काठमाडौ चैत ७ गते । ३० दलीय गठबन्धन आन्दोलनको तयारी गरिरहेको बेला मधेशी जनअधिकार फोरम नेपाल छुट्टै पनि आन्दोलनको तयारीमा जुटेका छन् ।
३० दलीय गठबन्धनसँग आन्दोलन गर्ने नै तर कुनै कारणबस ब्याक भयो भने फोरम नेपाल आन्दोलनमा जाने बताउँदै पार्टीका केन्द्रीय सदस्य जयराम यादवले भने, फोरम नेपालले आफ्नै ढंगबाट जिल्ला जिल्लामा आन्दोलनको तयारीमा जुटेका छन् ।’
३० दलीय गठबन्धन अहिले आन्दोलनमा छन् त्यसैमा सहभागि भएर आन्दोलन गर्ने त्यसै अनुसारको तयारी पनि भइरहेका छन् । नेता यादवले गठबन्धनमा ३० वटा दल छन्, त्यसै दलका आआफ्ना विचार र सिद्धान्त छन् भोली केही कुरामा कसैको सहमति भयो वा कसैको विमति भयो भने आन्दोलन स्थगित हुन पनि सक्छ त्यसैले त्यसको ‘ब्याकप’ का लागि फोरम नेपाल आफ्नै ढंगको आन्दोलनको तयारी गरिरहेका छन् ।
यो सत्ता समिकरणले मधेशी, आदीवासी जनजाति, दलितको अधिकार प्राप्त नहुने देखिएकाले आन्दोलनको विकल्प छैन, यो राज्यसँग अब अन्तिम लडाई लड्नुपर्छ र त्यसैको तयारीमा फोरम नेपाल लागेको नेता यादवले सहारा टाइम्सलाई बताए ।



तपाईको प्रतिक्रिया