Khadya Bibhag

मुम्बइमा घर भत्किदा ११ जनाको मृत्यु


भारतीय एजेन्सी– भारतका सपनाको सहर भनि चिन्ने मुम्बइमा गएराति घर भत्किदा कम्तीमा पनि ११ जनाको ज्यान गएको भारतीय संञ्चार माध्यम समाचारमा जनाइएको छ ।
भारतको सो सहरमा यसै हप्तामात्र घर भत्किएर भएको यो दोस्रो घटना हो । मुम्बइ भारतको आर्थिक राजधानी मानिन्छ । गएराति तीन तल्ले भवन भत्किएको बताइएको छ । त्यसमा परेर ११ जनाको ज्यान गएको छ भने कोही जिवीतै छ कि भनेर उद्वारकर्मीहरुले खोजी अभियान जारी नै राखेका छन् ।
गएराति सो घर परिवारका सदस्यहरु सुतिरहेको समयमा घर भत्किएको थियो । छिमेकीले उक्त घरमा अरुपनि परिवारका सदस्य रहेको आसङ्कामा खोजी अभियान जारी राखेका बताएका छन् । राष्ट्रिय विपद व्यवस्थापन निकायका एकजना अधिकारी आलोक अवस्थीले भने– उक्त घरको भग्नावशेषबाट ११ शव तथा सात जनालाई भने जिवीतै निकालिएको छ । उनकाअनुसार उक्त भग्नावशेषमा अझैपनि एकजना पुरिएर रहेका छन् । परिवारका एकजना सदस्य हराइरहेकोले पुरिएर रहेको आसङ्कामा खोजी गरिएको उद्वार अधिकारीहरुले जनाएका छन् ।
मुम्बइको थान नगरको नौपदा क्षेत्रमा रहेको सो घर भत्किएको हो । स्थानीय समयाअनुसार राति २ बजे सो घर भत्किएको हो । त्यो घर कम्तीमा पनि ५० वर्ष पहिले नै निर्माण गरिएको र कमजोर भएकोले त्यसमा बस्न नहुने भनी सरकारी निकायले यसअघि नै जानकारी गराइसकेको बताइएको थियो । तर पनि सरकारी निकायको सो चेतावनीलाई बेवास्ता गरी अहिले पनि सो घरमा घरका सदस्यहरु बस्दै आएका थिए । 

मुम्बइमा यसअघि पनि कयौँ यस्तै पुराना घर भत्किएर मानिस मरेका थिए । त्यहाँ अरु घरहरुमा रहेको मानिसहरुलाई सुरक्षीत स्थानमा सारेको जानकारी अधिकारी व्यक्तिले भारतीय सञ्चार माध्यमलाई दिएको छ । 

तपाईको प्रतिक्रिया