Khadya Bibhag

१९८ जना परीक्षार्थीको परीक्षा रद्द

FILE PHOTO

सप्तरी, ९ चैत । यस वर्षको एसएलसी परीक्षाको चोथौ दिन आज अनिवार्य विज्ञान विषयको परीक्षामा सप्तरीको विभिन्न परीक्षा केन्द्रबाट अमर्यादित कार्य गरी चिट चोरी गरेको भन्दै आठ निरीक्षकसहित १९८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई नेतृत्वको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट १९८ जना परीक्षार्थी, आठजना निरीक्षकलाई आज निष्कासन गरेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।

आज चौथो दिनको अनिवार्य विज्ञान विषयको परीक्षामा ३४४ जना विद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भटराईले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालयका अनुसार यसअघि पहिलो दिनको अङ्ग्रेजी विषयमा अनियमितता गरेको भन्दै चार निरीक्षक र ९० जना परीक्षार्थी तथा दोस्रो दिन नेपाली विषयमा २२३ परीक्षार्थी र हिजो अनिवार्य गणित विषयमा दुईजना नक्कली विद्यार्थी र तीनजना निरीक्षकसहित १९४ जना परीक्षार्थीलाई निष्कासन गरी परीक्षा रद्द गरेका छन् ।

यस वर्षको एसएलसी परीक्षामा सप्तरीबाट १४ हजार २६१ जना परीक्षार्थी सहभागी भएका छन् । 

तपाईको प्रतिक्रिया