मधेश विद्रोहअािघ मधेशवेश पार्टीको रुपमा नेपाल सद्भावना पार्टी मात्र थियो । मधेश विद्रोहसँग जन्मेका मधेशी जनअधिकार फोरम नेपाल र त्यसपछि तरार्इ मधेश लोकतान्त्रिक पार्टी गरी तीन पार्टी मात्र थिए । तर सद्भावना, फोरम र तमलोपाबाट विभाजन हुँदै अहिले मधेशमा मात्र त्रिmयाशिल रहेका एकदर्जनभन्दा बढी दलहरु छन् । यही दलका नेता तथा कार्यकर्ताहरु अहिले विभिन्न दलहरु चहारी रहेका छन् । मधेशका प्रमुख दलका नेताहरु पनि एउटै दलमा टिक्न सकेन भने कार्यकर्ताको कुरौ वेग्लै । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादव पनि तीनवटा दल परिवर्तन गर्दै फोरमका अध्यक्ष्ा बन्नुभएको छ भने विजयकुमार गच्छदार पनि काँग्रेसमा लामो राजनीतिक गरेपनि विभिन्न दल हुँदै अहिले फोरम लोकतान्त्रिकको अध्यक्ष्ा बन्नुभएको छ । काँग्रेसमा लामोसमयमा राजनीतिक गनर्े जयप्रकाश गुप्ता पनि विभिन्न दल चहादर्े अहिले तरार्इ मधेश राष्टि्रय अभियानमा सिमिति हुनुभएको छ । शरत्सिह भण्डारी भण्डारीपनि पाँचवटा दल चहार्दै अहिले आफ्नै नेत ृत्वमा राष्टि्रय मधेश समाजवादी पार्टी खोलेर बस्नु भएको छ । महेन्द्रराय यादव पनि तीनवटा दलहुँदै अहिले आफ्नै नेत ृत्वमा तरार्इ मधेश लोकतान्त्रिक पार्टी नेपाल गठन गनर्ुभएको छ । राजेन्द्र महतो नेपाल सद्भावन पार्टीबाट राजनीति शुरु गरेपनि सोही पार्टीमा विभिन्न उतार चढाव भmेल्दै अहिले आफ्नै नेत ृत्वमा सद्भावना पार्टी गठन गनर्ुभएको छ । महन्थ ठाकुर काँग्रेस हुँदै आफ्नै नेत ृत्वमा तमलोपा गठन गनर्ुभएको छ । त्यस्तै राजकिशोर यादव मधेश आन्दोलनबाट राजनीतिक शुरु गरेपनि फोरम नेपाल हुँदै जेपी गुप्ता अध्यक्ष्ा रहेका फोरम गण्ातान्त्रिकमा सहअध्यक्ष्ा थिए भने पछि जेपी जेल गएपछि आफ्नै नेत ृत्वमा महाधिवेशन गरार्इ फोरम गण्ातन्त्रको अध्यक्ष्ा बन्नुभयो । यी हुन् मधेशमा राजनीतिक गनर्े प्रमुख दलहरु तर यी नेताहरु पनि स्थिर भएर कहिले राजनीतिक गनर्ुभएन । एकअर्काको नेत ृत्व स्विकार नगर्दै आआफ्नै नेत ृत्वमा एउटा एउटा पार्टी बनाउनुभयो । र, त्यो त्रmम अहिले जारी छन् । भर्खरै नेकपा एमालेमा प्रवेश गनर्ुभएका रत्नेश्वरलाल गोइतले ६ वटा दल चहार्दै एमालेमा फर्किनु भएको छ । तीस वर्ष्ा कम्युनिष्ट आन्दोलनमा बिताउनुभएको् गोइत पाँचवर्ष्ा अगाडि एमाले पार्टीबाट फोरममा प्रवेश गनर्ुभएको थियो । फोरममा एकवर्ष्ा नपुग्दै गच्छदारको पार्टी फोरम लोकतान्त्रिकमा जानुभयो । सो पार्टीमा एकवर्ष्ा नपुग्दै तरार्इ मधेश फोरममा प्रवेश गनर्ुभएको थियो । त्यहाँ ६ महिना पनि टिक्न सक्नुभएन र धनुष्ाामा उहाँले आफ्नै नेत ृत्वमा एक छुट्टै पार्टी गठन गर्नुभएको थियो । त्यो पार्टीलार्इ एकवर्ष्ा पनि चलाउन सक्नुभएन र तमलोपा नेपालमा सह महामन्त्रीको पदमा प्रवेश गनर्ुभयो । त्यहाँ सात महिना नपुग्दै एमालेमा फर्किनु भएको छ । राष्टि्रय प्रजातन्त्र पार्टीबाट २०४८ मा काँग्रेसमा प्रवेश गनर्ुभएका शरत्सिह भण्डारीले लगभग १५ वर्ष्ाभन्दा बढी समय बिताएर फोरमहुँदै गच्छदारसँगै बाहिरिएर फोरम लोकतान्त्रिक गठन गनर्ुभएको थियो । वरिष्ठ नेता गच्छदारसँगै सो पार्टीमा साढे चारवर्ष्ा गनर्ुभयो । गच्छदारसँग मन्त्री पदको लागि विवाद भएपछि उहाँ आफ्नै नेत ृत्वमा राष्टि्रय मधेश समाजवादी पार्टी गठन गनर्ुभयो । पूर्व मन्त्री एवं पूर्व सभासद् जयप्रकाश गुप्ता काँग्रेस हुँदै फोरममा प्रवेश गनर्ुभयो । अध्यक्ष्ा उपेन्द्र यादवसँग खटपट भएपछि १३ जनासभासद् लिएर गुप्ताले पाँचवर्ष्ा नपुग्दै आफ्नै नेत ृत्वमा फोरम गण्ातान्त्रिक पार्टी गठन गनर्ुभयो । फोरम गण्ातान्त्रिकबाट एमाओवादीका उपाध्यक्ष्ा बाबुराम भट्टरार्इ नेत ृत्वको सरकारमा सञ्चार मन्त्री रहेकै बेला भ्रष्टाचार मुद्दामा जेल पनर्ुभएका गुप्ता १३ महिनापछि रिहायपछि तरार्इ मधेश राष्टि्रय अभियान गठन गरेर मधेश दौडाहामा हुनुहुन्छ । नेकपा मानन्धर समूहबाट एमालेमा प्रवेश गनर्ुभएका उपेन्द्र यादव एमालेबाट माओवादीमा प्रवेश गनर्ुभएको थियो । माओवादीमा रहेकै बेला मधेशमा मानवअधिकारका लागि काम गनर्े संस्थाको रुपमा मधेशी जनअधिकार फोरम नेपालको जन्म दिनुभएको थियो । र, पछि सोही फोरम नेपालबाट मधेश आन्दोलन भयो र आन्दोलनपछि त्यसलार्इ पार्टीको रुप दिर्इ अहिले उहाँ त्यसको अध्यक्ष्ा हुनुहुन्छ । पूर्व मन्त्री गच्छदार पनि काँग्रेसमा लामो समय काम गरी काँग्रेस विभाजन हुँदा शेरवहादुर देउवाको पक्ष्ामा लाग्नु भएको थियो । काँग्रेसमा एकीकरण्ा भएपछि मधेश राजनीतिमा पाइला टेक्नु भएका उहाँ जेपी गुप्तासँगै फोरम नेपालमा प्रवेश गनर्ुभएको थियो । फोरम नेपालबाट ०६६ सालमा अलग भएर आफ्नै नेत ृत्व फोरम लोकतान्त्रिक गठन गनर्ुभयो ।नेकपा (मानन्धर समूह) बाट राजनीतिक शुरु गनर्ुभएका पूर्व सभासद् एवं पूर्व मन्त्री महेन्द्र राय यादव एमालेमा धेरै समय काम गनर्ुभयो । त्यहाँबाट राजिनामा दिएर महन्थ ठाकुरसँगै तमलोपा गठन गनर्ुभएका उहाँले दुर्इ वर्ष्ापछि आफ्नै अध्यक्ष्ातामा तमलोपा नेपाल गठन गनर्ुभयो । फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देव २०३० मा नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समूह) हुँदै एमाले, त्यसपछि माले र पुन: एमाले हुँदै फोरम नेपालमा प्रवेश गनर्ुभएको थियो । फोरम नेपालबाट विजयकुमार गच्छदार अलग भएपछि उहाँ पनि फोरम लोकतान्त्रिकमा प्रवेश गनर्ुभयो । रामेश्वर राय यादव राप्रपा हुँदै नेपाल सद्भावना पार्टीमा लाग्नुभयो । स्वं गजेन्द्रनारायण्ा सिहसँग मन्त्रीपदको विवादले गर्दा उहाँले आफ्नै अध्यक्ष्ातामा नेपाल समाजवादी पार्टी खोलेर वन मन्त्री हुनुभएको थियो । पछि पुन: नेपाल सद्भावना पार्टीमै फर्किनु भयो । सद्भावना पार्टीबाट मधेश आन्दोलनपछि फोरम नेपालमा प्रवेश गनर्ुभएका उहाँ ०६६ मा गच्छदारसँगै फोरम लोकतान्त्रिक पार्टी गठनमा लाग्नुभयो । राप्रपाका जिल्ला नेता दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरी संसद सदस्य बन्नुभएका थियो । तर उहाँ एमाले छाडेर नेपाल सद्भावना पार्टीमा प्रवेश गनर्ुभयो । मधेश आन्दोलनपछि तमलोपामा प्रवेश गनर्ुभएका उहाँ दुर्इ वर्ष्ा नपुग्दै महेन्द्रराय यादवको साथमा तमलोपा नेपाल गठन गर्नपुग्नुभयो । सद्भावना पार्टीबाट राजनीति शुरु गरेकी करिमा बेगम मधेस आन्दोलनसँगै फोरम नेपालमा आउनु भएको थियो । उहाँ दुर्इ वर्ष्ा नपुग्दै विजय गच्छदारको फोरम लोकतान्त्रिकमा प्रवेश गनुर् ृभयो । फोरम लोकतान्त्रिकमा तीन वर्ष्ा नपुग्दै अहिले फोरममा प्रवेश गनर्ु भएको छ । सद्भावना पार्टीबाट राजनीतिक शुरु गनर्ुभएकी सन्ध्या देव फोरम नेपाल, फोरम गण्ातान्त्रिक हुँदै अहिले शरत्सिह भण्डारीको राष्टि्रय मधेश समाजवादी पार्टीमा केन्द्रीय सदस्य हुनुहुन्छ । राजनीतिबाट एकाएक ओभmेल परेका नन्दन दत्त पनि काँग्रेसबाट उपेन्द्र यादवको पार्टी फोरम नेपालमा प्रवेश गनर्ुभएको थियो । २०६८ मा फोरम नेपाल विभाजन गरेर जेपी गुप्तासँगै उहाँ फोरम गण्ातान्त्रिकमा जानुभयो । फोरम गण्ातान्त्रिकका तत्कालिन अध्यक्ष्ा जेपी गुप्ता जेल परेपछि राजकिशोर यादवसँग विवाद उत्पन्न भयो र आफूलार्इ फोरम गण्ातान्त्रिकको कार्यवाहक अध्यक्ष्ा दावी गर्दै आउनु भएको थियो । काँग्रेसमा लामो समयसम्म कार्य गनर्ुभएका सर्वदेव ओभmा पनि मधेश आन्दोलनसँगै फोरम नेपालमा प्रवेश गनर्ुभएको थियो । फोरम नेपाल विभाजन भएपछि गच्छदारको पक्ष्ामा लागेका उहाँ त्यहाँ तीनवर्ष्ा पनि टिक्न सक्नु भएन र राजिनामा दिएर हाल जेपी गुप्ताको तरार्इ मधेश राष्टि्रय अभियानमा सत्रिmय रहनु भएको छ ।प्ाार्टी बदल्नमा अभ्यस्त देखिनुभएका अनिस अन्सारीले नेपाल सद्भावना पार्टीबाट राजनीति शुरु गनर्ुभएको थियो । केही समयका लागि काँग्रेसमा पनि काम गनर्ुभएको थियो । काँग्रेसबाट तमलोपामा आउनु भएका उहाँले महेन्द्रराय यादवसँग तमलोपा नेपालमा पनि काम गनर्ुभएको थियो तर विभिन्न कारण्ा देखाउँदै सबैलार्इ छाडेर पुन: राजेन्द्र महतो अध्यक्ष्ा रहेको सद्भावना पार्टीमा फर्किनु भएको छ । भर्खरै फोरम नेपालमा प्रवेश गनर्ुभएका पूर्व स्वतन्त्र सभासद् बबन सिह काँग्रेस प ृष्ठभूमिबाट राजनीतिमा लाग्नुभएको हो । रौतहट क्ष्ोत्र नं. १ बाट स्वतन्त्र सभासद्मा जित्नुभएका उहाँ सविधानसभा रहेकै बेला अविर माला लगाएर तमलेपामा प्रवेश गनर्ुभएको थियो । तर तमलोपाबाट कहिले निस्किएर पुन: स्वतन्त्र हुनुभयो त्यो जानकारी तमलोपालार्इ समेत हुन सकेन ।सविधानसभा विघटनपछि काँग्रेसमा जाने उद्घोष्ा गरिसक्नुभएका उहाँले काँग्रेसको विभिन्न मञ्चबाट भाष्ाण्ाा समेत गनर्ुभएको थियो । बेला बेलामा माओवादीमा जाने समेत उहाँले नै चर्चा गनर्ुहुन्थ्यो । यसरी विभिन्न पार्टीमा जाने चर्चा चलिरहेकै बीचमा उहाँ फोरममा प्रवेश गनर्ुभएको छ । भैरहवाका प्रत्यक्ष्ा निर्वाचित पूर्व सभासद् ओमप्रकाश गुल्जारी पनि विभिन्न पार्टीको स्वाद चाख्दै हालै सद्भावना पार्टीमा प्रवेश गनर्ुभएको छ । मधेश आन्दोलनसँगै फोरम नेपालबाट राजनीतिक यात्रा शुरु गनर्ुभएका उहाँ जेपी गुप्तासँगै फोरम गण्ातान्त्रिकमा जानु भएको थियो । गुप्ता जेल परेपछि कहिले राजकिशोर त कहिले नन्दन दत्तको पक्ष्ामा ओहर दोहर गनर्े गुल्जारी जेपीको रिहाइपछि अभियानमा लाग्नु भएको थियो । अभियानमा तीन महिनामात्र टिक्न नसकेका उहाँ सद्भावना पार्टीमा प्रवेश गनर्ुभएको छ । सद्भावना पार्टीबाट राजनीति शुरु गनर्ुभएका प्रमोद गुप्ता फोरम हुँदै, फोरम लोकतान्त्रिक र अहिले शरत् सिह भण्डारीको पार्टी राष्टि्रय मधेश समाजवादी पार्टीमा हुनुहुन्छ । नेपाल सद्भावना पार्टीबाट राजनीतिक शुरु गनर्ुभएका महेश यादव राजेन्द्र महतोको पार्टीमा हुनुहुन्थ्यो । पछि अनिल भmाले संघीय सद्भावना पार्टी गठन गनर्ुभयो त्यसमा जानु भयो अनि हाल अहिले फोरममा प्रवेश गनर्ुभएको छ । हालै फोरममा प्रवेश गनर्ुभएका देवन्द्र यादवको अवस्था पनि महेश जस्तै छ । योगेन्द्रराय यादव पनि नेपाल सद्भावना पार्टीबाट राजनीतिक शुरु गनर्ुभएको थियो । फोरममा सत्रिmय भएर राजनीतिमा लाग्नु भएका उहाँ अहिले पुन: राजेन्द्र महतोको सद्भावना पार्टीमा प्रवेश गनर्ुभएको छ ।



तपाईको प्रतिक्रिया