Khadya Bibhag

मोर्चाकै जानकारीबिना लाजिम्पाटमा खासखुस

काठमाडौ चैत ८ गते । आज दिउँसो राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । तर, त्यसअघि नै मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार एमाओवादीका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।
विहान उनको निवास लाजिम्पाट पुगेका अध्यक्ष गच्छदारले प्रचण्डसँग छलफल गरेका छन् जुन कुराको जानकारी न ३० दलीय गठबन्धनलाई छ न ८ दलीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छ ।

 गठबन्धनका अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको गतिविधिलाई शंकास्पद ढंगबाट हेरिरहेको अवस्थामा कसैलाई जानकारी नदिइकन एक्ला एक्लै छलफल गर्नु शंकास्पद रहेको मोर्चाका एक नेताले सहारा टाइम्सलाई बताए ।

अध्यक्ष गच्छदार आन्दोलनलाई लम्बाउने पक्षमा देखिएको छैन । अलिकति लेनदेन गरेर भएपनि मिलाउने पक्षमा उनी देखिएका छन् तर मोर्चामा रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता लेनदेन होइन, सहमति भइसकेका कुरालाई कार्यान्वयन गर्नेमा देखिन्छ नभए आन्दोलनबाट नै सबै कुरामा टुगोंमा पुर्याउने पक्षमा देखिन्छ ।

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भेट्नु कुनै गलत कुरा होइन, भेटपछि आउने प्रतिकृया ठूलो कुरा हो भन्दै भेटघाटलाई अन्यथा नलिएको बताए । मोर्चाको बैठक नै बसिरहेका छैन भने कसलाई जानकारी गराएर को कहाँ जान्छन् ? प्रश्न गर्दै अध्यक्ष यादवले भने मोर्चाको बैठक बस्नुपर्ने हो तर बसेका छैन ।’

सहमतिको प्रयासका लागि राष्ट्रपति यादवले दलका नेताहरुलाई बोलाएको हुनुपर्छ भन्दै उनले चैत १२ गते राष्ट्रपति यादव चीन भ्रमणमा गइरहेको बारेमा पनि दलका नेताहरुलार्इृ जानकारी गराउने बताए ।

तपाईको प्रतिक्रिया