Khadya Bibhag

मोदीको नजर पत्रकारीता युनिभर्सिटीतर्फ

पत्रकारितासँग आवद्ध विद्याथीका लागि खुशीको खबर । पत्रकारिताका विद्यार्थीलाई राम्रो शिक्षा दिन दक्ष पत्रकार बनाउनका लागि भारत सरकारले चासो लिएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले स्पेशल कम्युनिकेशन युनिभर्सिटी बनाउने तयारी गरिरहेका छन् ।
सूचना तथा प्रसारण मन्त्रालयको अधिकारीहरुका अनुसार प्रधानमन्त्री मोदीले चीनबाट प्रेरित भएर भारतमा युनिभर्सिटी खोल्न लागेका हुन् । यसले गर्दा विद्यार्थीहरुलाई विश्वस्तरीय पत्रकार र मीडिया प्रोफेशनल बनाउन सकिन्छ । चीनमा कम्युनिकेशन यूनिवर्सिटी ऑफ चाइनाको अधिकाँश विद्यार्थीहरु चाइना सेंट्रल टेलिभिजनमा काम गरिरहेका छन् । जसलाई त्यो मुलुकको अहम एकाई रुममा मान्ने गरेको छ । भारतको बिजनेस अखवार आँफ इकनॉमिक टाइम्सको अनुसार, वित्त मन्त्रालयको साथमा सूचना एवं प्रसारण मंत्रालयको जिम्मेदारी निभाईरहेका अरुण जेटलीले यो प्रोजेक्टमाथी आफै काम गरिरहेका छन् । अखबारको अनुसार, एक सीनियर सरकारी अधिकारी यो प्रोजेक्टकोे भिजनको बारेमा भने, भारतमा पत्रकारिता र मीडिया कोर्स ऑफर गर्ने धेरै संस्थाहरु छन् । तर त्यसमा स्पष्टता, गहराई र भिजनको अभाव छ । प्रधानमन्त्रीजीले एउटा यस्तोे यूनिवर्सिटी खोल्न चाहन्छन् जुन युनिवर्सिटीले धेरै राम्रो क्वॉलिटी भएको पत्रकार र मीडिया प्रोफेशनल तयार गर्न सक्षम होस् । आईबी मिनिस्टर अरुण जेटलीले आफै यो प्रॉजेक्टमा काम गरिरहेका छन् ।’

तपाईको प्रतिक्रिया