असार १६ गते देखि भारतले मनाउदै आएको साताव्यापी डिजिटल ईन्डिया कार्यक्रम सम्पन्न भएको छ । होटल भिस्वामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महावाणिज्य दूतावासकी प्रमुख अन्जु रन्जनले ईन्टरनेटको माध्यमबाट पुरै बिश्व नै आज एउटा परिवार सरह बनेको छ । घरमै बसी बसी देश दुनियाँको सवै खबरहरु हेर्न सकिने भएकोले आजको युगमा यसको एकदम आवश्यकता रहेको बताइन् । सो अवसरमा वीरगंजका आईटीसँग आवद्ध बिद्यार्थी, शिक्षक ,टेक्नेसियनहरुलाई आईटी र डिजिटल ईन्डियाकोको बारेमा जानकारी गराईएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले डिजिटल प्रबिधिको नेपालमा विकास भईरहेको बताउँदै नेपालले छिमेकी मुलुक भारत र चीनबाट सहकार्यको आवश्यकता रहेको बताए । नेपालको सरकारी कार्यलयमा डिजिटलले बामे शरीरहेको बेला नीजी क्षेत्रमा दुर्त गतीमा विकास भइरहेको बताए । भारतीय दूतावास वीरगंजका कन्सुलर एवं मिडिया प्रमुख राजेश कुमारले सहजीकरण गरेको कार्यक्रममा वाणिज्य दूत एम.एम अख्तरले कार्यक्रममाथी प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा दूतावासका वाणिज्य दूत कृष्णा चैत्नय र मन्जीत सिंह ,वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडिया लगायतको उपस्थिती थियो । भारतका नागरिकलाई आपसमा जोड्न तथा सूचना लिनेदिनेलगायत नागरिकको पहिचानपत्र इ–डिजिटल प्रविधिमार्फत् अगाडि बढाउने उद्देश्यले डिजिटल इन्डिया साता शुरुआत भएको हो ।
सरकारी तथा गैरसरकारी सङ्घसंस्थालगायत विभिन्न निकायका सूचना २ लाख ५० लाख भारतीय गाउँका जनताले घरमैं बसी प्राप्त गर्ने उद्देश्यले डिजिटल इन्डिया साता शुरुआत गरिएको र डिजिटल ईन्डियाको गत साता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इन्दिरा गाँधी रङगशालामा डिजिटल इन्डिया सप्ताहको उदघाटन गरेका थिए । अन्र्त्िक्रयामा वीरगंज ईन्स्च्यिुट अफ टेक्नोलोजीका बिजय कुशवाहा र निरज श्रीवास्तव, आईसी आई बैंकका म्यानेजर नितीराज वर्मा, अस्क फाउण्डेसनका को फाउन्डर अभिनास झा, आईसीटी एसोशियसन अफ नेपालका जेनेरल सेक्टरी सोभन सैन्जु, माईक्रोस्फट नेपालका रिजनल डाईरेक्टर एलेन तुलाधर लगायतकाले आआफनो मन्तव्य व्यक्त गरेका थिए ।


तपाईको प्रतिक्रिया