![]() |
| FILEPHOTO |
काठमाडौँ, भदौ ८ गते । प्रमुख चार राजनीतिक दलले सोमबार कैलालीको टीकापुरलगायत देशका विभिन्न स्थानमा भएका घटनाको समीक्षा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा ती दलले शान्ति स्थापनाका लागि सरकारका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्र्नेमा जोड दिएका थिए ।
बैठकपछि एनेकपा ९माओवादी०का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कैलाली घटनाको समीक्षा गर्दै दलहरुले पूर्ववत् प्रतिबद्धताबमोजिम नै संविधान निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
केही दिनअघि चार दलका शीर्ष नेताहरुबीच भएको बैठकमा सात प्रदेशको सङघीयता अङ्गिकार गर्ने निर्णयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले फरक मत राख्नुभएको थियो ।
आजको बैठकमा गृहमन्त्रीले कैलालीलगायतका स्थानमा भएका घटनाक्रमबारे बैठकमा जानकारी गराउनुभएको थियो । आपराधिक मानसिकताका साथ भएको टिकापुर घटना अक्षम्य भएको गृहमन्त्रीले बैठकमा बताउनुभएको जानकारी नेकपा ९एमाले०का उपाध्यक्ष भीम रावलले उहाँले दिनुभयो ।
संविधान निर्माणको प्रक्रिया पूर्ववत् कार्यक्रमअनुसार नै अघि बढ्ने उहाँको पनि भनाइ थियो ।



तपाईको प्रतिक्रिया