Khadya Bibhag

उपेन्द्र र राजेन्द्रको कुरालाई यसरी जवाफ दिए प्रचण्ड

काठमाडौं, चैत १ गते । सत्तारुट राजनीतिक दलसँंग सहमति नभएपछि प्रमुख प्रतिपक्षी एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलिय गठबन्धनले आज आम हड्तालसहित २६ गतेसम्मको कार्यक्रम घोषणा गरेको छ ।
गठबन्धनका संयोजक एवं ए(माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री सुशील कोइरालाबीच आज विहान संविधान निर्माणका विषयमा सहमतिको जुटाउन भएको छलफल विना निष्कर्ष टुगिएपछि बसेको गठबन्धनको बैठकले आन्दोलनमा जाने निर्णय गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए । प्रवक्ता झाले सत्तापक्षले नौ बुँदे प्रस्तावबाट मात्र छलफल गर्ने भनेपछि सहमतिको वतावरण चुडिएको बताउँदै अब उनीहरुले प्रकृयाबाट होइन सहमतिबाट नै सविधान निर्माण हुने सार्वजनिक घोषणा नगरेसम्म वार्तामा नाजने निर्णय भएको छ । हामीले नौं वुँदे प्रस्ताव भन्दा धेरै घटना भईसकेकोले अब नौं बुदे प्रस्तावलाई समातेर सहमति हुन नसक्ने जनाएपछि सहमति हुन नसकेको हो ।’
३० दलिय मोर्चाले आहन गरेको आन्दोलनका कार्यक्रमहरुमा चैत ५ गते आन्दोलनको तयारीका लागि प्रत्येक जिल्लामा बैठक बस्ने, चैत ८ गते सबै जिल्लामा सहमतिको संविधान बनाउन जोड दिदै महिला हिंसा, कालोबजारी, महङ्की, भ्रष्टाचार , लोडसेडिङ्गको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने, चैत ११ गते सरकारका मन्त्रीहरुको कार्यक्रममा कालो झण्डा देखाइ विरोध प्रदर्शन गर्ने, चैत १५ सबै जिल्ला सदरमुकाममा लाठी प्रदर्शन, चैत २३ गते मसाल जुुलुस निकालेर चैत २४ देखि २६ गते देशव्यापी आमहड्ताल गर्ने भएको छ ।
त्यसैगरी चैत १६ गतेदेखि १८ गतेसम्म जिल्ला प्रशासनलगायतका सरकारी कार्यलयमा पालैपालो घेराउ गर्ने कार्यक्रम रहेको छ । चैत १८ गते बेलुका मसाल जुलुस निकाल्ने र चैत १९ गते देशव्यापी आमहडताल गर्ने कार्यक्रम छ ।
बैठकमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू जतिसुकै वार्ता गरेपनि सहमति नहुने भनेको तर नेतृत्वले त्यसको वेवास्ता गर्दै वार्तामा गएको भन्दै विरोध जनाएका थिए । आन्दोलनको विकल्प छैन भन्ने कुरा आफूले पटक पटक भनेको तर कसैले नसुनेको कुरा राखेको बैठकमा सहभागि एक नेताले सहाराटाइम्सलाई बताए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि यतिका दिन वार्ता गरेर समय मात्र खेल फालेको बताउँदै सत्ताधारी दल आफ्नो रणनीतिमा सफल भएको कुरा राखेका थिए । आन्दोलनमा जाउँ भन्दा आफूले पटक पटक भन्दै आएको, वार्ताप्रति सकारात्मक छैन सत्ताधारी पटक पटक बैठकहरुमै उठाउँदै आएको तर केही साथीहरुले जवर्जस्ती वार्ताको कुरा गरेर आन्दोलनलाई कमजोर गरेको धारणा बैठकमा राखेका थिए ।
त्यसपछि अध्यक्ष प्रचण्डले आन्दोलनको कुरा मात्र गरेर हुँँदैन कहिले काही सत्ताधारी दलको कुरा पनि सुन्नुपर्छ बुझ्नुपर्छ भन्दै उपेन्द्र र राजेन्द्रको कुरालाई स्पष्टीकरण दिएका थिए । राजनीतिकमा जहिले पनि आन्दोलनको कुरा गरेर हुँदैन भन्दै जनयुद्धको बेलामा आफूहरुसँग के थिएन तर किन शान्ति प्रकृयामा आउनु पर्यो किन वार्ता गर्नु पर्यो ? आन्दोलनको क्रममा कहिले काही यस्तो परस्थिति आयो जसले वार्ता गर्न बाध्य बनाउँछन् त्यसैले आफू पनि वार्ताकै पक्षमा हो कसैले शंका नगर्न आग्रह गर्दै सहमतिका लागि आन्दोलनमा जान सबैलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया