Khadya Bibhag

सिरहामा प्रचण्डलाई कालोझण्डा,प्रहरी र प्रर्दशनकारी वीच झडप

सहारा टाइम्स सिरहा ४ साउन । एमाओवादी अध्यक्ष तथा सिरहा क्षेत्र नं. ५का निर्वाचित सभासद् एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाललाई कालो झण्डा देखाउने पूर्व तयारी भएको अनुसार संविधानको मस्यौदामाथि सुझाव सङकलनका लागि सिरहा गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ ।
सिराहाको आफ्नो निवार्चन क्षेत्र नम्बर –५ मा मातृका यादव नेतृत्व नेकपा –माओवादी कार्यकर्ता, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संयुक्त रुपमा कालोझण्डा देखाइएको छ ।
सिरहाको मोहन उच्चमाथि मिर्चौयाको सुझाव संकलन केन्द्रमा पुगेका दहाललाई कालोझण्डा देखाइएको छ । एमाओवादी अध्यक्ष पुष्प मल दाहालले मधेशवाट निर्वाचित भएर गए पनि मधेश विरोधी संविधानमा संघियता र नागरिता लगायतको मुदामा मधेशीलाई अपहेलना गरि सहमित जनाएकोले कालो झण्डा देखाएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ताहरुको आरोप रहेको छ ।

तपाईको प्रतिक्रिया