि मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आपत्ति जनाएका थिए ।
यी दुई नेताको कुरा सुन्दा आन्दोलनको कार्यक्रम परिमार्जनले खुशीले थिएनन् ।
बैठकमा सहभागि एक नेताका अनुसार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका कार्यक्रम किन फिर्ता, यदि भित्र भित्रै कुरा मिलिसकेको छ भने यहाँ भन्नुस् नभए आन्दोलन फिर्ताको कुनै औचित्य नरहेको कुरा राखेका थिए ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि वार्तामा जालझेल भइरहेको भन्दै शंका व्यक्त गरेका थिए । बैठकमा सहभागि एक नेताका अनुसार उपेन्द्र यादवले आफूले पहिला नै भनेका थिए कि वार्ताको जालझेलमा नलाग्नुस्, यसले आन्दोलनलाई कमजोर गर्छन् तर मानिएन पटक पटक वार्तामा गइयो र बेइज्जत भएर निस्कियो आखिर के भयो भन्दै यस प्रकारको आन्दोलन अगाडि बढ्दैन, जनतामा मनोबल बढ्नुको सट्टा मनोबल घट्छ भनि आफ्नो धारणा राखेका थिए ।
लोहा गरम (तातो) हुन्छ कि त्यसमा पानीमा राखि दिन्छन् र घाममा सुकाई दिन्छ । लोह गरम भएपछि त्यसमा हथौडा मार्नुको सट्टा पानीमा हाल्छन् भन्दै अध्यक्ष उपेन्द्र यादवले आन्दोलन गर्नुछ भने कंक्रिट ढंगबाट अगाडि बढौ नत्र यो ढुलमुल तरिकाबाट आन्दोलन अगाडि बढ्दैन, अध्यक्ष यादवले भनेका थिए । जनता आन्दोलनका लागि तयार भइसकेका छन् तर बीच बीचमा आन्दोलन कमजोर काम भइरहेका छन् उनलेका भनेका थिए ।
त्यसपछि अधयक्ष प्रचण्डले आन्दोलनको विकल्प छैन, सशक्त ढंगले आन्दोलन अगाडि बढ्छन् र यो अन्तिम आन्दोलन हुने आश्वासन दिँदै वार्ता र छलफल पनि आन्दोलनको एउटा मोर्चा हो र आन्दोलन सफल पार्नका लागि वार्ता र छलफल गर्नुपर्ने भएकाले कुनै प्रकारको शंका उपशंका नगर्न आग्रह गरेका थिए ।
एउटा पार्टीको अध्यक्षको साथै प्रतिपक्षि दलका नेता, ३० दलीय गठबन्धनको संयोजक, शान्ति प्रकृयाका हस्ताक्षरकर्ता, जनयुद्ध गरेर आएको यी सब कुराले गर्दा आफूलाई धेरै कुराको विचार गर्नुपर्ने भएकाले आफ्ना अप्ठ्यारा पनि बुझि दिन अध्यक्ष प्रचण्डले आग्रह गरेका थिए । आफू आन्दोलनबाट कुनै पनि हालतमा पछाडि नहट्ने भन्दै आन्दोलनलाई भावना भन्दा दिमागले सञ्चालन गर्न आग्रह गरेका थिए । उनले मधेशी मोर्चाका नेताहरुमा हुने घोचपेचलाई पनि समाप्त गर्न आग्रह गरेका थिए ।
बैठकमा उपेन्द्र यादव, राजेन्द्र महतो र विजयकुमार गच्छदारको बीचमा घोचपेच भइरहेका हुन्छन् । एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका हुन्छन् त्यस्तो नगर्न प्रचण्डले आग्रह गर्दै यस्तो गरेमा आन्दोनल कमजोर हुने बताएका थिए ।
भारत पनि कारण
१९ गतेदेखि २३ गतेसम्मका आन्दोलनका कार्यक्रम स्थगित गर्नुमा भारतको पनि हात रहेको विश्लेषण हुन थालेको छ । भारतीय विदेश मन्त्रालयका सचिव एस जय शंकरको नेपाल भ्रमण १९ गतेदेखि २१ गतेसम्म रहेकाले त्यस बीचको आन्दोलनका कार्यक्रम स्थगित गरिएको स्रोतले बताएको छ ।
आन्दोलन जारी रहेका भए विदेश सचिव नेपाल आउने थिएन, स्रोतले भने, भारतीय दूतावासका राजदूत रञ्जित रे ले एमाओवादीका अध्यक्ष प्रचण्डलाई भेटी भ्रमण अवधिसम्म आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेपछि आन्दोलन फिर्ता भएको बताइन्छ ।
विदेश सचिव शंकर नेपालमा रहेसम्म मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, शीर्ष दलका नेता, मधेशी मोर्चाका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ ।
आज सिहदरवारमा बसेको गठबन्धनको बैठकले चैत २३ गतेसम्मको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । चैत १७, १८ २० गतेदेखि २३ गतेसम्म सरकारी कर्यालय घेराउ तथा अन्य आन्दोलनका कार्यक्रम थियो । कार्यालय घेराउ तथा बन्द कार्यक्रममा परिमार्जन गरी २१ ग्ते प्रमुख शहरहरुमा अन्तरक्रिया कार्यक्रम गर्ने र २४, २५ र २६ गतेका आम हडतालका कार्यक्रम यथावत रहेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए ।

तपाईको प्रतिक्रिया