Khadya Bibhag

सुर्खेतमा गोली लागि ३ जनाको मृत्यु, आधा दर्जन भन्दा बढि घाइते

टिकाराम गौतम
काडमाडौँ २५ गते साउन । अखण्ड मध्यपश्‍चिमको माग राख्दै सुर्खेतमा सुरु भएको आन्दोलनमा सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले चलाएको गोली लागेर दुईजना प्रदर्शनकारीको ज्यान गएको छ । भने आधा दर्जनो भन्दा बढि गम्भीर घाइते भएका छन् ।
आन्दोलनका क्रममा गरिएको प्रदर्शनमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर—४ निवासी टिकाराम गौतम र यामबहादुर बिसीको गोली लागेर ढलेका दुवैलाई उपचारका लागि लैजादै गर्दा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो ।
टाउको गोली लागेर ढलेका दुवैलाई उपचारका लागि लैजादै गर्दा बाटैमा ज्यान गएको हो । प्रदर्शनकारीले मध्यपश्चिम टुक्राउन भूमिका खेलेको भन्दै कांग्रेसका सह महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर अन्य ८ जना गम्भीर घाइते भएका छन् । जसमा ४ जनाको छातीमा गोली लागेको छ र अरुको टाउको एव‌ं अन्य भागमा चोट लागेको छ ।
अहिले सुर्खेत बजार वीरेन्द्रनगरको अवस्था तनावपूर्ण छ। सुरक्षाकर्मीमाथि लक्षित गरेर प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् भने प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरिरहेको छ ।  
आन्दोलन उग्र भएपछि स्थानीय प्रशासनले लगाएको कफ्र्यूकाबीच प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेशकुमार लाल कर्ण सवार सरकारी गाडी जलाइदिएका छन् ।
जिल्ला प्रशासनले लगाएको कफ्र्यूमा पनि करिब ३ हजार प्रदर्शनकारी अझै सडकमा रहेका छन् । प्रदर्शनरकारीले मध्यपश्चिम टुक्राउन भूमिका खेलेको भन्दै कांग्रेस सह–महामन्त्री खड्काको घर अझै पनि घेराउ गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया