काठमाडौ चैत ८ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका ८ दलले निर्णय गरि गरेको हस्ताक्षर नै आधिकारीक रहेको बताउँदै त्यसबाहेक अरु जे जे बोल्छन् ती सबै व्यक्ति भएको प्रतिकृया दिएका छन् ।
मधेशी पत्रकार, बुद्धिजिविहरुसँग आज आफ्नै पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मधेशी मोर्चाको बटमलाई भनेको मधेश प्रदेश र थरुहट प्रदेश गरी दुई प्रदेश मात्र हो तर त्यसबाहेक कसैले तीन वा चार भनिरहेका छन् भने त्यो उनको व्यक्तिगत रहेको बताए ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशमा दुई प्रदेश होइन तीन वा त्यसभन्दा बढी हुनुपर्ने अभिव्यक्ति दिँदै आइरहेका छन् भने मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वायत्त मधेश एक प्रदेशको कुरा गरिरहेको बेला अध्यक्ष महतोको यस्तो प्रतिकृया आएको हो । उनले भने, गच्छदार र उपेन्द्रजी नौ बुँदाको साझा प्रस्तावमा हस्ताक्षर गर्नु भएको छ जसमा मधेशमा दुई प्रदेश हुनुपर्ने कुरा स्पष्ट छन् । यदि त्यसबाहेक पनि अन्य कुरा भनि रहनु भएको छ भने त्यो उहाँहरुको व्यक्तिगत धारणा हो यसमा मोर्चाको टाउको दुखाई छैन ।’
उनले मोर्चामा रहेका मधेशवादी दलको आआफ्नै एजेण्डा र रोडम्याप रहेका कारण त्यसलाई धेरै चलायो भनि भत्किन सक्ने भन्दै अहिलेसम्म सबैलाई मिलाएर जानुपर्ने अवस्था आएको बताए ।
सबैको विचार र एजेण्डा फरक फरक भएपनि मिसन एउटै भएका कारण एउटैमा मोर्चामा रहेर अधिकारका लागि लडिरहेको उनले बताए । भोली पर्सि कुनै सम्झौता भयो भने मधेशी मोर्चा तीन टुक्रा हुने कुराको पनि संकेत गर्दै भने, सहमति भयो भने त्यससँग नेताहरु फरक मत आउन सक्छ ।’
उनले मधेशी मोर्चामा आवद्ध रहेका दलका नेताहरु मोर्चाबाट भएको निर्णयप्रति अडिग रहन सुझाव पनि दिएका छन् । एमाले पार्टी सहभागि कुनै पनि बैठकमा सहभागि नहुने मधेशी मोर्चाको निर्णयको मधेशवादी दलकै नेताहरुबाट अवज्ञा भइरहेको बताउँदै ओलीले मधेशमा युपी र विहार मिलाउनु भनि दिएको अभिव्यक्ति सद्भावना पाटीका लागि मात्र नभएर सम्पूर्ण मधेशी र मधेशवादी दलका लागि भएको छ त्यसैले आफ्नो निर्णयमा अडिग रहन सबैलाई आग्रह गरे ।



तपाईको प्रतिक्रिया