Khadya Bibhag

गौरबाट सरकारी कार्यालय सार्ने निर्णय सरकारले लिए फिर्ता

काठमाडौँ, चैत ८ गते । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले रौतहटको चन्द्रनिगाहापुर मालपोत र नापी कार्यांलयलाई सेवा केन्द्रको नाममा गौरबाट चन्द्रनिगाहपुर स्थापना गर्ने गरिएको निर्णय तत्कालका लागि स्थगित गरेको छ ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै रौतहट जिल्लाका सबै जनतालाई पायक पर्नेगरी मालपोत र नापीसम्बन्धी सेवा दिनका लागि चन्द्रनिगाहापुरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने विषयलाई लिएर सो जिल्लाको सदरमुकाम गौरमा विवाद उत्पन्न भएकाले उक्त निर्णय स्थगित गरिएको हो ।

गौरबाट सरकारी कार्यालयहरु सार्ने निर्णय गरेपछि गौरका स्थानीय जनताहरु विगत केही दिनदेखि आन्दोलन गर्दै आएका थिए ।

 अनसनदेखि लिएर नारा जुलुका पनि कार्यक्रमहरु भएका थिए । आजै त्यहाँ स्थानीय नेता तथा बुद्धिजिविहरुले स्थानीय प्रशासन प्रमुखका लागि ज्ञापनपत्र बुझाएका थिए ।

यसरी कलैयाबाट सरकारी कार्यालयहरु सिमरा सार्ने सरकारी निर्णय विरुद्ध आन्दोलन भएपछि सरकारले निर्णय फिर्ता लिएका थिए । र आज गौरको बारेमा गरेको निर्णय पनि फिर्ता लिएका छन् ।

तपाईको प्रतिक्रिया