मलाई तमलोपा पार्टी हो भने मात्र थाह छ

–जितेन्द्र सोनल
सहमहामन्त्री तराई मधेश लोकतान्त्रिक पार्टी 

मधेशको राजनीतिक अहिलेको राष्ट्रिय राजनीतिमा निकै चर्चाको विषय बनेको छ, यस्तो चर्चा किन ?
एउटा त मुद्दाले गर्दा हो । पहिलेको संविभानसभामा संविभानसभाको अन्तिम अन्तिम अवस्था थियो, त्यसबेलामा पनि सबभन्दा महत्वपूर्ण एजेण्डाको र मुद्दाको हिसावले मधेशी पार्टीहरु चर्चामा थियो र अहिले पनि त्यही अवस्था दोहोरिएको छ । त्यसले गर्दा चर्चामा आउनु स्वभाविक हो । त्यसबेला स्ांविधान दुईओटा कुरामा अल्भिmएको थियो । एउटा राज्यको पुर्नसंरचना र अर्को शासकीय स्वरुप । शासकीय स्वरुपमा पनि लगभग धेरै कुराहरु मिल्दैै थियो तर संघियताको सवालमा पुर्नसंरचनाको अधारमा झण्डै कुराहरु बाझेका थिए । र त्यो परिस्थिती आज पनि छ, परिस्थिती फेरिएको छैन । त्यस कारणले अब माघ ८ गते संविधान दिने हल्ला गरेको छ । त्यस हल्लामा संघियता पनि रहेको छ । संघियताको प्रत्यक्ष सरोकार मधेशी हुन, जनजाती हुन, र ती फोर्सेसका महत्वहरु यस्तो घडीमा बढेर आउँछ । त्यसकारणले राष्ट्रिय राजनीतिकमा मुद्दासँग जोडिएर जसरी सरकारका कुराहरु आएका छन् त्यसले पनि चर्चाको विषय बनाएको छ । अहिले कुरा हुनु प¥थ्यो संविधानसभाबाट संविधान निर्माणको तर राष्ट्रिय सरकार र सरकारको विस्तार आदी कुराहरुले सविधान निर्माणलाई ओझेलमा ल्याएको छ । सरकारको सवालमा विगतका अवस्थामा मधेशीहरुको अवस्था धेरै कमजोर रहेको छ । त्यसकारणले राष्ट्रिय सरकारको कुरा गर्न र मधेशीहरु फेरी पनि तरल पदार्थ जस्तो टल्किएर लम्किएर यता आउने हो कि, साम्भावनाले अलिकति चर्चाको महत्व बढाएको छ तर त्यो यसपालि हुनेबाला छैन ।
मुद्दाकै कुरा गर्ने हो, भने दास्रो संविधानसभापछि पनि मधेशवादी दलहरुसँग मुद्दा थियो तर चर्चामा थिएन जव सरकार परिवर्तन कुरा आयो अनि चर्चा शुरु भयो, साँचै सरकारमा जानको लागि चर्चा भएको हो कि ?

–चर्चा कहाँबाट भयो भने कुरा सबैलाई थाह छ । यसको सबभन्दा बढी चर्चा गर्ने  यहाँका सञ्चारमाध्यमहरु हो जो मधेशको पकडमा छैनन् । जो राजनीतिक पार्टीहरु अहिले बलियो पोजिसनमा छ, सञ्चारमाध्यमहरु उनकै सेरोफेरोमा सञ्चारमध्यम घुम्दछ । उसको कहा–कहाँ लाभ हुन्छ त्यहाँ मिडियाहरु पनि घुमिरहेका हुन्छन् । मलाई लाग्छ कि मधेशी पार्टीहरुमा मधेशकै मिडियामा अलिकति नजिकको छ त्यसकारणले त्यहाँ सरकार कुराहरु त्यति स्थान पाएको छैनन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जुन अहिले ६ पार्टीका मोर्चा छ, त्यसले लगातार भन्दैँछ कि हामी सरकारमा जाँदैनौ । हाम्रो सरोकार भनेको मुद्दासँग छ, संघियतासँग छ, संविधानसँग छ, समावेशितासँग छ, यी मुद्दाहरु जवसम्म सम्बोधन हुदैन, जवसम्म संविधानसभावाट संविधान बन्दैन तवसम्म सरकार विषय कुनै महत्व राख्दैँन । यो कुराको प्रतिवद्धता आइरहँदा पनि मधेशीहरु राष्ट्रिय सरकारमा आउने, यो मा आउने, त्यो मा आउँने सबै भ्रामिक कुराहरु हुन् ।

जुनवेला मोर्चाको आवश्यक्ता थियो, एकताको आवश्यता थियो त्यो बेला मोर्चा बनाउन सकेनन्, र जव सरकार परिवर्तनको कुरा आयो अनि मधेशवादी दलहरु मोर्चा बनाएको छ, भन्ने पनि आरोप छ ?

–हामी धेरै चोटी आत्मालोचना र सार्वजनिकी गरिसिकेका छौँ । त्यसकारण यो नयाँ कुरा होईन । दोस्रो संविधानसभा लगत्तै हामीले भनिसकेका छौ, संविधानसभामा मधेशवादी पार्टीको एकीकरण नहुनु, मोर्चा नबन्नु हामीहरुको लागी दुःखद कुरा थियो । र, त्यसैको परिणामस्वरुप मधेशवादी पार्टीहरुको पराजय भयो । पराजय हुनका विभिन्न कुरा हुँदा पनि एउटा कारण चाही मधेशी पार्टीको विभाजन पनि हो । तर पनि महत्वपूर्ण कुरा के हो भने संविधानसभा लगत्तै हामीले पार्टीको एकताको कुरा उठायौँ, मोर्चाको कुरा उठायौ, धेरै दिनसम्म मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको एकीकरणको कुरा पनि भयो, र पछि मोर्चा भयो । तर यो मोर्चा अहिलेको सरकारको कुरा चल्दा गठन भएको होईन, वास्तवमा मुद्दाका लागि र जुन हामीले चुनावमा पराजय भोगियौ यसको लागि भएको हो ।

अहिले आएर जुन मोर्चा बनेको छ, त्यो के संकेत गरिरहेछ ?

–जुनबेला आवश्यता थियो त्यो वेला बनेन त्यो त हाम्रो भुल हो । र, त्यसको परिणाम हामी सबै भोग्यौ । ठूलठूला पार्टीहरुले संघियता थाती राखेर जुन किसिमको संविधान निमार्णका लागि बहस भईरहेको छ, मधेश र मधेशी कहाँ छन् भन्ने कुरा पनि भईरहेको छ, ती आवत समस्यालाई सम्वोधन गर्नको निम्ति मोर्चाको गठन भएको हो । हामी एउटा चुनाव हार्दैमा हामी सबै कुरा हारीसकेका छैनौँ । हामी विभाजित अवस्थामा छौ, तर हामी विभाजित अवस्था हुदाँ पनि हाम्रो मुद्दाहरु सम्मान छन् । मुद्दाका लागि हामी एकजुट भएका छौ ।

तपाईले भनेका यी चार पाँचओटा कार्य पद्धति उब्जनु वा जन्मनुको कारण के हो?

–हेर्नु सबै कुराहरु मुलबाट सुरु हुन्छ । म जहिले पनि भन्छु, पानी र वानी माथीबाट आउँछ  । पानी भनेको पदार्थ भयो र बानी भनेको हाम्रा पुर्खाहरुले भनेको सिद्धान्त, पद्धति, र विचार हो । कुनै पनि सिद्धान्त वा पद्धति तलबाट माथी गएको हुँदैँन । त्यसकारणले पार्टीहरुका सिद्धान्त पनि माथीबाट झर्छ । हामीले मुल जसरी बनाउने हो त्यसरी नै बन्दै जाने हो । यसका कारण के हो भने हामीले मुल नै बनाउँन चाहेनौँ । अध्यक्ष बनाउँन चाहेन, अध्यक्षपछिका मान्छे बनाउँन चाहेन, कसैले पनि बनाउन चाहेन । र जसले यस्तो कुराहरु बनाउन सक्यो खास गरेर एमाले जस्तो पार्टी त्यो आज विभिन्न संकटका बावजुद पनि एउटा ठूलो पार्टीको रुपमा अवस्थित छ । तपाई कल्पना गर्नुस त २०६४ सालको निर्वाचनमा जति सीट नेपालभरिमा काग्रेंस र एमालेले जितेको थियो त्यति सिट त एक्लै मधेशी जनअधिकार फोरम नेपालले जितेको थियो । तर ती पार्टीहरु आफूलाई रिभाईभ गरेर २०० को पार्टी बनायो । र, हामी चाही २ ओटाको पार्टी बनायौ । कतै न कतै हाम्रो कार्य प्रणालीले हामीलाई त्यो अवस्थामा पु¥यायो । त्यसैले त्यो कार्य पद्धति परिवर्तन हुनु पर्छ अनि मात्र सबैलाई लाग्छ कि यो हाम्रो पार्टी हो भनि अनुभुति गर्छ ।

तपाईले जुन कुरा उठाउनु भयो त्यो कुरा सही हो तर तपाईमाथी आरोप छ कि पहिलो संविधानसभामा मन्त्री बन्न पाउछु भनेर त्यो वेला पार्टीमा कुनै कुराको विरोध गरेनन् अनि अहिले सभासद् नभएको कारण सरकारमा जान सक्दिन ठानेर क्रान्तकारी भएर पार्टीको विरोध गरिरहेको छ के यो सही हो ?

–मान्छेले फरक फरक तरिकाबाट फरक फरक कुरा राख्छन्, लोकतन्त्र भनेको त यही हो नि । सबैले आफ्ने कुरा विचार राख्न पाउँछन् । तर, म त्यस्ता साथीहरुलाई के भन्न चाहन्छु भने पार्टीको अहिलेसम्मको केन्द्रिय कार्य समितीको बैठकमा त्यहाँ बोलेका कुराको रेकर्ड त्यहाँ एक ठाउँमा राखेर हेर्नुस् त्यो बेलाको र अहिलेको कुरामा मेरो कुनै अन्तर हुनेछैन । मैले डाटा प्रस्तुत गरेको छु । म यो कुरा बताउन चाहन्छु कि जब तराई मधेश लोकतान्त्रिक पार्टीको विभाजन भयो र महेन्द्र यादवले पार्टी विभाजन गनुभयो त्यस पछिको बैठक तमलोपा सिहदरवारको संसदियदलको कार्यालयमा बसेको थियो । त्यसबेला मैले डाटा प्रस्तुत गरेको छु कि हामीले ठिक तरीकाबाट पार्टीलाई सम्बोधन गर्नुपर्छ । पार्टीलाई व्यवस्थापन गर्नुपर्छ तर पार्टीले त्यसलाई इन्टरटेन गरेन । मैले पार्टीको निम्ति धेरै पहिला देखि यो कुरा उठाई रहेका छौँ र मेरो अहिले धेरै उमेर बाँकीँ छ राजनीति गर्न । म चुनौती दिन चाहन्छु, एमाले, काँग्रेस, राप्रपालगायत विभिन्न पार्टी छोडेर आएका नेता वा कार्यकर्ताहरुलाई कि उहाँहरुको भित्री ईच्छा के छ त्यो मलाई थाहा छैन तर म दावाका साथ भन्न चाहन्छु कि उहाँहरु जुन पोजिसनबाट आएपनि मधेशी पार्टीमा अरु कसैको पोजिसन डिमरलाईज भएको छैन । यो कुरा म ठोकेर भन्न चाहन्छु । जुन जुन मान्छे मधेशी पार्टीबाट आएका छन् त्यसमध्ये कसैको पनि व्यक्तित्व र अवसर त्यो पार्टी भन्दा कम भएको छैन । मजस्ता एक मुठी साथीहरु मात्र थिए जो अहिले नेतृत्वमा छन् ।  अवसरको प्रवाह नगरि हामी मधेश आन्दोलन होमियौ, आज होईन, आज भन्दा २५ वर्ष पहिले ग¥यौ, त्यस कारणले मैले अवसरको निमित्त यो आन्दोलन गरियो भने छैन मधेशी जनताका लागि योगदान दिएको हुँ भनि ठान्छु ।

तपाईको पार्टीमा गुट छ भनि चर्चा छ । एउटा हृदयेश त्रिपाठी र अर्को सर्बेन्द्रनाथ शुक्लाले गुट चलाईरहेका छन, तपाई कुन गुटमा हुनुहुन्छ ?

–पार्टीमा कुनै गुट भन्ने मलाई थाहा छैन । मलाई तमलोपा पार्टी हो भने मात्र थाह छ । म यसको सुधारको लागि आफै अगाडी बढिरहेछु । र यसमा सबै साथीहरुको सहयोग छ ।

तपाईका अध्यक्ष महन्थ ठाकुरलाई कुनै बेला हृदयेशजीले समात्नु हुन्छ, त कुनै बेला सर्वेन्द्रनाथजीले समात्नु हुन्छ, यी दुई नेताबीच प्रतिस्पर्धा छ कि अध्यक्षलाई कसले लिएर हिड्ने त्यो गुट भएन र ?

–मैले पहिले भनिदिए हामं्रो पार्टीमा कुनै गुट छैन । पार्टीमा सबैले आफनो आफ्नो विचार राख्छन् र जहाँसम्म तपाईले हृदयेश र सर्बेन्द्रको कुरा गर्नुभो । जहाँसम्म म हेर्छु सबैमा संवादै छ । कसले कसलाई चलाउनु भनेको अध्यक्षजी आफैमा एउटा परिपक्क नेतृत्वको व्यक्तित्व हुनुहुन्छ । यसमा कसले कसलाई चलाउनु भनेको कुरा भ्रामक मात्रै हुन् । मैले १३ बुदेँ सहमतिपत्र बुझाई सकेपछि अब जे कुरा हुन्छ त्यो सबै पारदर्शी हुन्छ । त्यसकारणले अमुकले अमुकलाई चलाएको कुरा सत्य होईन ।

तपाईकै पार्टीका महामन्त्रि गोबिन्द चौधरीलाई फरक तरिकाले हिडिराखेको हामीले देखेका छौ, बैठकमा फरक मत राख्नुहुन्छ, कसैसँग बोलचाल छैन , अनि भन्नु हुन्छ पार्टी भित्र सबै सन्तुलन छ ?

–गोबिन्दजीले अस्ति पार्टीमा कुरा राख्नुभो । तपाईले जे कुरा गर्नु भयो । त्यसै कुरामा छलफल भयो । गोबिन्दजीले प्रष्टाको साथ भन्नुभयो कि मैले चलाईरहेको जुन अभियान हो त्यो कुनै पार्टी होइन । यो कुनै राजनीतिक दल होईन । यो गैर राजनीतिक संगठन हो । यसमा जुनसुकै पार्टीका मान्छेहरु आएर काम गर्न सक्छन् । त्यस कारणले त्यो कुरामा खास कुनै विवाद छैन । जहाँसम्म गोबिन्दजीको कुरा छ । पार्टीमा आउनु हुन्छ कुरा राख्नु हुन्छ । पार्टी भए पछि द्धन्द्ध हुन्छ, यो पार्टीको चरित्र हो । द्धन्द्धबिनाको पार्टी विचार बिनाको पार्टी जिवन्त हुन सक्दैनन् । त्यस कारणले त्यहाँ कुनै विचारमा द्धन्द्ध हुनु मुद्दामा फरक फरक दृष्टिकोण हुनु, यो स्वाभाविक हो । यसलाई गुट अगुटको रुपमा हेर्नु हुदैन  । गोबिन्दजी कुनै सन्तुष्टिछ र असन्तुष्टि हुन्छ भने उहाँ आफ्नो कुरा राख्नु हुनुहुन्छ । मेरो असन्तुष्टि थियो मैले राखे । त्यसकारणले पार्टी गुटमा फँसिसकेको छ भने त्यसमा कुनै सत्यता छैन ।

अन्त्यमा चुनावपछि र अघि तीन ओटा घटनाक्रमलाई अध्ययन गरेको छु, एउटा चिनी कारखानाको घटना , एउटा सिम्रौनगढको घटना र एउटा भख्ररै यो रितु महासेठको घटना यो तीनटैमा तपाई एकदम पुरै सक्रिय भएर लाग्नु भयो विषयवस्तुमा राम्रोसँग बोल्नु भयो, चर्चामा ल्याउनु भो, यी घटनाक्रम हेर्दा मधेश कहाँ जाँदैछ ?

–मधेशलाई बर्वाद गर्ने, मधेशलाई अहिलेसम्म त्यहाँको आर्थिक अवस्था सास्ँकृति अवस्थालाई ध्वस्त पार्ने भित्रि रणनीति खास गरेर एमाले र काँग्रेसको थियो र त्यसको नेतृत्व अहिलेसम्म विद्यमान छ । ती शक्तिहरु जवजव ताकतवर भएर आउछँन् तबतब मधेशको कल्याण, मधेशको सँस्कृति, मधेशको आर्थिक अवस्था जीर्ण हुदैँ जान्छ । तपाईले चिनी कारखानाको कुरा गर्नु भो , मैले चिनी करखानाको कुरा उठाए चिनी कारखाना चलाउनु पर्छ अनि व्यापक जनसर्मथन पनि भयो । तत्कालिन अवस्थामा डा.बाबुराम भट्टराई नेतृत्वमा सरकार थियो । उद्योग मन्त्रीसँग छलफल भयो । अर्थ मन्त्रालयमा गईसकेको चिनी कारखाना पुनः उद्योग मन्त्रालयमा आयो । उद्योग मन्त्रालयमा आईसकेपछि चिनी कारखाना चल्छ भनि निश्चित भयो । तर एमाले र काँग्रेसको हातमा नेतृत्व गयो । उही रामशरणजी, भरतजी जो अर्थमन्त्री बन्नु भयो । यो चिनीमा लगानी गर्नु र बालुवामा पानी हाल्नु भनेको बराबर हो । उस्तै माइन्ड सेटको हातमा नेतृत्वमा चाहिँ गयो भने चिनी मिल कसरी चल्छ । तर म के बुझेको छु भने त्यहाँको सम्पूर्ण नीति जवसम्म मधेशको हातमा आउदैँनन् तवसम्म यी कुराहरुलाई अगाडी बढाउन सक्दैनन् । म बिहारका उदाहरण दिन चाहन्छु । ४० वर्ष देखि चिनीकारखाना बन्द थियो । तर नितिश कुमारजी मुख्य मन्त्री भएर आउनु भो अनि त्यहाँका सबै चिनी कारखानाहरु चल्न थाल्यो । त्यहाँका किसानहरु खुशहाल छन् । अब सिम्रौनगढ आन्दोलनको कुरा गर्नु भो, त्यो मैले एकदम नजिकबाट हेरे विकास उकुशमुकुश छ । पुरै मुलुकमा खास गरेर मधेशमा कतै विकास छैन । खानेपानी छैन । विद्यालय छैन, ईत्यादी छैन । गढिमाई मेलाको २ महिना अगाडी त्यसको व्यवस्थापनको लागि सडक बनाउनका लागि माग राख्दा निहता मधेशी माथी नियतवश गोली चलाईयो । मेरो त्यही जिल्ला घर हो । म त्यही जिल्लाको लागी आफनौ सबै काम छाडेर राजनीति गर्दैछु । म त्यहाँ गए र त्यहाँ अन्याय भएको हेरे राजनीतिक पार्टीहरुलाई आग्रह गरे र म त्यसको नेतृत्वदायी भुमिका लिएर त्यो गलत हो भने अवाज उठाए । म पिडितसँग त्यसको पिडामा मलहम लगाउने काम गरे जो मेरो दायित्वभित्र पर्छ । म काठमाडुँमा छु, म अचानक समाचार पढे एक जना २० वर्षीया बहिनी जुन उच्च शिक्षा लिने अभिलाशा लिएर काठमाडौँ आएकी छिन । र, उनलाई दिनदहाडै छुरा हानेर हत्या गर्यो । छुरा के कारणले प्रहार भयो त्यो मेरो सरोकारको विषय होईन । तर दिउँसै काठमाडौँमा छुरा बन्दुक लिएर घुम्नु त यो त सुरक्षा निकायको निक्कमा हो कि होईन ? म त यहाँसम्म भने कि नेशनल मिडियाहरु बेखबरको अवस्थामा छ । मैले थाहा पाए म कमर कसे र गए त्यहा र यो मुद्दालाई उठाए ।

त्यसो भयो भने यो राज्य मधेशको होईन ?

–राज्य विहिनताको अवस्था छ, राज्य हामी प्रति उदासिन छन् । लापरवाह छन्, राज्यको एउटा जुन गुण हुनु प¥थ्यो त्यो छैनन् । मधेशी जनता राज्यहिनताको अवस्थाबाट गुज्रिरहेका छन् । देश हाम्रो हो राज्य हाम्रो हाईन् ।

त्यसो भयो भने सिके राउतले उठाएको मुद्दा जायज हो ?

–सिके राउतजी कुरामा जानु भो त्यसमा हाम्रो फरक मत छ । हामीले आफ्नो राज्यको लागि लड्दैछौ । हामी आफ्नो देशको निमित्त लड्ने अवस्था अहिले भएको छैन । सिके राउतजी त देशको कुरा गरिरहेका छन् । तर म स्टेटको कुरा गर्दैछु । म नेपाल देशभित्र मधेशको मजबुत राज्य बनाउन चाहन्छु । उहाँ नेपाललाई कसरी बनाउन चाहनुहुन्छ, त्यो उहासँग बुझ्नु तर हाम्रो मान्यता हाम्रो पार्टीको मान्याता के हो भने, नेपाल देशभित्र मजबुत प्रान्त बनाउन चाहन्छौ । त्यो हो हाम्रो लडाई हो ।
प्रस्तुतीः विजयकुमार यादव

तपाईको प्रतिक्रिया