काठमाडौ, १ चैत । दोस्रो विश्व महिला सम्मेलन आगामि सन् २०१६ मार्च १३ देखि १८ सम्म काठमाडौमा हुने भएको छ । भेनेजुएलाको राजधानी काराकसमा पहिलो सम्मेलन भएकोमा नेपालका आठ वटा कम्यूनिष्ट पार्टी निकट महिला संगठनहरु सहभागि रहेको संयूक्त महिला संघले सम्मेलनको आयोजना गर्न लागेको आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
पत्रकार सम्मेलनमा विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न यहि मार्च १० देखि १५ सम्म काठमाडौमा महादेशीय बैठक बसेर विभिन्न निर्णय लिइएको एसिया प्यासिफिक संयोजक शिला हमालले जानकारी दिईन ।
उनका अनुसार बैठकले प्रथम सम्मेलनमा ४२ देशबाट ३५ सय सहभागि भएकोमा यो सम्मेलनमा सहभागिको संख्या बढ्ने अनुमानसहित संयूक्त महिला संघले ब्यवस्थापनको भूमिका निर्वाह गर्ने, आयोजनक राष्ट्रको नाताले नेपालको तर्फबाट सरिता महर्जन र दुर्गा पौडेललाई संयोजक मनोनित गर्ने, दोस्रो विश्व सम्मेलनको नारा महिलाहरु सर्वोच्च शिखर चढेदै तय गर्ने र आर्थिक कार्यभार आत्मनिर्भरताको सिद्धान्तमा आधारित गर्ने निर्णय गरेको जानकारी दिईन ।
महिला संघले सम्मेलनको सफल आयोजनाको निम्ति सहयोग गरिदिन सम्पूर्ण राजनीतिक दल, नेपाल सरकार, संघ सस्था, बुद्धिजीवि, मजदुर, विद्यार्थीसहित सम्पूर्णलाई आब्हान समेत गरेको छ ।
बैठकमा एसीया प्यासिफिक संयोजक शिला हमाल, एसीया संयोजक सरिता महर्जन, दुर्गा पौडेल, यूरोप संयोजक मोनिका, हलिङ्गका, अफ्रिका संयोजक बुलेल्वा, मध्यपूर्वसंयोजक रोजलिम र सहसंयोजक मेरालसहितको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया