मोदीले देउवालाई अचानक बोलाउँदा बालुवाटारमा छटपटी 

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अचानक भारत बोलाउनु भएको छ । त्यसले नेपालस्थित चिनियाँ राजदूतावास बालुवाटारमा छटपटी बढेको छ । अमेरिकी परियोजना मेलेनियम च्यालेन्ज कर्पोरेशन पारित भएपछि बेइजिङसम्म तरङ्गित भएको थियो । र, बेइजिङ्ले नेपालका कम्युनिष्ट नेताहरुलाई धमाधम चीन बोलाउन थाल्यो । माओवादी केन्द्र तथा नेकपा एमालेका शीर्ष नेताहरु विभिन्न बहानामा चीन जानुभयो ।

त्यतिले नपुगेपछि चिनियाँ विदेशमन्त्री वाङ आफै नेपाल आइपुग्नुभयो । नेपाल जानुभन्दा पहिले वाङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न चाहनु भएको थियो । त्यही अनुसार उहाँले योजना बनाएर बेइजिङ छाड्नु भएको थियो । पाकिस्तान, अफगानिस्तान हुँदै भारतको भ्रमण गरेर नेपाल आउने चाहना वाङको थियो तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तिम समयमा वाङसँग भेट्न इन्कार गरेपछि उहाँ एकदिन अगाडि नै नेपाल आउनुभएको थियो । नेपालमा वाङको भ्रमण चैत १२ र १३ गते थियो तर एकदिन अघि नै नेपाल आइपुग्नु भएको थियो । चीनले नेपालमा वामगठबन्धन बनाउन र बीआर कार्यान्वयनमा ल्याउन दवाव दिनका लागि वाङलाई पठाएको स्पष्ट संकेत थियो । त्यसको साक्षि भारत बन्न चाहेको थिएन । त्यसैले वाङसँग भेट्न इन्कार मात्र गर्नुभएन उहाँले प्रधानमन्त्री देउवालाई भारतको औपचारिक भ्रमणका लागि निम्तो दिनुभयो । जतिबेला प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो दिन तय भइरहेको थियो त्यतिबेला वाङ पाकिस्तानमा हुनुहुन्थ्यो ।

वाङ नेपाल आएपछि द्वारिका होटलमा जब चिनियाँ दूतावासको ब्रिफिङ गरे त्यतिबेला मात्र थाह पाउनु भयो कि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसपछि वाङले तत्कालै आफ्ना रणनीति चेन्ज गर्नुभयो । उहाँले नेपाललाई अनावश्यक दवाव दिन उचित ठान्नु भएन । समान्य खालको एग्रिमेन्ट गरेर उहाँ चीन फर्किनुभयो । वाङले बीआरआइको विषयमा चर्चा नै गर्नु भएन । जब कि विशेष रुपले त्यसमा कुरा गर्न आउनु भएको थियो । यता, वाम गठबन्धन बनाउनका लागि खासै पहल गर्नुभएन । अहिलेको वर्तमान सरकार चीनको फेवरमा छैन । केही दवाव दियो भने लेनाको देना पर्छ भनि सोचेर वाङ यहाँको वस्तुस्थिति बुझेर नेपाल फर्किनु भयो ।

गत पुसको अन्तिम सात भारत भ्रमणमा जान देउवा तयार हुनुहुन्थ्यो । तर अन्तिम समयमा भारतले त्यो भ्रमण नै रद्द गर्यो । त्यसपछि प्रधानमन्त्री देउवाले तत्कालै भारत भ्रमणमा नजाने मनस्थितिमा पुग्नुभयो । चुनावको मिति घोषणा भएको थियो । उहाँ चुनावको तयारीमा लाग्नु भएको थियो । तर अचानक भारत भ्रमणको निम्तो आयो । भारतले चैत १० गते कुटनीतिक मध्यमबाट नेपालसँग सल्लाह गर्यो र चैत १४ गते भ्रमणका मिति नै फाइनल गर्यो । चैत १८ गते देउवा भारत भ्रमणमा जाने निश्चित भयो । यो यति अचानक भयो कि प्रधानमन्त्री देउवालाई सोच्ने फुर्सद पनि भएन । यसले गर्दा चिनियाँ दूतावास निकै छटपटिएका छन् ।

भारतले अचानक प्रधानमन्त्री देउवालाई किन बालायो भने थाह पाउन दूतावास छटपटिएको छ । भारतले साइलेन्टली एमसीसी पास गराउनमा सफल भएपछि नेपालमा पुनः आफ्नो उपस्थिति देखाउनका लागि चीनको हरेक रणनीतिलाई फेल गराउने संकेत स्वरुप भारतले अचानक देउवालाई बोलाएको छ ।

चीन भ्रमणबाट चैत १४ गते फर्किनु भएका माओवादी केन्द्रका नेता वर्षमान पुन त्यसको भोलीपल्ट विहानै आफ्ना श्रीमती ओन्सारी घर्तिमगरसहित पार्टीका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएको थियो । चीनमा चिनियाँ नेताहरुसँग भएको भेटघाट र त्यहाँबाट ल्याएका सन्देश सबै अध्यक्ष प्रचण्डलाई ब्रिफिङ गर्नुभयो । नेता पुनको ब्रिफिङ सुनेर अध्यक्ष प्रचण्डले ९ः३० वजे बालुवाटा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जानु भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते अपराह्न काठमाडौं उत्रिएकै दिन माओवादी केन्द्रका नेता देव गुरुङ सहित नेता वर्षमान पुन र ओनसरी घर्ती चीनतर्फ उडनु भएको थियो । त्यो संयोज मात्र थिएन । त्यसअघि एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, पुष्प कँडेल लगायतको टोलीले चीनको भ्रमणमा जानु भएको थियो । उहाँहरु पनि चीनबाट फर्किनु भएको छ । चीनबाट फर्केपछि चीनबाट पठाएको सन्देश दुवै दलाक नेताहरुले आआफ्ना पाटीृका अध्यक्षलाई सुनाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया