![]() |
| File photo |
रङ्गेली, ९ चैत । मोरङको कदमाह गाविस–७ स्थित राजाधनपाल गढीबाट प्राचीन विष्णुको मूर्ति फेला परेको छ ।
महाभारतकालीन समयका राजाधनपालको दरबार रहेको सो स्थानमा स्थानीय रघुसिंह नुनियाले आइबार दिउँसो आफ्नो खेत जोत्ने क्रममा प्राचीन विष्णु देवताको मूर्ति फेला परेका हुन् ।
खेत जोत्ने क्रममा फालीमा मूर्र्ति ठोक्किएपछि नुनियाले मूर्ति घरमा ल्याई पूजा गर्न थालेपछि गाउँमा मूर्ति फेला परेको हल्ला भएपछि राजाधनपाल गढी संरक्षरण विकास समितिको सहयोगमा इलाका प्रहरी कार्यालय रङ्गेलीले मूर्ति संरक्षणका लागि राखेको छ ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नरेन्द्र कुँवरका अनुसार मूर्ति पुरातत्व विभागसँग समन्वय गरी जिम्मा लगाउने बताउनुभयो ।
फेला परेको मूर्ति दुई फिट अग्लो र एक फिट चौडाइ तथा करिब २० केजी तौल रहेको राजाधनपाल गढी संरक्षण विकास समितिका अध्यक्ष सञ्जय सिंहले बताउनुभयो ।
उहाँले फेला परेको मूर्ति महाभारतकालीन समयको हुुुनसक्ने बताउँदै राजाधनपाल गढी क्षेत्रमा यसअघि पनि २०१८ सालमा पोखरी खन्ने क्रममा राजाधनपालले प्रयोग गर्ने प्राचीन भाँडाकँुडा फेला परेको उल्लेख गर्नुुभयो ।



तपाईको प्रतिक्रिया