Khadya Bibhag

साहित्यकार पाठक अस्पताल भर्ना

अवधि भाषाका साहित्यकार एवं पत्रकार तथा प्रध्यापक विश्वनाथ पाठक मुटुको समस्यालाई लिएर विगत पाँच दिनदेखि गंगालाल अस्पतालमा भर्ना भएको छ । उनको मुटु र पिसाबमा समस्या देखेपछि अस्पतालमा भर्ना गरिएको र हाल उनको अवस्था सन्तोषजनक रहेको परिवारजनले जनाएको छ । ७६ वर्षीया पाठक गोरखापत्रको नयाँ नेपाल पृष्ठ अन्तरर्गतको अवधि भाषाको संयोजक पनि हुन् ।

तपाईको प्रतिक्रिया