–रामनरेश राय यादव
वरिष्ठ नेता, तराई मधेश सद्भावना पार्टी
आन्दोलनको कस्तो तयारी भईरहेको छ ?
–आन्दोलनको लागि ३० दलीय गठबन्धनले व्यापक तयारी गरिरहेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम काठमाडौको खुल्लामञ्चमा हुन लागेका छन् । त्यो शक्ति प्रदर्शन हो । शक्ति प्रदर्शनको रुपमा हाम्रो ३० दल व्यापक तयारीमा लागेका छन् । यो शक्ति प्रदर्शनको उदेश्य नै निर्णायक आन्दोलनको तयारी हो । राजधानीमा भएको शक्ति प्रदर्शनले सबैका मापन हुन्छ । सत्ताधारी दलले पनि आफ्नो तागत अजमाउन पाउँछ भने विपक्षि दलले पनि शक्ति थाह पाउन सक्छ । यदि फागुन १६ गते हामी फेल भयौ भने सत्ताधारी दल पेलेर जान्छ । यदि हामी जितियौ भने अधिकार प्राप्ती हुन्छ
यो आन्दोलनलाई ३० दलीय गठबन्धनले एउटा प्रतिष्ठाको विषय बनाएको छ, किन ?
–हैन, यो प्रतिष्ठाको विषय होइन । हामी पहिलो चरणको आन्दोलनका कार्यक्रम सम्पन्न गरेका छौ । त्यसको अन्तिम कार्यक्रम हो र त्यसलाई भव्य बनाउने आफ्नो शक्ति देखाउने अवसर पनि हो । यसलाई हामीले प्रतिष्ठाको विषय बनाएको छैन । यो शक्ति प्रर्दशनले वा हाम्रो पहिलो चरणको आन्दोलनले पनि सरकार अर्थात सत्ताधारी दल सहमतिमा आउन चाहेन भने हामी अर्को चरणको आन्दोलनको तयारीका रुपमा पनि फागुन १६ गतेको आन्दोलनलाई लिएका छौ । । आन्दोलनलाई उत्कर्षमा पुर्याउनको लागि, आन्दोलनको आँधीवेहरी सृजनाको लागि तयारीको यो सभा हो, यो देश दुनियाँलाई संदेश दिनको लागि यो आन्दोलनलाई निर्णायक बनाउन हामीले चाहेका छौ ।
यतिको तयारी गरिराख्नु भएको छ, यदि यो आन्दोलन सफल हुनसकेन् भने, तपाईहरुको अवस्था के हुन्छ , त्यसपछिको रणनीति के हुन्छ ?
–यो आन्दोलन असफल हुने कुरै हुँदैन पूर्णरुपले सफल हुन्छ तपाई हेर्नु होला । यो किन सफल हुन्छ भन्नु हुन्छ भने यो कुनै व्यक्तिलाई मन्त्री वा प्रधानमन्त्री वा राष्ट्रपति बनाउनका लागि त भइरहेको छैनन् । यो अधिकार लागि आन्दोलन हो । विगतमा भएको जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदीवासी जनजाती आन्दोलन, दलित, मुस्लिम तथा महिलाहरुको आन्दोलन भएको थियो ती सबैको आन्दोलनको उपलब्धि गुम्ने अवस्था सृजना भएको छ । किनभने काँ्रेगेस र एमालेले ती उपलब्धीहरुलाई कार्यान्वयन गर्ने पक्षमा देखिएको छैन । भएका सम्झौताहरु लागु गर्ने पक्षमा देखिदैन । संसारमा जहाँ पनि अधिकारका लागि भएको आन्दोलन सफल भएको छ । र, हामीले गर्न लागेको अधिकारको आन्दोलन पनि अवश्य सफल हुन्छ हेर्दै जानु होला । यो आन्दोलनमा कुनै दलको कुनै व्यक्तिको आफ्नो स्वार्थ छैन । एउटा कुरा निश्चित छ कि हाम्रो आन्दोलन कुनै पनि हालतमा सफल हुन्छ । जुन उद्देश्यको हामी आन्दोलन गरि राखेका छौ त्यसमा त हामी विश्वस्तै रहेका छौँ ।
तपाईहरु जसरी आन्दोलनको तयारीमा हुनुहुन्छ त्यसरी नै त्यसलाई असफल पार्नका लागि सत्ताधारी दल लागेका छन् त्यसलाई काउण्टर कस्तो तयारी ?
–हामी विपक्षिहरु आन्दोलनमा छौ त्यसलाई असफल पार्ने काम सत्ताधारी दलको हो । उहाँहरु आफ्नो धर्म पालन गर्नुहुन्छ हामी आफ्नो धर्म पालन गर्छौ । हामीहरु आफ्नो लागि आन्दालन गरेको होइन जनताका लागि आन्दोलन गरेका हौं । यो सत्ताको लडाई होइन अधिकारको लडाई हो । अखिरमा हाम्रै जित हुन्छ ।
सत्ताधारी दलहरुले फागुन १६ अघि सहमतिमा आउन सकेन भने तीन महिनाभित्र प्रकृयामा सधिावन निर्माण हुन्छ, त्यस्तो गर्न सक्ला र उहाँहरु ?
–अब के प्रकृया शुरु गर्ला र । उहाँहरु त माघ ११ गतेदेखि नै प्रकृयामा गइसक्नु भएका छ । प्रकृयामा सविधान निर्माण गर्ने भनि त्यत्रो मार्सल लगाएर अगाडि बढ्नु भयो हेर्नु भएन ? त्यही प्रकृयामा गएको कारणले त हामी आन्दोलन गरिरहेका छौ । प्रधानमन्त्री दुई दुई चोटी विज्ञप्ति निकाल्नु भएको छ । त्यो विज्ञप्ति सकारात्मक हो तर जुन किसिमको वतावरण हुनुपर्ने, जुन किसिमको सहमतिको सुनिश्चता हुनु पर्ने त्यो आएको छैन । त्यो नआएसम्म हामीहरु आन्दोलन रोक्दैनौ । अब उहाँहरु १७ गतेबाट प्रक्रियामा लग्नु हुन्छ कि २५ गतेबाट लग्नुहुन्छ त्यो उहाँहरुको कुरा हो । तर, हामीहरु आन्दोलनमा छौ । प्रकृया फिर्ता लिएर सहमतिमा सविधान बन्छ भनि कुरा आएन भने हामी आन्दोलन रोक्दैनौ । देशमा २०४७ सालमा पनि संविधान थियो तर त्यो संविधानलाई जनताले मानेनन् । यदि उहाँहरु प्रक्रियामा गएर संविधान बनाउँछन् भने त्यो संविधान कसले मान्छन् ?
यदि १७ गतेवाट प्रक्रियामा गएर उनिहरु जेठ १५गतेसम्म हामीहरु नयाँ संविधान ल्याउँछ भने भनेका छ, सडकमा हुँदाहुदैँ त्यो संविधान आयो भने स्थिती के हुन्छ ?
–स्थिती त प्रष्टै छ नि । यदि उहाँहरुले जर्वजस्ती सविधान निर्माण गर्यो भने त्यो जनताको सविधान हुने छैन । जनताले जुनसुकै बेला पनि त्यसलाई च्यात्नसक्छ । त्यो सविधान काँग्रेस र एमालेको मात्रै हुन्छ । त्यो संविधानलाई जनताले मान्दैनन् किनभने दुनियाँको शक्तिहरुले भनिरहेका छन् कि सहमतिमा संविधान बनाउनुस् । यो देशको एमाओवादी, मधेशवादी, आदीवासी, जनजाती, दलित सबै वर्गले सहमतिमा संविधान बनाउनुस् भनेर भनिराख्या छ, अनि उहाँहरुले सबैको भावनाको विपरीत संविधान दिन सक्दैनन । यदि यी सबै आन्दोलनलाई लत्याएर काँग्रेँस एमालेले संविधान दिन पनि खोजियो भने, त्यो संविधान लागु हुँदैँन यो देशमा संविधान घोषणा गर्यो भने त्यही दिन देखि आगो बल्न थाल्छन् ।
फागुन १६ गते तपाईहरुको आन्दोलनको जनप्रर्दशन हो भने, त्यस पछिको आन्दोलन कस्तो हुन्छ ?
–त्यस पछिको आन्दोलन एउटा मोमेन्टको आन्दोलन हुन्छ । व्यापक मोमेन्ट सिर्जना गरेर सरकारलाई असहयोग गर्ने हो । र त्यो निर्णायक आन्दोलन हुनेछ ।
कस्तो खालको निर्णायक आन्दोलन हुन्छ ?
–सरकारलाई असहयोग गर्ने, सरकारलाई कर उठाउन नदिने, पूर्णरुपले यो देशलाई ठप्प गरिदिने खालको आन्दोलन हुन्छ । असहयोग र अवज्ञा जस्तो आन्दोलनमा हामी जान्छौँ । र यसमा हाम्रो पार्टी मात्रै होईन । यसमा ३० दल छन् । सबैको सहमतिले हुने हो । हामी सबै दलको मानसिकता यहि बनिरहेको छ ।
प्रचण्डले त हामी आफै संविधान र समानान्तर सरकार बनाउँछौ भनिरहनु भएको छ नि के हो साँच्चै बनाउनु हुन्छ त ?
–सबै थोक हुन्छ । जनताले जे जे माग्छ सबै हुन्छ । जनताले छुट्टै सरकार बनाउने चाहना राख्यो भने त्यो पनि हुन्छ । छुट्टै सविधानसभा चलाउने खोज्यो भने त्यो पनि हुन्छ । आन्दोलनको क्रममा यही हुन्छ भनि भन्न सकिदैन । मूभमेन्टले स्थिति कता लान्छ त्यो त्यो बेलाको कुरा हो । तर जे जे हुन्छ सबै शान्तिपूर्ण आन्दोलन हुन्छ । र मैले अघि भने नि कि तेस्रो चरणको आन्दोलनमा वारपारको आन्दोलन हुन्छ । र सबै छिनोफानो त्यही लडाँईबाट हुन्छ ।
सत्ताधारी दलहरुले के भनिराखेको छ भने शुरुमा राणालाई ढालेर पञ्चायतको लागि हो, पञ्चायतलाई ढाली प्रजातन्त्र ल्यायौँ, पञ्चायतलाई ढाली गणतन्त्र ल्यायाँै अब उनीहरुले केका लागि आन्दोलन गरिराखेको छ, गणतन्त्र हटाउनको लागि हो कि के को लागि ?
–यो देशमा गणतन्त्र आयो जो काग्रेँस र एमाले चाहेका थिएन । उहाँहरु अहिले पनि भन्नुहुन्छ कि गणतन्त्रका लागि हामीले बाध्यताबस सहमति गरेका थियौ । यो गणतन्त्र मधेशी, आदिवासी जनजातिका कारण आएका हुन् । २०४७ सालको संविधान हटाउनको लागि जनताले जुन सहादत दिए । त्यसबाट जे उपलब्धि भयो सहमति भयो त्यसलाई संस्थागत गर्नका लागि यो आन्दोलन भइरहेको छ ।
जुनसुकै एउटा जनसहभागिता आन्दोलनले सिस्टमलाई परिवर्तन गरेको छ । २००७ साल देखि त्यही हुँदै आएको छ अबको आन्दोलनले काँग्रेस र एमालेलाई लखेट्ने हो कि ?
—काग्रेँस एमालेको नियत यदि ठिक छैन भने त्यो अवस्था पनि आउन सक्छ । जनता विरोधी भएपछि जनताले अवश्यै लखेटेर पठाउँने छ । उहाँहरु परिवर्तनलाई स्वीकार्ने पक्षमा हुनुहुन्न । लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र उहाँहरुको गालाको पासो भएको छ ।
अहिलेको जुन समस्या छ, त्यो वार्ता र छलफलबाट समाधान हुने हो र सत्ताधारी दलहरुले पटक पटक तपाईहरुलाई बोलाईराखेको छ, किन ?
–धेरै चोटी हामी वार्तामा बसेको छौँ तर वार्तामा बस्दाखेरी हामीहरुलाई ओली कस्तो व्यवहार गर्यो त्यो सबैलाई थाह भएकै कुरा हो । अब वार्ताको कुनै औचित्य छैन । अब प्रक्रियामा गइसक्यौँ त्यो पनि काँग्रेँस एमालेले नै भन्यो । हामीहरु अहिले पनि वार्तामा बस्नका लागि तयार छौँ । तर यो आन्दोलन तुहाउनका लागि वार्ता किन गर्ने, वार्ता तसकारात्मक हुनुपर्छ । दुइटै पार्टीले वचन बाधता त गरोस् कि हामीहरु सहमतिमा संविधान जारी गर्छौँ । त्यस्तो कुरा त राजनीतिक दल वा सरकारबाट त आउनु पर्यो तर खोइ आएको । फेरी प्रधानमन्त्रीको वकतव्य आएको छ तर त्यो धुमाउरो पाराले आएको छ ।
प्रधानमन्त्रीले के लेखेर दिनु पर्छ ?
–हामीले पटक पटक विज्ञप्ति निकालेको छाँै ३० दलवाट तर्फबाट कि सहमतिय संविधान निर्माणको सुनिश्चता हुनु पर्छ । प्रधानमन्त्रीले देश जनतालाई यो लेखेर दिनुपर्छ कि यो ३० दलले सहमतिमा आओस्, वार्तामा आओस् र हामीहरु गणीतीय प्रक्रियामा संविधान जारी गर्दैनौँ र आइन्दा हामी प्रक्रियाको कुरा गर्दैनौँ । यो कुरा जुन दिन गरिनु हुन्छ त्यही दिन हामी वार्तामा बस्छौँ ।
जे जस्तो सहमति र प्रक्रियाको कुरा गरेपनि चाहेँ जतिको कुरामा सहमति हुदैन ? कुनै न कुनै विषयमा प्रक्रियामा जानै पर्छ अनि किन सहमति सहमति मात्रै गरिनु हुन्छ ?
–वार्ता हुदाँखेरी न तलमाथी हुने हो । वार्ता नै भएको छैन भने के सहमति के असहमति । हामीले आफ्नो गोरुको बाह्रै टाका भनेका छैनौ । यदि प्रकृयामा नै जानु पर्यो भने सबैको सहमतिमा जाने हो ।
तपाईहरुको ३० दलीय मोर्चाका विजयकुमार गच्छदार, नारायणकाजी श्रेष्ठलगायत केही नेताहरु फरक धारले
आन्दोलनको बारेमा कुरा गरि रहनु भएको छ के भन्नुहुन्छ यसमा ?
–विजय गच्चेदार पार्टीको अध्यक्ष हुनुहुन्छ, नारायणकाजी पनि उपाध्यक्ष हुनु हुन्छ । उहाँहरु कुनै नेतासँग कुरा गर्नु अपराध होइन । सहमतिका लागि कुरा भइरहेको छ भने त्यसलाई अन्यथा लिनु हुदैँन । उहाँहरु बैठकमा हुँदाखरी कहिले पनि आन्दोलन गर्नु हुँदैन, आन्दोलनमा जानु हुँदैन भनि कुरा गर्नु हुन्न । कुनै नेतासँग कुरा गर्दैमा मोर्चासँग सहमति वा असहमति हुनसक्दैन ।
अब अन्त्यमा, मुख्य कुरा संघियतामा मिलीरहेको छैन, तपाईको विचारमा संघियताको खाका कस्तो हुनु पर्छ ?
–३० दलले संयुक्त रुपमा जुन अवधारणा ल्याएका छन् । त्यही नै हाम्रो बटमलाइन हो । त्यसै अनुसार संधियाता हुनुपर्छ भने हाम्रो मान्यता हो । र मधेश सवालमा जुन दुईटा प्रदेशको कुरा आएको छन् त्यो हाम्रो पार्टीको पनि बटमलाईन हो । एक मधेश एक प्रदेशको जुन नारा छ, त्यो हामीले पनि भनेका थियौ । तर देशलाई निकास दिनका लागि हामी पनि दुई प्रदेशमा सहमत छौँ । झापादेखि नारायणीसम्म र नरायणीदेखि कञ्चनपुरसम्म । चुरेदेखि भारतको वोडरसम्म मधेशको जुन चार किला छन् । त्यसलाई आधार मानेर संघीय प्रदेश बनाउनु पर्छ ।
मधेश आन्लोलनको पहिलो एजेण्डा एक मधेश एक स्वायत्त प्रदेश र आत्म निर्णयको अधिकार थियो, एक मधेश एक प्रदेश र आत्म निर्णयको अधिकार पनि छोड्नु भयो भने अब बाँकी के छ ?
–एउटा कुरा आत्मनिर्णयको अधिकार भनेको के ? आत्मनिर्णयको अधिकार भनेको अधिकार सम्पन्न हामीहरुको मधेश प्रदेश हुन्छ भने त्यसमा हामी अडिग हौँ, भने यसमा आत्मनिर्णयको अधिकार आएन । हाम्रो बुझाइमा आत्म निर्णयको अधिकार भनेको अधिकार सम्पन्न मधेश स्वायत प्रदेश हुनुपर्छ । र यस लाइनमा हामी हरु जहिले पनि हुन्छौँ । अर्को कुरा एक मधेश एक प्रदेशको जुन छ, त्यो हाम्रो पार्टीको घोषणपत्रमा अहिले पनि समग्र मधेश एक प्रदेशको अवधारणा छ, । अव वार्ता गर्दा खेरी आफ्नो गोरुको वाह्रै टाका भनेर त हुदैँन ।



तपाईको प्रतिक्रिया