Khadya Bibhag

बलत्कारबाट गर्भवत्ती

स्वभावपुर्ण हरेक महिला आमा बन्दा सबै भन्दा बढि खुशि हुन्छन । एउटा महिला आमा हुदा पुर्णता महसुस गर्छन । तर उनको अनुहारमा कुनै खुशि देखिन्न, न त कुनै उत्साह ।जब उनि आफनो पेट सुमसम्याउछीन उहालाइ आफै संग घृणा लाग्छ । किनकी यो उनको रहर होइन बाध्यता हो ।
बलात्कारको शिकार भएपछि गर्भ रहन पुग्दा बाके कम्दी की एक महिलाको नियती हो यो । ३१ बर्षिय मिरा ९नाम परिवर्तन ० आफु संग भएको घटना लुकाएका कारण न्याय बाट समेत बंचित हुनुपरेको छ ।

आर्थिक स्थीति कमजोका भएका कारण मजदुरीका लागि जाने गरीकी मीरा गत जेठ महिनमा घर फर्कदै गर्दा उनलाइ आफु संगै काम गर्ने गाउले छिमेकी समेत रहेका  बसन्त परीयारले बलात्कार गरी बिचल्लीमा पारेका हुन  । परीयार  घटना लगत्तै फरार छन ।
मिरा  गर्भवती भएको खबरले उहाका पति ले समेत सम्बन्धबिच्छेद गरी दुइ सन्तानलाइ आफै संग लगेका छन  । भारतमा रोजगारीका लागि बसेका उहाका पति आफन्तले घटना सुनाएपछि मीरा संग सम्बन्ध बिच्छेद गर्नुभएको हो ।सम्बन्धबिच्छेद गर्दै उहाले मिराको नागरीकता समेत लग्नुभएको छ ।
अदालत ले समेत बच्चाहरु बाबुको जिम्मामा रहने फैसला सुनाएको छ । पिडा माथि पिडा थपीएको छ मिरा लाइ अहिले उहा माइतमा बस्नभएको छ । उहालाइ यस्तो गर्ने फरार छन । उहालाइ पिडा दिने कहिले काहि रातमा घर आउछन जान्छन र तर मिरा लाइ भने गाउ बाट बिस्थापित हुने डर छ ।
सामाजीक डरका कारण जेठ महिनामा भएको घटना कसैलाइ नभन्दा उनको गर्भ रहन पुगेको हो ।
उहाले भन्नुभयो   – कसैलाइ भन्न सकिन पछि महिनावारी बन्द भएको ५ महिना पुगेपछि  गर्भवती भएको चाल पाए । मिरा आमा बन्दै छन  । गर्भमा रहेको सन्तान प्रति उनलाइ कुनै माया छैन । धेरै पटक गर्भ तुहाउने प्रयास समेत गरे उहाले भन्नुभयो –गर्भपतनका बारेमा समयमा जानकारी नपाउदा ठुलो क्षती ब्यवहर्नुपरयो ।
बलात्कारका कारण गर्भ रहेको भन्दै उनले आफनो र बच्चाको ख्याल नगरेका कारण सुरक्षीत रुपमा सुत्केरी हुनका लागि उनलाइ गाउलेले सघाएका छन ।  उनलाइ नियमीत स्वास्थ्य जाच देखि सुइ लगाउन स्वास्थ्य चौकी पुरयाएको स्थानिय अगुवा खिमा बुढाथोकीले बताउनुभयो  ।
उहाले पिडक लाइ घटनाको पत्ता लागेपछि चौकी पुरयाउदा समेत परीवारको रोहबरमा छाडेकाले उम्कन सफल भएको बुढाथोकीले दाबी गर्नुभयो  । हाल मिरा माइतमा बस्नुहुन्छ । पतिको घर छिमेक मा भएकाले उनि टाढा बाट आफना सन्तान लाइ हेरेर चित्त बुझाउछीन  ।उहाका एक छोरा एक छोरी छन । आर्थिक अभावका कारण पनि उहाले आफना सन्तान लाइ संगै राख्न नसकेको  गुनासो पोख्नै  । उहाले भन्नुभयो –सन्तानको माया त लाग्छ तर आफै बुढि आमाको बोझ बनेर बसेकी छु । एकातीर उहालाइ समाजको इज्ज्तको डर उता भने आफुलाइ बिचल्ली बनाउने कारवाही मा नपर्दा मन खिन्न भएको छ ।

तपाईको प्रतिक्रिया