काठमाडौँ २५ गते, साउन । मध्यपश्चिम फुटाउन नहुने माग राख्दै शुरु भएको आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारीको मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक अनुमानित ४५ बर्षका छन् ।
कफ्र्यू जारी भएपछि प्रहरीमाथि आक्रमण भएकाले गोली चलाउँदा आन्दोलनकारीको मृत्यु भएको एसपी राजेशकुमारलाल कर्णले बताए ।
मृतकको शव जिल्ला जिल्ला प्रहरी कार्यालयको गेटमा राखेर प्रदर्शन गरिरहेका छन् । प्रहरीसँगको झडपमा २५ भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।
अवस्था नियन्त्रयन्त्रण बाहिर गएपछि अहिले प्रशासनले साढे १ बजेबाट राति ९ बजेसम्म कफ्र्यू जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी बलदेवप्रसाद गौतमले मृत्युको जानकारी नआएको बताए । उनले भने, “अवस्था तनावपूर्ण भएपछि कफ्र्यू जारी गरिएको छ, तर मृतकबारे जानकारी आएको छैन ।” उनले अवस्था नियन्त्रणमा लिन गोली चलाएको बताए ।
आन्दोलनकारीले अहिले जिल्ला विकास समिति र विरेन्द्रनगर नगरपालिकाको कार्यालयमा आगो लगाएका छन्
हिमालखवर



तपाईको प्रतिक्रिया