राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रधानन्यायधिशलाई विन्तिपत्र बुझाउनेको पीडा

काठमाडौ, १ चैत । तीन वर्षमा फिर्ता गर्ने सर्तसहित १६ लाख रुपियाँ ऋण लिएर धरौटीवापत आफ्नो घरबार रहेको जग्गा राजिनामा पास गरिएका काठमाडौ गौशालाका वसन्त बाबु पोडेले अर्कैलाई विक्री गरि दिएपछि
काठमाडौमा पोडे र चौधरीका छोरा धमेन्द्रले साझेदारीमा कवाडी व्यवसाय गर्दा कपाली तमसुक गरी चौधरीलाई पोडेले १० लाख रुपियाँ दिएका थिए । पछि रौतहटमा रहेको महम्मदपुरको १५ धुर घर जग्गा र पोठियाहीको १ कट्ठा ६ धुर जग्गा बैंकबाट फुकुवा गराउँदा लागेको ६ लाख ७० हजार रुपैया बुझाएर आफ्नो नाममा जमानीको लागि पास गराएका थिए ।
तीन वर्षमा फिर्ता गराउने सर्त भए पनि पोडेले १८ महिनामै स्थानीय मधुकर प्रसाद चौधरीकी श्रीमती गायत्रीदेवीको नाममा विक्री गरि दिएपछि यतिवेला नथुनीको परिवार अप्ठ्यारोमा परेको छ ।
स्थानीय निकाय, प्रहरी र जिल्ला प्रशासन कार्यालय र नागरिक अगुवाहरुले नथुनीलाई ऋण रकम फिर्ता गर्न समय पनि नदिई विक्री गरेर अन्याय गरेको भन्दै मिलाउने प्रयास गरे पनि अहिलेसम्म नमिले पछि नथुनी यतिवेला राज्यलाई गुहार्दै हिडेका छन् ।
पत्रकार सम्मेलन गरेर आफ्नो दुख पोखेका नथुनीले अहिलेसम्म आफूलाई न्याय दिलाई दिन माग गर्दै राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र सर्वोच्च अदालतका प्रधानन्यायधिसलाई विन्तीपत्र बुझाईसकेको जानकारी दिए ।
१६ लाखमा धरौटी पास गरिएको सो घर जग्गा २४ लाख बुझाएर नथुनीलाई नै फिर्ता गराउन समाजले जिल्लामै समाजसेवी, प्रहरी र प्रशासनको उपस्थितिमा निर्णय भए पनि अहिलेसम्म कारवाही नभएको उनले गुनासो गरे ।

तपाईको प्रतिक्रिया