Khadya Bibhag

उद्योग मन्त्रालय नपाएपछि खानेपानी मन्त्रीबाट अब्दुल खानले दिए राजिनामा

काठमाडौँ चैत १७ गते । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

उहाँले खानेपानी मन्त्रालयको सट्टामा उद्योग मन्त्रालय माग गर्नुभएको थियो । तर मन्त्रिपरिषद् विस्तारमा उद्योग मन्त्रालय नपाएपछि उहाँले प्रधानमन्त्री प्रचण्डलाई राजिनामा बुझाउनु भएको छ । जनमत पार्टीले उद्योग मन्त्रालय दावी गरेको थियो तर प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रीमा नै कायम राख्ने भएपछि मन्त्री खानले राजिना दिनुभएको हो ।

जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो ।

 

तपाईको प्रतिक्रिया