Khadya Bibhag

अनिल झाको विज्ञप्तिमा राजेन्द्र महतोको चर्चा

नेपाल सद्भावना पार्टी
केन्द्रिय कार्यालय
काठमाण्डौ
                               
                                                   मिति ः २०७१ । १२ । १५
प्रेश विज्ञप्ती

आज मिति २०७१ चैत्र १५ गते का दिन नेपाल सद्भावना पार्टी मोरंग जिला कार्यसमिति द्धारा  बिराटनगरमा आयोजित कार्यक्रममा सद्भावना पार्टी (राजेन्द्र महतो को नेतृत्वमा रहेको ) का पूर्व केन्द्रिय उपाध्यक्ष श्री यदुवंश साह को नेतृत्वमा सैकडो नेता तथा कार्यकर्ताहरुले सद्भावना पार्टी परित्याग गरि नेपाल सद्भावना पार्टीमा प्रवेश गर्नु भएको छ । कार्यक्रममा नेपाल सद्भावना पार्टी का केन्द्रीय अध्यक्ष श्री अनिल कुमार झा ज्युले श्री यदुबंश साह सहितका नेता हरु लाई स्वागत गर्दै मधेशको सब भन्दा पुरानो पार्टी नेपाल सदभावना पार्टी रहेको र बिगतमा यस पार्टीमा आबद्ध भई काम गरि सकेका सबै नेता तथा कार्यकर्ताहरुलाई आफनो पुरानो घरमा नै फर्किन आग्रह गर्नु भयो । कार्यक्रममा मुख्य अतिथिको आशनबाट बोल्दै श्री झाले मधेश तथा मधेशी जनताको हक हितको लागि सदैव अग्रणी भुमिका निर्वाह गर्दै आएको ने.स.पा.को झण्डा मुनि एकताबद्ध हुन सम्पुर्ण सद्भावना प्रेमी नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

यसै गरि सुनसरीको इनरुवा तथा मोरंगको बिराटनगरमा नेपाल सद्भावना पार्टी जिला कार्यसमितिको आयोजनमा नेपाल सद्भावना पार्टीको २५ वर्ष र मधेशवादी राजनीति विषयक बिचार गोष्ठि कार्यक्रमको आयोजन सम्बन्धित जिला का ने.स.पा.का जिला अध्यक्षहरुको अध्यक्षतामा सम्पन्न गरियो । दुबै कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष श्री अनिल कुमार झा सहित अन्य केन्द्रिय तथा जिला स्तरिय नेता तथा कार्यकर्ताहरुको समुपस्थिती रहयो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै श्री झाले मधेश र मधेशी जनताको अधिकार बिनाको ल्याइने संबिधानको कुनै अर्थ न हुने र मधेशी जनताले त्यसलाई स्विकार समेत नगर्ने कुरा बताउनु भयो । मधेशमा मधेशी जनताको चाहना अनुसारको संघीय संरचना निर्माण गरिनु पर्ने र यसको लागि आफुहरु क्रियाशिल रहेको कुरा बताउनु भयो । स्व.गजेन्द्र बाबुले देखाउनु भएको बाटो आजको राजनीतिक निकाशको एकमात्र बाटो हुन सक्ने र यसको शफलताको लागि एकाकार हुन बिभिन्न नाममा रहेका सद्भावना का सबै अनुयायी हरुलाई एकजुट भई अगाडी बढन समेत आग्रह गर्नु भयो । कार्यक्रममा पार्टी का केन्द्रिय सदस्यहरु श्री सुनिल रोहित, शिव प्रसाद पटेल, श्रीमन नारायण मिश्र, राजिव झा, सुरेश सिंह, हेमशंकर सिंह,सहित जिला स्तरिय नेताहरु यदुबंश साह, श्री मिना मराण्डी, सुरेश मण्डल, सुशिला राजबंशी, जगन्नाथ राजबंशी,नारायण राजबंशी इत्यादिले संघीय सद्भावना पार्टी तथा नेपाल सद्भावना पार्टी बिच भएको एकिकरणले देश तथा मधेशको राजनीतिलाई एउटा नयाँ सन्देश दिएको र भावी दिनमा यसको सकारात्मक परिणाम देखिने कुरा समेत बताउनु भयो ।

कार्यालय सचिव
                               संघीय कार्यालय, शान्तिनगर, काठमाण्डौ
                                   नेपाल सद्भावना पार्टी

तपाईको प्रतिक्रिया