पत्रकारहरुको हकहितका लागि खासगरी मधेशी पत्रकारको हितमा काम गर्न भर्खरै गठन भएको मधेशी पत्रकार संघले थारै दिनमा चर्चा पाउन थालेका छन् । देशैभरि विभिन्न सञ्चार क्षेत्रमा क्रियाशिल मधेशी पत्रकारहरुको यो छाता संगठनले दलका नेताहरुलाई भेटेर सञ्चारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराउन थालेका छन् ।
१० बुँदे विभिन्न मागहरु राखेर ध्यानाकर्षण गराउने क्रममा यो समाचार तयारपर्दासम्म संघले तीनजना पार्टी अध्यक्षलाई भेटीसकेका छन् । पहिलोदिन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्रराय यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीलाई भेटेका थिए भने दोस्रो दिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई समेत भेटेका छन् ।
ध्यानाकर्षणपत्र बुझ्दै भने, मधेशी समाज संघर्षका लागि नै जन्मेको छ भने त्यसमा मधेशी पत्रकारहरु कसरी अछुतो रहन् सक्छ ।’ तपाईहरुको हरेक संघर्षमा आफूहरुको प्रतिवद्धता रहने छ, संघका पदाधिकारीसँग कुरा गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भन्नुभयो । उहाँले सञ्चारमाध्यममा रहेका मधेशी पत्रकारहरुमाथि कस्तो विभेद छ भने कुराबाट आफू अवगत रहेको बताउँदै आफ्नो दलबाट त्यसप्रकारको विभेद हटाउन गर्नुपर्ने हरेक प्रकारको कार्य गर्न तयार रहेको आश्वासन दिनुभयो । नव गठित संघका पदाधिकारीहरुको कार्यकालको सफलताका लागि शुभकामना समेत दिनुभयो ।
अध्यक्ष शरत्सिह भण्डारीले यो मधेशी पत्रकार संघ कुनै पार्टीको भातृ संगठन भएर मधेशको हितमा काम गरोस् भनि सुझाव दिनुभयो । पत्रकारीता क्षेत्रमा पनि मधेशी पत्रकारहरुमाथि विभेद रहेका स्विकार गर्दै त्यसलाई हटाउनका लागि पत्रकारहरुले गर्ने हरेक संघर्षमा आफ्नो पार्टीको पूर्ण सहयोग र समर्थन रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो पार्टी पत्रकारहरुलाई सुचना प्रंदान गर्नका लागि प्रयासरत रहेको र आउनेदिनमा गुनासो कुनै ठाउँ रहन दिने प्रतिवद्धता जनाउनुभयो ।
तमलोपा नेपालका महेन्द्र यादवले संघले राखेको सम्पूर्ण मागहरु जायज रहेको छ र त्यसप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताउनु भयो । मधेशी पत्रकार र पत्रकारीताप्रति आफ्नो दल सदैव संवेदनशिल रहेको र रहनेछ पनि, मधेशी पत्रकार र पत्रकारीता विकासका लागि गर्नुपर्ने सहयोग र योगदानका लागि हरमद तयार रहने प्रतिवद्धता अध्यक्ष यादवले जनाउनु भएको थियो ।
मधेशी पत्रकार संघले मधेशवादी दललगायत गैरमधेशवादी दल र बुद्धिजिवी, कलाकार, वरिष्ठ पत्रकार तथा पत्रपत्रिकासँग प्रतिष्ठित संघ संस्थालाई भेटेर ध्यानाकर्षण बुझाउनु कार्यक्रम रहेको संघका अध्यक्ष कुमार विवेकानन्द मिश्रले जानकारी गराउनुभयो ।
ध्यानाकर्षण पत्रका बुँदाहरु
१. तत्कालीन सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच राज्यका सम्पूर्ण निकायलाई समावेशी बनाउने सम्झौता भए पनि ती सम्झौता कार्यान्वयन हुन सकेको छैन । राज्य मातहतको सरकारी सञ्चारमाध्यम समावेशी चरित्रको छैन, सरकारी सञ्चारसंस्थाको सञ्चालक समिति, पदपूर्ति समिति समावेशी आधारमा गठन भएको छैन ।
२. मधेशसम्बद्ध सञ्चारसंस्थाको निरन्तर संघर्षपछि तत्कालीन सरकारले सञ्चारमाध्यमलाई समावेशी बनाउनेसम्बन्धी आयोग गठन गरेको र त्यो आयोगले सरकारसमक्ष प्रतिवेदन बुझाइसकेको छ । तर आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन,
३. प्रेस काउन्सिलबाट वर्गीकरण हुँदा मधेश केन्द्रित पत्रपत्रिका र मोफसलबाट प्रकाशित समाचारपत्रप्रति विभेद हुने गरेको छ,
४. सरकारबाट पत्रपत्रिकालाई उपलब्ध गराइने विविध सेवा सुविधामा विभेद कायमै छ । मधेशका पत्रपत्रिका, पत्रकार र स्थानीय सञ्चारसंस्थालाई पनि समान रुपले सरकारी सेवा सुविधा उपलब्ध हुन सकेको छैन,
५. राज्यनियन्त्रित सञ्चारमाध्यममा मधेशकेन्द्रित र मधेशी नेताका समाचारहरु प्रकाशन प्रसारणमा समेत पूर्वाग्रही हुने गरिएको छ,
६. अत्यन्त न्यून संख्यामा रहेका मधेशी महिला पत्रकारहरुको पेशागत सुरक्षा र पेशाप्रतिको निरन्तरताका लागि प्रोत्साहित गर्ने लगायतका कुनै योजना सरकारी वा गैरसरकारी स्तरबाट हुनसकेको छैन ।
७. मधेशवादी दल र मधेशी नेताहरुसमक्ष मधेशी सञ्चारकर्मीकै सहज पहुँच हुन सकेको छैन, सञ्चारमाध्यमा सहज रुपमा समाचार वा सूचना प्रवाह हुन सकेको छैन,
८. मधेशवादी दलमा आफैले सूचना वा समाचार दिने परिपाटी व्यवस्थित हुन सकेको छैन, सूचना प्रवाह गर्नका लागि प्रवक्ता तोक्ने, सञ्चारसम्बन्धी विशेषज्ञता हासिल गरेका वा सञ्चारकर्मीसँग सहज सम्बन्ध स्थापित हुनसक्ने व्यक्तिलाई प्रवक्ता वा प्रेस सवांहकको जिम्मेवारी दिने र सञ्चारकर्मीसँग नियमित सम्पर्कमा रहिरहने सुव्यवस्थित परिपाटीसमेत प्रारम्भ हुन सकेको छै्रन,
९. मधेशकेन्द्रित पत्रपत्रिका मधेशवादी नेताहरुबाट नै उपेक्षाका शिकार हुनुपरेको छ, जसका कारण मधेशी पत्रपत्रिकाको अपेक्षाकृत उत्थान हुन सकेको छैन,
१०. मधेशी सञ्चारकर्मी र मधेशी राजनीतिक दलबीचको दुरी बढ्दै गएको छ, मधेशी पत्रकार र मधेशी नेताबीच नियमित भेटघाट गर्ने परिपाटी व्यवस्थित हुन सकेको छैन ।



तपाईको प्रतिक्रिया