बबन सिह
नेता, मधेशी जनअधिकार फोरम नेपाल
अन्य अन्य पार्टीमा जाने चर्चा चलिरहँदा तपार्इ फोरम नेपालमै किन आउनु भयो ?(
-मधेशी जनअधिकार फोरमले मधेशी, दलित, आदिवासी जनजाति, महिला, पिछडावर्ग, लिम्बु गुरुगंलगायत समुदायको अधिकारका लागि लड्ने पार्टी हो । मधेशी पहिचानका लागि लडेर आएका तथा अगामि दिनमा पनि लड्ने हिम्मत राख्ने पार्टी कुनै हो भने त्यो फोरम नेपाल । संघर्ष्ाबाट जन्मेका र संघर्ष्ा मात्र गर्न जानेका यो पार्टीले मधेशी जनताका लागि मात्र नभएर अन्य समुदायका लागि लड्ने पार्टी हो ।यसैगरी
तमलोपामा पनि प्रवेश गनर्ुभएको थियो, त्यहाँ के भयो ?
-म भर्खर भर्खर सविधानसभा हुँदै राजनीतिकमा आएका थिए । त्यसबेला थुप्रै व्यत्तmिलार्इ मैले चिनेका थिएन । मधेशका बुद्धिमान, निष्कलंक, स्वभिमानी व्यत्तmि महन्थ ठाकुरलार्इ सम्भmेर नै तमलोपामा प्रवेश गरेका थिए । सम्पर्क गएपछि मात्र उहाँको बारेमा थाह पाए । उहाँ पार्टीको मुर्ती नै हो । कहिले बोल्नु हुन्न कुनै कुराको सल्लाह गर्न गयौ भने पनि केही प्रतिक ृया दिनु हुन्न खाली टाउको हल्लाउनु हुन्थ्यो । मलार्इ लाग्यो यस्तो पार्टीमा आफ्नो इनर्जी खेर फाल्नुको सट्टा बरु आफ्नो तरिकाले काम गरौ भनेर तमलोपाबाकट निस्केका थिए ।काँग्रेसमा पनि जाने घोष्ाण्ाा गनर्ुभएको थियो, त्यहाँ के भयो ?(हो काँग्रेसमा जाने कुरा थियो म पनि तयार थिए त्यहाँ जानका लािग । तर, यतिका दिनमा म काँग्रेसको व्यवहारबाट के सिके भने तल्लो स्तरका कार्यकर्तालार्इ कुनै भ्यालु नै नगनर्े । कुनै सोधपुछ नै नगनर्े, कुनै वास्ता नै नगनर्े । त्यही भएर त्यहाँ जाने मन भएन र गएनौ । कुनै व्यत्तmिमा अलिकति मोर्यालिटी छ भने काँग्रेसमा जाँदैन । त्यहाँ भएका नेताहरुले अरुलार्इ गिन्दा पनि गिन्दैन । काँग्रस एउटा कुनै विचार र सिद्धान्तका पार्टी होइन त्यो एउटा व्यत्तmिको पार्टी हो । त्यहाँ व्यत्तmि व्यत्तmिको वर्चस्व रहेका छन् । सुशिलको छुट्टै, देउवाको छुट्टै, सिटौलाको छुट्टै, रामचन्द्रको छुट्टै, गगनको छुट्टै, सुजाता, विमलेन्द्र, प्रकाशमान, नरहरी लगायतका नेताहरुको आआफ्नै ग्रुप रहेका छन् । यसरी पार्टीभित्र यसरी छुट्टा छुट्टै व्यत्तmिको आधारमा पार्टीको चलेको छ भने त्यहाँ कसरी कुन व्यत्तmिको साथमा बसेर काम गनर्े । त्यहाँ मेरो जाने कुरा टुगों लागेपछि व्यत्तmिले मलार्इ तान्न थालेपछि दिक्क भएर काँग्रेसको सोच दिमागबाट निकालि हाले ।
तपार्इ राजनीतिमा आएपछि निकै चर्चा पाउनु भयो तर पनि तपार्इलार्इ अपराधि प ृष्ठभूमिका मान्छे भन्छन् किन ?
-म अपराधी प ृष्ठभूमिको भएको भए मधेश आन्दोलनअघिदेखि नै ममाथि त्यसप्रकारको आरोपहरु लाग्नुपनर्े थियो । तर, मधेश आन्दोलनपछि नै ममाथि किन यस्तो आरोपहरु लागि रह्यो ? तपार्इ नै एकचोटी विचार गनर्ुस् । त्यसको एउटै कारण्ा हो कि मधेश आन्दोलनपछि जुन किसिमले मधेशी नेताहरु बाहिर आए त्यसलार्इ यहाँका शासकहरुले पचाउन सकेन र विभिन्न मुद्दामा फँसाउने काम शुरु गर्यो । यो देशमा आफ्नो अधिकार माग्नु भनेको अपराध जस्तै नै हो । विद्रोहपछि यिनीहरुले देशमा बराबरको हक लिन्छन् भन्दै शासकहरुले फँसाउनु बाहेक अरु केही जानेका छैनन् । यहाँ कोही पनि आफै अपराधी बन्दैनन् । यहाँका नेताहरुले पुलिस प्रशासनसँग मिलेर अपराधी जन्माउने काम गरेका छन् । माओवादीको जन्म कसरी भयो । माओवादी अपराधी त थिएन नि आफ्नो अधिकारका लागि लडेका माओवादीसँग अपराधी जस्तै व्यवहार गर्यो अनि देशभरि माओवादी नै जन्मियो । त्यसैगरि हामीले पनि अधिकार माग्दा काँग्रेस र एमालेले अपराधी भनेर विभिन्न मुद्दामा फँसायो । मेरै ठुलो बुवाबाट ममाथि मुद्दा हाल्न लगाइएको थियो त्यसमा सफार्इ पाए । वीरगंजमा दुर्इ अपहरण्ा काण्डमा ममाथि मुद्दा चलाइयो त्यसमा पनि सफार्इ पाए । बाबुरामको सरकार र मधेशी मोर्चाका नेताहरुमाथि भ्रष्टाचारको आरोप लगाएर मुद्दालार्इ अगाडि बढाएपछि नेताहरुले सुनियोजित ढंगबाट ममाथि मुदा लगायो । त्यही प्रचण्डलार्इ अपराधी भन्दैन नि, प्रभु साह पनि हत्यामा मुछिएका व्यत्तmि हुन् उनलार्इ अपराधी भन्दैनन नि ? टेप प्रकारण्ामा क ृष्ण्ाबहादुर महरा पनि फँसेका हुन उनलार्इ किन अपराधी प ृष्ठभूमिका भन्दैनन् ।
सविधानसभाको चुनावमा तपार्इले एउटा अनौठो प्रचार प्रसारको तरिका अपनाउनु भएको थियो घाँटीमा डोरी बाँधेको पोस्टर टाँसेर र अर्को सविधानसभा चुनावमा भूमिगत शैलीले शपथग्रहण्ा लिनुभयो त्यस्तो अवस्था किन आयो ?
-२०६२(०६३ को मधेश आन्दोलनपछि प्रहरी प्रशासनले मेरा घरपरिवारलार्इ निकै टर्चर गरेर राख्यो । दिनहुँ जस्तै मेरो घरमा गएर । मेरो आमा बुवा, रिश्तेदारलार्इ कुटपिट गनर्े गथर्े । घरका समानहरु फ्याल दिन्थे । भनौ न मेरा घरपरिवारलार्इ उठीवास बनाएका थिए प्रहरीले प्रशासनले । मलार्इ हत्या गनर्े योजना नै थियो राज्यको । अनि मैले लुकेर बसेका थिए । मधेशको कस्तो विड्म्बना, अधिकार माग्यो भने अपराधी बनाउँछ । अनि मैले मधेशको अवस्था हेरेर नै मधेशको सेम्बोलिक रुपमा मैले त्यस प्रकारको पोस्टरहरु टाँसेका थिए । रह्यो शपथग्रहण्ाको कुरा । काँग्रेस निकट भएका कारण्ाले गिरीजाप्रसाद कोइरालाले मन्छे पठाएर मलार्इ बोलाएर सपथग्रहण्ा गराउनु भएको थियो । त्यसले गर्दा काँग्रेसप्रति भmन आकर्ष्ाण्ा बढेर गयो । सपथग्रहण्ा लिएर जब म आफ्नो ग ृह जिल्ला रौतहट पुगे अनि पत्रकारहरुले मलार्इ सोध्यो तपार्इको राजनीतिक गुरु को हो ? मैले त्यसबेला कसैलार्इ गुरु मानेका थिएन र धेरैलार्इ चिनेको पनि थिइन् । त्यतिकैमा एकजना मेरो मित्रले प्रदिप गिरी भन्दिनुना । मैले प्रदिप गिरी नै भन्दिए । त्यसपछि गिरीजाप्रसाद कोइरालालार्इ लाग्यो यो बबनसिह त प्रदीप गिरीको मान्छे पो रहेछन् । अनि त्यही दिनदेखि ममाथि नराम्रो व्यवहार शुरु भएको थियो । सविधानसभामा म धेरैदिनसम्म डेमोत्रmेट राजनीतिक गरे, काँग्रेसकै लाइनमा बसे ।
तपार्इको घरपरिवारलार्इ प्रहरीले टर्चर दिनुको कारण्ा के थियो ?
-मधेश आन्दोलनमा ब्राहम्ण्ा खसवादीको विरोध गरेर आफ्नो अधिकारको लागि कुरा गर्दा राज्यलार्इ यो कुरा असहय भएपछि हामीलार्इ टर्चर दिएको हो । हामीमाथि कुनै प्रकारको अपराधिक मुद्दाहरु थिएन यदि थियो भने अहिले पनि त्यो रेकर्ड होला नि तपार्इ पनि हेर्न सक्नुहुन्छ ।
त्यसबेला त्यस्तो विरोध सिरहा, सप्तरी, धनुष्ाा, महोत्तरीलगायतका जिल्लामा पनि भएको थियो तर तपार्इलार्इ जतिको टर्चर अरु कसैलार्इ दिएको छैन तपार्इलार्इ मात्र किन ?
-हुन सक्छ खस ब्रहमण्ावादीहरुलार्इ रौतहटभन्दा अरु ठाउँमा बढी विरोध नभएको हुनसक्छ । मैले लड्ने क्ष्ोत्रबाट माधवकुमार लड्नुपनर्े भएकाले पनि मलार्इ त्यहाँबाट हटाउनका लागि यस्तो गरेको हुनुपर्छ । त्यसबेला म कुनै पार्टीमा थिइन् । यदि त्यसबेला म कुनै पार्टीमा भएको भए यस्तो अवस्था हुने थिएन । प्रभू साहमाथि किटानी जाहेर पर्यो तर उसको लागि मुद्दा दायर भएन अदालतले मुद्दा दायर गरेन ।
पाँचवर्ष्ाको अवधिमा मधेशी जनअधिकार फोरमले गरेका वाचाहरु पुरा गरेन यो जनताको आरोप हो । जनताको यस्तो आरोप लागि रहँदाकै अवस्थामा तपार्इ फोरममा जानु भयो किन ?
-उपेन्द्रजीले फोरम गठन गरेर आन्दोलन गनर्ुभयो । आन्दोलन सफल भएपछि त्यसमा थुप्रै काँग्रेसका एजेन्टहरु प्रवेश गरे र फोरमलार्इ विभाजन पारेर कमजोर बनाए जसले जनतामा निकै भ्रम उत्पन्न भयो । फोरमका आडमा काँग्रसीहरुले चुनाव लडे । चुनाव पनि जिते । त्यसपछि सविधान निर्माण्ाको कार्य शुरु भयो । फोरमको मुख्या माग थियो । संघीयता स्वयत्तता र आत्मनिर्ण्ायको अधिकार । जब कि यो कुरा काँग्रेस र एमालेका एजेण्टहरुलार्इ पचेका थिएन । र, विदेशीको आडमा पटक पटक पार्टी विभाजन गराए । फोरम पटक पटक टुट्दा पनि उपेन्द्र यादव टुट्नु भएन आफ्ना मुद्दामा अडिग रहे र आजसम्म त्यसलार्इ निरन्तरता दिइरहेका छन् । त्यसैले कारण्ाले उपेन्दजीको साथलार्इ मैले रोजे ।
सविधानसभा चुनावमा तपार्इ आफ्नो क्ष्ोत्रमा कमजोर देखिएको कारण्ा फोरम जस्तो ठुला पार्टीलार्इ समात्नु भने आरोप छ के भन्नु हुन्छ यसको बारेमा ?
-लगभग १८(२० भयो आफ्नो क्ष्ोत्र घुमेको त्यहाँ त मेरो अवस्था शुन्य हुनुपनर्े हो नि । प्रधानमन्त्री भइसकेका माधव नेपाल महिनामा एक चोटी दुर्इ चोटी त्यहाँ पुगेकै हुन्छन् त्यतिकै उहाँ जित्नुपनर्े हो नि । पछिल्लो चुनावमा फोरमले ६२(६३ सय भोट पाएको थियो त्यही भोटले म जित्न सक्दिन त्यो कुरा जग जाहेर नै छ । सायद अहिले फोरमको भोट त्यो भन्दा बढी नभएको होला । २०(२२ महिनादेखि माधव नेपाल रेगुलर क्ष्ोत्रमा घुमिरहेका छन् तर एमालेका नेताहरु एमाओावादीमा प्रवेश गरिरहेका छन् । तर मसँग भएका कार्यकर्ता, नेता तथा शुभचिन्तकहरु कहि कतै गएको छैन । त्यस अवस्थामा म फोरममा आउनु न आउनुले कुनै अर्थ राख्दैन । म मुद्दाको आधारमा फोरममा आएको हुँ जित्नका लागि म त्यतिकै स्वतन्त्रमा पनि जित्न सक्छु वा अरु पार्टीमा गएर पनि जित्न सक्छु । माधव नेपालसँग कुनै प्रतिस्पर्धा नै छैनन् । उहाँ त्यो क्ष्ोत्रमा सातौ आठौ स्थानको हैसियतमा आउनु हुन्छ ।
भन्छन् व्यत्तmित्व टक्कराव र राजनीतिक टक्करावले बबन सिह र प्रभु साहबीच जिल्लामा टक्कर छन् त्यो साँच्चै हो ?
-त्यसमा कुनै सत्यता छैन । म र प्रभु साहबीच कुनै टक्कर छैन । उहाँ एमाओवादी नेता र म स्वतन्त्र नेता (अहिले आएर फोरम) किन हुनु टक्कर । उहाँ सत्तामा रही सकेका र जहिले पनि सत्ताको नजिक रहेका मान्छे अनि कसरी हुन्छ टक्कर । न म आजसम्म कुनै सरकारी कार्यालयमा गएको छु न प्रहरी प्रशासनमा गएको छु । मलार्इ त्यहाँ जान कुनै आवश्यकता नै छैन । जनताको काम लाग्छ जनता आफै जान्छन् त्यहाँ कुनै समस्या पर्यो भने उ आफै सल्ट्याउँछन् । कुनै अवैद्य कार्य गर्दिन कि प्रहरी प्रशासनसँग सम्पर्क गनर्ुपरोस् । अब प्रभु साह जिल्लामा के गरिरहेका छन् के सँग भेट्छन् कहाँ जान्छन् त्यो मेरो राजनीतिक सरोकारको विष्ाय होइन ।
फोरममा तपार्इको हैसियत के हुन्छ ?
-फोरममा मलार्इ कुनै लोभलालच छैन । म जनताको काम गर्नका लागि यहाँ आएको हुँ । जनतालार्इ सेवा गरौ भावनाले म मात्र त्यसमा गएको हुँ अरु केही छैन ।
फोरमका अध्यक्ष्ा उपेन्द्र यादवलार्इ मानर्े सुपारी तपार्इलार्इ आएको थियो रे त्यसमा कतिको सत्यता छ ?
-एकदम सही कुरा हो । देशको ठुला तस्कर एवं डन रौतहटका शम्भु साह, तत्कालिन एसपी योगेश्वर रोमखामी र तत्कालिन ग ृहमन्त्री क ृष्ण्ा सिटौला तीनै जनाले मलार्इ फोन गरेर उपेन्द्र यादवलार्इ हत्या गर्न भनेको थियो । त्यसवापत उनीहरुले कुनै पनि मुद्दा नलगाउने र चाहिने जति रकम पनि दिने लोभ दिएको थियो । उनीहरुको डरले त्यसबेला म नार्इ भन्न सकिन र घर गएर भागे इण्डिया भागेर लुके । उनीहरुले एउटा मधेशीबाट अर्को मधेशीलार्इ हत्या गराउन प्रयास गरेका थिए । म मानिन् त्यसले गर्दा उहाँहरुको मिलोमतोमा मलार्इ निकै धम्की आयो । भारतमा पनि अपराधीहरुबाट मलार्इ खोज्ने काम भइरहेको थियो । मेरा घरपरिवारलार्इ धम्काउने तर्साउने काम भयो ।


तपाईको प्रतिक्रिया