मिस वल्र्डको इतिहासमा ‘व्युटी विथ पर्पोस’ को सबैभन्दा सफल सुन्दरीको उपाधिबाट भारतीय अभिनेत्री तथा पूर्व मिस वल्र्ड ऐश्वर्या राय सम्मानित भएको छ ।
पूर्व सुन्दरी रायलाई मिस वल्र्ड संस्थाको ६४ औ“ संस्करणले यस्तो उपाधिसहित सम्मान गरेको हो । श्रीमान अभिषेक बच्चन र छोरी आराध्याको साथमा स्टेजमा पुगेकी रायले यस्तो उपाधिले आफूलाई निकै खुसी बनाएको भन्दै मिस नेपालको संस्करणलाई धन्यवाद दिएकी छिन् । ‘मिस वल्र्डमा भाग लिन पाउनु नै ठूलो कुरा हो भने विश्व सुन्दरीको ताज पहिरिनु आफै“मा गौरवको विषय हो ।’ रायले भने, मिस वल्र्डले संसारमा चिनिन सफल बनाउछ ।



तपाईको प्रतिक्रिया