Khadya Bibhag

एमालेसंग वार्तामा बस्ने मधेशी नेताहरु मधेशकै बेइज्जती गर्दै छन….

काठमाडाैँ । एमाले सहितको बैठकमा सहभागी नहुने मधेशी मोर्चाको निर्णय विपरीत मोर्चाका नेताहरु अहिले पनि वार्तामा जाने गरेका छन. जसले गर्दा मोर्चाका घटक दलभित्रै तीव्र विवाद शुरू भएको छ. एमाले संग वार्तामा नबसने निर्णयमा मोर्चाका एकमात्र नेता अहिले सम्म अडिग रहेका छन, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो. अहिले भनिएको निर्णायक बैठकमा पनि अनुपस्थित रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशलाई एमालेका अध्यक्ष केपी शर्माले ओलीले मात्र होइन मधेशवादी दलका नेताहरुले पनि बेइजजत गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले मधेशमा युपी र विहारलाई मिलाउन भनि दिएको अभिव्यक्तिपछि एमाले सम्मिलित कुनै पनि बैठकमा सहभागि नहुने निर्णय मधेशी मोर्चाले गरेको स्मरण गराउँदै अध्यक्ष महतोले यदि एमाले सम्मिलित बैठकमै जानु नै थियो भने किन यस्तो निर्णय गरेको भन्दै मधेशी नेताप्रति आक्रोश पोखे । आफूहरुले गरेको निर्णयप्रति एमालेले हालसम्म कुनै प्रतिकृया देखाएको छैन अनि कुन मुखले उनीहरु भएको बैठकमा मधेशवादी दलका नेता गइरहेको आफूले बुझ्न नसकेको बताए । उनले अध्यक्ष ओलीले माफी नमागेसम्म आफू एमाले सम्मिलित कुनै पनि बैठकमा नजाने दोहोर्याए । आजको बैठकमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नगएर आफ्ना पार्टीका महासचिव रामसहाय यादवलाई पठाएका थिए भने तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफ्ना दलका वरिष्ठ नेता रामनरेश राय यादवलाई पठाएका थिए । र, अरु फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष ठाकुर, रामसपाका अध्यक्ष भण्डारीको उपस्थिति थियो । त्यस्तै काँग्रेसको तर्फबाट प्रधानमन्त्री सुशिल कोइराला, उपासभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौलालगायतका नेताहरु थिए ।

तपाईको प्रतिक्रिया