Khadya Bibhag

वीरगञ्जमा मनाए लोहियाको जन्म जयन्ति

वीरगंज ९ गते चैत्र । नेपाल समाजवादी पार्टी (लोहियावादी) को केन्द्रिय कार्यालय वीरगंजले मदर ल्याण्ड माध्यमिक बिधालयको प्राङ्गनमा आज डा. राम मनोहर लोहियाको १०५ औं जन्म जयन्ति कार्यक्रमको आयोजना ग¥यो ।
सो जन्म जयन्ति कार्यक्रमका प्रमुख अतिथी नेपाल समाजवादी पार्टी (लोहियावादी) का राष्ट्रिय अध्यक्ष नन्दन यादवले पानसमा दिप प्रज्जवलित गरी डा. लोहियाको १०५ औं जन्म जयन्ति कार्यक्रमको समुदघाटन गर्नु भएको थियो ।
 भने उक्त जन्म जयन्ति कार्यक्रमका प्रमुख अतिथी पार्टीका राष्ट्रिय अध्यक्ष यादवले नेपाली जनताको जनमत हासिल गरी संबिधान सभामा संबिधान निर्माण गर्न पुगेका राजनितिक दलका सभासद एवं नेताहरुले डा. लाहियाको बिचारलाई मनन गरी अगाडी नबढेकै कारणले अहिले सम्म नेपाली जनताहरुले संबिधान पाउन नसकेको कुरा कार्यक्रममा भन्नु भयो ।
साथै राजनितिक दलले कागजी समाजवादलाई त्यागेर ब्यवहारीक समाजवादको बाटोमा हिडे मात्र मुलुकको चौतर्फी बिकास हुने समेतको कुरा कार्यक्रममा प्रमुख अतिथी पार्टीका राष्ट्रिय अध्यक्ष यादवले बताउनु भएको थियो ।
कार्यक्रमको बिशेष अतिथी रिपोर्टस क्लब नेपाल मत्रेश क्षेत्रिय संयोजक कन्हैया गुप्ता, पार्टीका महासचिव प्रमोद कुमार, महिला सभाका केन्द्रिय संयोजक श्रीमति सवनम बानो, केन्द्रिय सदस्य संजय उपाध्याय, सुष्मा पटेल, नन्दु यादव, सुनिल गुप्ता, मन्जुरुल हक सिद्धिकी, आनन्द गुप्ता, राज कुमार साह र नेपाल टेलिभिजन पर्साका प्रतिनिधि नेहाल खान लगायतका महानुभावहरुले डा. राम मनोहर लोहियाको लोहियावादी विचार बारे चर्चा कार्यक्रममा गर्नुको साथै आ आफनो शुभकामना मन्तब्य समेत कार्यक्रममा ब्यक्त गर्नु भयो ।
सो कार्यक्रमको सभापति पार्टीका केन्द्रिय सचिव बिजय प्रजापतिको सभापतित्वमा डा. राम मनोहर लोहियाको १०५ औं जन्म जयन्ति कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया