नेपालमा चिनियाँ प्रभाव बढेको कुरा कसैबाट लुकेको छैन । तर पछिल्लो समय चीनको नजर मधेशमा गाडिएको छ । हिमाल, पहाड छाडेर अहिले तल तराई मधेशको फाँटमा चीनले आफ्नो गतिविधि बढाएको छ । ठुलादेखि साना प्रोजेक्ट लिएर महेन्द्रराजमार्ग अर्थात चुरे क्षेत्रभन्दा तल समतल भुभागमा चिनियाँ गतिविधि सुरु भएको छ । चिनियाँहरु विभिन्न कार्यक्रम लिएर तराई मधेशको गाउँगाउँ टोल पुगि सकेका छन् ।
नेपालको ठमेलमा सिमित रहेको चिनियाँ व्यपार तराई मधेशको बजारसम्म पुगेको छ । पर्सादेखि विराटनगरसम्मका विभिन्न सहरमा चिनियाँहरु व्यपार सुरु गरेका छन् । कतिपय ठाउँमा उनीहरुले उद्योग नै खोलेका छन् । यतिसम्म त ठिक छ तर पछिल्लो समय चिनियाँको नजर मधेशी चेलीबेटीमाथि पनि पर्न थालेको छ । विभिन्न प्रालोभन दिएर चीनसम्म पुर्याउने गरेको खुलेको छ ।
विजनेश भिसा लिएर नेपाल आएका चिनियाँहरु व्यपार कम र अन्य गलत धन्दाहरु बढी गर्ने गरेको प्रहरीकै विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । त्यस्तै त्यस्तै धन्दामा फेला परेका थुप्रै चिनियाँलाई देश निकाला गर्नुको साथै कतिपयलाई अझै पनि अनुसन्धानका लागि थुनामा राखेको छ । साइबर अपराध, कल बाइपास, अवैध मुद्राको कारोबारदेखि सुन तस्करी, चोरी, डकतै, लुटपाट, बलात्कारसम्मको घटनामा संलग्न भएको कुरा धेरै पहिलादेखि सार्वनिक भएकै कुरा हो तर पछिल्लो समय नेपाली चेलीबेटीसँग विहे गरेर चीन तस्करी गर्ने काममा पनि संलग्न भएको पाइएको छ ।
पहिला पहिला हिमाली तथा पहाडी क्षेत्रमा चिनियाँहरु नेपाली महिलासँग विहे गरेर चीन लैजाने र त्यसलाई शारीरिक शोषण गर्ने र दास, नोकर बनाउने गरेको सुन्ने गरिन्थ्यो । तर अहिले काठमाडौँ वरपरको जिल्लामा मात्र होइन, तराई मधेशमा पनि यो सञ्जाल फैलिएको छ । तराई मधेशका सोझा सिधा महिला तथा उनका परिवारलाई धन सम्पत्तिकको लोभ लालच दिने र विवाह गरेर चीन पुर्याउने गरेको घटना बाहिर आएको छ ।
दुलही बनाएर चीन पु¥याइएर नोकर, घरेलु कामदार, यौनदासीको रुपमा प्रयोग तथा अन्य धन्दामा लगाएपछि मात्र उनीहरुले आफूलाई फँसाएर ल्याएको थाह पाउँछन् । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार दुलही बनाएर चीन लगिएका युवतीहरूलाई यौनदासी बनाउने, घरेलु मजदुरका रूपमा काम गराउने गरेको पाइन्छ । उनीहरु त्यहाँबाट उम्केर नेपाल फर्केपछि प्रहरीमा उजुरी दिने गरेको पाइएको छ । प्रहरीमा परेको उजुरी हेर्दा चीनमा पाएको नेपाली महिलाहरुले पाउने यातना निकै दर्दनाक र कहाली लाग्दो रहेको एक प्रहरीले बताए । चिनियाँ युवा नेपाल आएर नेपाली युवतीलाई अनेक प्रलोभन दिएर विवाह गर्छन् । चीन लगेपछि घरेलु मजदुर बनाउनेदेखि अनेक यातना दिने गरेको घटना बाहिर आएको छ ।
केही समय पहिले मात्र बाराको करैयामाइ गाउँपालिका–१ का एक जना मुस्लिम युवती जो १८ वर्षकी थिइन्, उनीसँग चिनियाँ युवकले विहे गर्न लाग्दा प्रहरीले पक्राउ गर्न सफल भएको छ । भिजिट भिसामा नेपाल आएका २२ वर्षीय चिनियाँ नियु र ती युवती बिच मंसिर १० गते मध्यराती विहे भइरहेको कुरा जानकारी आएपछि प्रहरी गएर त्यो विहे रोकेको थियो । हाल युवा र युवती प्रहरीको नियन्त्रणमा छन् र छानविन भइरहेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरलले बताउनुभयो । युवतीको विहे गर्ने उमेर नै पुगेको छैन तैपनि विदेशी युवासँग विहे गर्न लागिएको सूचना पाउन साथ प्रहरीले गएर रोकेको थियो । यो घटना मानव बेचबिखनसँग जस्तो लागेको छ, त्यही कोणबाट त्यसको अनुसन्धान भइरहेको बाराको प्रहरीले जनाएको छ ।
चिनियाँ युवाले विहे उमेर कम भएका केटीसँग विहे गरेको कारण कुरा बाहिर आएपछि प्रहरीले हस्तक्षेप गरेको हो । मधेशमा यस्ता धेरै घटना छन्, जो बाहिर आउदैन र त्यहाँसम्म प्रहरीको पहुँच नै हुँदैन । पछिल्लो समय मधेशमा चिनियाँ गतिविधि बढेको छ । थुप्रै घटना हुन्छन्, तर मान सम्मान र समाजिक मर्यादाका कारण घटनाहरु प्रहरीसम्म आइपुग्दैन । सिरहामा चिनियाँहरु लामो समयदेखि राजमार्ग पुननिर्माणको काममा लागेका छन् । उनीहरुको गतिविधिमाथि स्थानीयले पटक पटक प्रश्न उठाएको छ तर प्रमाण नभएको कारण प्रहरीले पनि केही गर्न सकेको छैन । तराई मधेशका सोझासिधा चेलीबेटीलाई फकाउने र गलत काममा लगाउने गरेको देखिएको एक स्थानीयले बताउनुभयो ।
लहानका एक व्यपारीले भन्नुभयो, ‘लहानमा दुई चिनियाँ क्याम्प छन्, त्यहाँ रहेका चिनियाँ कामदार तथा कर्मचारीको गतिविधि शंकास्पद रहेको छ, क्याम्पमा मधेशका चेलीबेटीहरुलाई कामको प्रलोभन दिएर लग्ने गरेको पाइन्छ । त्यहाँ के काम गराउछ हामीलाई थाह छैन स्थानीयले आवाज उठाए पनि हालसम्म त्यसमा स्थानीय प्रशासन तथा प्रहरीले कुनै ध्यान दिएको छैन ।’ सुनिन्छ तराई मधेशका कतिपय महिलालाई चीनसम्म पुर्याइ सकेको छ तर हालसम्म कसलाई कहाँबाट पुर्याइएको छ हालसम्म नखुलेको उहाँले बताउनुभयो ।
चिनियाँहरु नेपालमा अवैधरुपमा म्यारेज ब्युरो चलाएर नेपाली चेलीहरुलाई बिहेको प्रलोभन दिएर चीन लगेर अवैध काममा लगाउने गरेको पाइएको छ । काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा एक महिलासहित चार जना चिनियाँ नागरिक केही दिन पहिले पक्राउ पनि परेको छ । विजनेस भिसामा आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको अध्यागमन विभागले जनाएको छ । त्यो ब्युरामार्फत देशैभरबाट चेलीबेटीलाई प्रलोभनमा परेर विहे गरेर चीन लग्ने गरेको छ ।
विभागका अनुसार उनीहरूले विवाहका लागि लागि भन्दै केही महिलाहरूलाई चीनसमेत पठाइसकेको र त्यसमा मधेशका पनि महिलाहरु रहेको खुल्न आएको र त्यसको बारेमा अनुसन्धान भइरहेको छ । उनीहरुको साथबाट १५० जना महिलाको सूची फेला परेको छ । त्यसमा मधेशी महिलाहरुको नाम पनि रहेको जनाएको छ । सोह्रखुट्टेमा म्यारिज ब्युरोको नाममा घरभित्र कोठी नै सञ्चालन गरेको पाइएको छ । देशभरबाट त्यहाँ महिलाहरुलाई भेला गर्ने र चीनमा रहेका युवालाई अनलाइन सम्पर्क गराएर विहेका लागि प्रस्ताव गर्न लगाउने, युवतीहरु विहेका लागि तयार भएपनि त्यहाँबाट चीन पठाउने गरेको विभागको अनुसन्धानबाट खुलेको छ । कुनै युवती चीन जान नमानेपछि त्यसलाई घरभित्र लगेर प्रभाव र दबाबमा पारी नंग्न फोटो र भिडियो बनाएर विहेका लागि बाध्य पार्ने गरेको चीन पठाउने गरेको पनि देखिएको छ । कतिपय युवतीको त्यही यौन शोषणसमेत हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरी भन्छन्, ‘तर अच्चम कुनै पनि महिला ती चिनियाँको विरुद्धमा उजुरी वा बोल्न मान्दैन । त्यही भएर पक्राउ परेका चारै जनालाई कुनै कारवाही नगरी देश निकाला गरिसकिएको छ । उनीहरुलाई कारवाही गर्नका लागि कुनै पिडित महिलाले उजुरी दिनु पर्यो नि तर कोही बोल्नै मान्दैनन् ।’
चार जना चिनियाँ नागरिकसँग केही नेपाली युवती पनि आपत्तिजनक अवस्थामा फेला परेका थिए तैपनि चिनियाँको विरुद्ध केही बोल्न मानेनन्, एउटा उजुरी समेत दिन मानेनन् । चिनियाँ नागरिकहरुबाट प्राप्त मोबाइल तथा ल्यापटपमा नेपाली महिलाहरुको नग्न भिडियो तथा तस्विरहरु फेला परेको प्रहरीले बताएको छ । यदि नेपालमा उनीहरुलाई राखेर राम्रोसँग अनुसन्धान गरेको भए धेरै ठुलो गिरोह फेला पर्न सक्थ्यो तर अनुसन्धानका लागि राख्न कुनै आधार प्रमाण नभेटेको कारण ५० हजार जरिवना र तीन वर्षसम्म नेपाल आउन नपाउने गरि चीन फर्काइ सकेको छ ।
चार जना चिनियाँ नागरिकमध्ये एक जना महिला थिइन् । उनी भिजिट भिषामा आएकी थिइन् । नेपाल आएर विजनेश भिषा बनाउन एक जना पूर्व सिडियोको सहयोग लिएको खुलेको छ । त्यो सिडियोले नै नक्कली कागजात बनाएर ती महिलालाई विजनेश भिसा दिलाएका थिए । ती चाइनिज महिला नेपाली महिलाको तस्करीमा लागेको फेला परेपछि उनलाई देश निकाला लगरिएको छ । त्यो पूर्व सिडियोको बारेमा प्रहरीले आन्तरिक रुपमा अनुसन्धान थालिएको छ ।
तपाईको प्रतिक्रिया