पछिल्लो समयमा नेपालमा विभिन्न देशबाट उच्चस्तरीय भ्रमण भइरहेको छ । अरु देशबाट जोसुकैका भ्रमण भएपनि भारत र चीनतर्फबाट हुने कुनैपनि भ्रमणलाई यहाँ अर्थपूर्ण रुपमा लिएका हुन्छन् ।
त्यसमा पनि भारतबाट सानाभन्दा साना भ्रमणलाई यहाँ नेपालमा नोटिस गरिएका हुन्छन् । अहिले त्यहीबाट उच्च स्तरीय भ्रमणहरु भइरहेका छन् ।
कतिपयले नेपाल–भारतको बीचमा चलिरहेको सीमा विवाद समाधानका लागि उच्चस्तरीय भ्रमण भइरहेको छ भने कतिपयले चीन र भारतले आआफ्नो विदेश नीतिअन्तर्गत नेपाललाई आफ्नो आआफ्नो प्रभावमा पार्न यो भ्रमणहरु भइरहेको टिप्पणी गरिरहेको छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको सीमा विवादलाई लिएर नेपाल र भारतबीचको बीचमा विवाद चलिरहेको छ । सोही विवादका कारण दुई देशको बीचमा भ्रमणहरु ठप्प थिए ।
भारतले जुन प्रकारको उच्च स्तरीय भ्रमणको शुरुवात गरेको छ त्यसले नेपालसँग देखिएको विवादलाई समाधान गर्न चाहेको आँकलन नेपालमा भइरहेको छ । जबकी यसअघि नेपालले भारतलाई पटक पटक वार्ताका लागि आग्रह गरेको थियो ।
सीमा विवाद समाधानका लागि विभिन्न नोटहरु पनि पठाएको थियो तर भारतीय सरकारले कुनै वास्ता नगरेको थिएन तर अहिले पछिल्लो समय जुनस्तरको भ्रमणहरु शुरु भएको छ त्यसले अवश्य कुनै कुराको संकेत गरेको छ ।
या भारतले कुनै गेम प्लानिङ गरिरहेको छ अथवा नेपालसँग गरिएको व्यवहार गलत हो भनि महशुस गर्दै सम्बन्धलाई विस्तारका लागि अघि बढेका छन् जस्तो लागेको छ ।
विदेश मामिलाका जानकार टंक कार्कीले भन्नुभयो, भारतले नेपालसँग सम्बन्ध सुधारका लागि हात बढाएको हो किनभने जुन स्तरको नेपाल भ्रमण भइरहेको छ त्यसले प्रष्ट हुन्छ कि भारतले आफ्नो गल्ती महसुस गर्दै नेपालसँग सम्बन्ध सुधारका लागि हात अगाडि बढाएको हो नत्र यसअघि नेपालसँग कुनै कुरा गर्नुपथ्र्यो भने भारत नै बोलाउने गथ्र्यो तर अहिले ठिक उल्टो भएको छ ।’
भारतको पक्षबाट नेपाल आउनेहरु शुरुमा सीमा समस्याको बारेमा कुरा उठाउँदैनन् । नेपालले नै चासो व्यक्त गर्छन् अनि मात्र त्यस विषयमा छलफल हुन्छन् । किनभने यो जुन प्रकारको भ्रमणहरु भइरहेका छन् त्यो नेपालको पहलबाट मात्र भएको जानकारहरु बताउँछन् । नेपालसँग सम्बन्ध विगारेर नेपाललाई भन्दा आफूलाई नै घाटा हुने कुरा भारतले राम्रोसँग बुझेको छ ।
सीमा विवादलाई लिएर नेपालले आफ्नो संविधान संशोधन नै गरेको छ । सीमा विवाद हुँदा त्यसलाई सल्टाएर मात्र अगाडि बढ्नु पथ्र्यो तर नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भूमी हो भनि दावी मात्र गरेन, नक्सा नै सार्वजनिक गर्यो । त्यति मात्र होइन, नक्सा सार्वजनिक गरेपछि त्यसको लागि संविधान नै संशोधन गर्यो जुन कुरा भारतको लागि चित्त दुखाईको विषय बन्यो ।
नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रायले भन्नुभयो, सीमा विवाद भयो त्यसलाई समाधान गर्नुपथ्र्यो अनि समाधानबाट जे कुरा आउँथ्यो त्यसको आधारमा मात्र संविधान संशोधन गर्नुपथ्र्यो तर विवाद समाधानै नगरी आफ्नो अनुकुल संविधान संशोधन गर्यो, यदि भोली छलफलबाट त्यस विपरित केही सहमति भयो भने के नेपालले फेरि संविधान संशोधन गर्छ त ?’
हालै सम्पन्न एउटा भर्चुअल संवादमा पूर्व राजदूत रायले भारत र नेपालबीच सीमा विवादलाई लिएर एकदिन न एकदिन वार्ता हुन्छ नै । वार्ताबाट निष्कर्ष निस्केपछि नेपालले आफ्नो संविधानलाई पुनः संशोधन गर्छ कि गर्दैन भने कुरा भारतले जवाफ मागिरहेको धारणा राख्नु भएको थियो । ।


तपाईको प्रतिक्रिया