Khadya Bibhag

ट्रक चालकलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा मृत्यु

बारा, २ चैत । पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ नगरपालिकास्थित धनसर खोला नजिकै आज बिहान रोकी राखेको ट्रक चालकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको छ ।

ना५ख ३२५२ नम्बरको ट्रक धनसर खोलानजिकै रोकी चालक दाङ सतवरी–९ बस्ने रमेश चौधरीले ट्रकमाथि त्रिपाल लगाइराखेको अवस्थामा पछाडिबाट आएको ना४ख ४६७४ नम्बरको ट्र«कले ठक्कर दिँदा घटनास्थलमा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक हरिबहादुर राजभण्डारीले बताउनुभयो ।

ठक्कर दिएका ट्रक चालक सर्लाही, डुमरे बस्ने भीमबहादुर बल र ट्रकसमेत प्रहरी नियन्त्रणमा रहेको कुरा थाहा भएको छ । 

तपाईको प्रतिक्रिया