Khadya Bibhag

मस्यौदाको विरोधमा राजधानीमा विरोध जुलुस

काठमाडौँ,  साउन ५ गते तराई मधेश राष्ट्रिय अभियानको भातृ संगठन तराई मधेश युवा अभियान र मधेशी युथ फोर्सले संयुक्त रुपमा आज दिउसो एक वजे माईतिघर मण्डलादेखि संविधानसभा हलसम्म मधेश बिरोधी मसयाँैदा र प्रतिगमणकारी संविधानसभा को बिरोधमा जुलुस र कालो झण्डा प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ ।

तराई मधेश राष्ट्रिय अभियानका भातृ संगठनका तराई मधेश युवा अधियान र मधेशी युथ फोर्सले आयोजना गरेको मस्यौँदा विरोध जुलुस र कालो झण्डा प्रर्दशन कार्यक्रममा सम्पुर्ण स्वाभिमानि मधेशी युवाहरु, बुद्धिजीवि, तथा विभिन्न पेशामा संग्लग्न मधेशीलाई धेरै भन्दा धेरै संख्यामा सहभागी हुन आग्ह समेत गरेका छन् । 
साथै उक्त कार्यक्रमको समाचार संकलन गर्न पत्रकार मित्र बन्धुहरुलाई पनि आमन्त्रन गरेको जानकारी तराई मधेश युवा अभियानको संयोजक ललित मल्लिक सानु र मधेशी युथ फोर्सको संयोजक महेश कलवारले दिएको छ । 

तपाईको प्रतिक्रिया